Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

कम्युनिस्टलाई बाघसँग तुलना गर्दै देउवाले लगाए गम्भीर आरोप

हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरु लोकतन्त्रवादी हुन नसक्ने दाबी गरेका छन् । सरकार सर्वसत्तावादी चरित्रतर्फ उन्मुख भएको भन्दै उनले गणतन्त्र, लोकतन्त्र र संघीयता जोखिममा परेको दाबी गरेका छन् । जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै देवाले भने, ‘कम्युनिस्टको हातमा लोकतन्त्र कदापी सुरक्षित हुन सक्दैन । कम्युनिस्ट लोकतन्त्रवादी हुन सक्दछन् भन्नु बाघ शाकाहारी हुन्छ भन्ने जत्तिकै हो ।’ सरकार भाषणमा संघीयता र काममा कम्युनिस्टको जनवादी केन्द्रीयतातर्फ उन्मुख भएको उनको दाबी छ । प्रधानमन्त्री के।पी ओलीको राष्ट्रवाद पनि लम्पसारवादमा परिवर्तन भएको उनले बताए । संविधानको संरक्षण गर्ने र देशलाई कम्युनिस्टको अधिनायकवादवाट जोगाउने जिम्मेवारी कांग्रेसकै काँधमा आएको देउवाले बताए । कांग्रेसले एउटा लडाइा हारेको तर, मैदान नहारेको भन्दै उनले कमजोर मानसिकता होइन, उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरे । पार्टीभित्र केहि असतुष्टि अभिव्यक्त भएको भन्दै उनले भनेका छन्, कतिपय कुराहरुलाई मैले स्वभाविक रुपमा लिएको छु भने कतिपय कुरा अतिरंजित र अशोभनिय ढंगले पनि उठ्ने गरेका छन् ।’ संविधान निर्माण र कार्यान्वयनलाई प्राथमिकता दिादा पार्टीको केही काम गर्न ढिलाइ भएपनि महत्वपूर्ण काम अगाडि बढेको दाबी गरे । ‘कांग्रेसले ठूलाठूला ऐतिहासिक उपलब्धि प्राप्त गर्ने र सानासाना आग्रह पूर्वाग्रह राखेर जानी नजानी आफैंले प्राप्त गरेका उपलब्धि अवमूल्यन हुने गरी प्रस्तुत त भइसकेका छैनौं रु यसमा सबैको ध्यान जान जरुरी छ’ उनले भने । देउवाले आफ्ना लागि राष्ट्र, लोकतन्त्र र काग्रेस भन्दा प्रिय केही नभएको भन्दै बाँकी जीवन पनि यसैमा समर्पित गर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies