Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

चितवनमै धेरै जन्माउछन् कम उमेरमा बच्चा

\"\"चितवन। देशका विकट जिल्लाहरुमा कम उमेरका किशोरीहरुले सन्तान जन्माउने गरेका समाचार प्रकाशित भइरहेका बेला मेडिकल शहरको रुपमा विकास हुँदै गएको चितवन जिल्लामै बालविवाह गर्ने र बच्चाले कम उमेरमा बच्चा पाउने सामान्य जस्तो देखिन्छ । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झा जिल्लाका पहाडी क्षेत्रका चेपाङ समुदायमा कम उमेरमा बच्चा जन्माउने क्रममा कमी नआएको बताउछन् । उनले भने–“२० वर्षको उमेरमा त आमा दुई÷तीनवटा बच्चा बोकेर परिवार नियोजनको स्थायी साधन भ्याक्सेटोमी र मिनील्याब गर्न आउँछन् ।” उनका अनुसार १२ वर्षदेखि विवाह गर्न थाल्ने र १३/१४ वर्षमा पहिलो बच्चा जन्माउने प्रशस्त हुने उहाँले बताए। बहुसंख्यक चेपाङ समुदायको बस्तीएउनुभयो । १६/१७ वर्ष उमेरका किशोरी परिवार नियोजनको अस्थायी साधन पाखुरामा राख्ने नरप्लान्ट र तीन महिने सुई डिपोप्रोभेरा लगाउन आउने उनले बताए । ४/५ कक्षा पढ्दैमा विवाह गर्ने र बच्चा जन्माउने गरेको उनले बताए। राप्ती नगरपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र पराजुली केही दिनअघि पहाडी गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्दा परिवार नियोजन गर्न आउनेमध्ये ठूलै संख्यामा २० वर्षमुनिका किशोरी रहेको जानकारी दिए । सो क्षेत्रमा कम उमेरमा विवाह नगर्न जनचेतना जगाउने काम भइरहेको भए पनि सार्थकता पाउन नसकेको संयोजक पराजुलीले बताए । इच्छाकामना गाउँपालिकाका प्रमुख गीता गुरुङ पहाडी क्षेत्रमा चेपाङसँगै अन्य जातिका किशोरीले पनि सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माउने गरेको बताए । उनले कम उमेरमा विवाह नगर्न र बच्चा नजन्माउन चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । वडा तहबाट यस्ता कार्यक्रम शुरु गरिए पनि रोकिन समय लाग्ने उनको भनाइ छ । कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ पहाडी क्षेत्रमा कम उमेरमा बच्चा पाउने गरेको स्वीकार्दै यसको न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रम शुरु गरिएको बताउछन् । बीस वर्ष उमेर नपुगी विवाह गर्न नपाइने कानूनी प्रावधान रहेपनि गाउँघरमा कम उमेरमै विवाह गर्ने क्रम रोकिएको छैन । २० वर्षभन्दा कम उमेरमा सन्तान जन्माएमा आमा र बच्चाको ज्यान जोखिममा पर्ने विज्ञ बताउँछन् । भरतपुर अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा हेम सुवेदी कम उमेरमा बच्चा जन्मिदा आमा र बच्चाको मृत्यु दर बढ्ने, आमाको पाठेघरको मुखको क्यान्सर हुनसक्ने, उच्च रक्तचाप हुनसक्ने, कम उमेरमा बुढो देखिने, हड्डी खिइने, आमाको पाठेघरमा अंगुरको झुत्तो जस्तो मासु देखिने र पछि त्यसबाट क्यान्सर हुनसक्ने, बच्चा जन्माउन गाह्रो हुने, दूध नपुगेर बच्चालाई कुपोषण हुने, सानै उमेरमा बच्चा हुँदा आमालाई मानसिक दबाब बढ्नेजस्ता समस्या आउने बताउछन्। जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख झा सदरमुकाम भरतपुरमा सरकारी ठूलो अस्पताल, दुई मेडिकल कलेज, एउटा क्यान्सर अस्पताल, २४ भन्दा बढी निजी अस्पताल र १४५ भन्दा बढी डाइगनोस्टिक सेन्टर रहेपनि तिनले ती किशोरीलाई कम उमेरमा विवाह गर्न नहुनेतर्फ चेतना अभिवृद्धि गर्न सकेका छैनन् । यसका लागि सरकारी संयन्त्र मात्रै होइन, निजी क्षेत्रको पनि ध्यान जानुपर्ने झाको भनाइ छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies