Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

प्रदेश नं ४ को बजेटः प्राथमिकतामा के छ ?

पोखरा । प्रदेश नं ४ को सरकारले कृषितर्फ रु एक अर्ब आठ करोड ८० लाख बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशसभामा हिजो प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५/७६ कोे बजेट वक्तव्यमा सरकारले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरणको माध्यमबाट प्रदेशलाई पाँच वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्यले सो रकम बिनियोजन गरेको हो । उनका अनुसार उन्नत जातको बिउबिजन, मलखाद्य तथा सिँचाइको व्यवस्था तथा उन्नत खेती र उच्च मूल्यबालीको विकासमा जोड दिँदै बजेटले कृषिको माध्यमबाट मुलुकको समृद्धिमा जोड दिइएको छ । कृषकलाई व्यावसायिक कृषिमा आकर्षण गर्दै गरिबी निवारण र रोजगारी सिर्जनाका लागि स्थानीय तहमा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ स्थापनाका गर्ने उद्देश्यसहित रु १० करोड ८० लाख बजेटको व्यवस्था गरिएको उहाँले बताए । यसैगरी, युवालाई कृषि पेशाप्रति आकर्षित गर्न कृषिको व्यवसायिकरण र उद्यमशीलता विकासका माध्यमबाट स्वरोजगार अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने बताउँदै गुरुङले बाली, पशुपक्षी र मत्स्य व्यावसायिक मोडल फर्म सञ्चालन गर्न कार्यविधिका आधारमा वित्तीय उत्पे्ररणा कार्यक्रमका लागि रु ४० करोड बजेटको व्यवस्था गरिएको छ । मन्त्री गुरुङल कृषि उपजको संरक्षण र सुरक्षित भण्डारका लागि एक स्थानीय तह एक शीतभण्डार निर्माण कार्यक्रम सञ्चालन गर्नका लागि रु २६ करोड ५० लाख बजेट विनियोजन गरिएको जानकारी दिँदै कृषि उत्पादनलाई बजारको पहुँच विस्तारका लागि संकलन केन्द्र स्थापना गर्न रु १२ करोड ५० लाख रकम छुट्याइएकोछ । बजेटमा स्याउ, सुन्तला, आलु, कफी, अदुवा, अलैंची, दूध, मासु, अर्गानीक तरकारी र पुष्प खेतीको पकेट क्षेत्र निर्धारण गरी कृषकलाई नगदेबाली तथा पशुपालनमा आकर्षण गर्नका लागि रु १२ करोड बजेट विनियोजन गरिएकोछ । विद्यालयस्तरबाटै कृषि शिक्षाको प्रवद्र्धन र विकास गरी कृषि क्षेत्रमा व्यावसायिक जनशक्ति उत्पादन गर्ने नमूना कृषि फर्म र कृषि पाठशाला सञ्चालन गर्ने बजेटले व्यवस्था गरेको छ भने प्रदेशभित्र सिंचाइ आयोजना निर्माणका लागि रु चार करोड बजेट विनियोजन गरिएकोछ । स्थानीय तहसँगको सहकार्यमा स्वच्छ मासु उत्पादन तथा वितरणको प्रबन्ध गर्न विभिन्न स्थानमा आधुनिक बधशाला निर्माणका साथै पे्रmसहाउस सुधार कार्यक्रम समेतलाई जोडेर रु सात करोड बजेटको व्यवस्था गरिएको छ । प्रदेशस्तरमा भू–उपयोग नीति तर्जुमा गरी कृषियोग्य जमिन बाँझो राख्ने अवस्थालाई निरुत्साहित गर्दै कृषि उत्पादकत्व वृद्धिका लागि व्यावसायिक खेती प्रवद्र्धनमा बजेट उत्साहप्रद्ध भएको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा बताउछन् । उनका अनुसार बजेटले बसाइँसराइ रोक्नुका साथै ग्रामीण क्षेत्रमा बाँझिएको जमिन उपयोग गरेर जनताको आयआर्जनमा अभिवृद्धि हुनुको साथै मुलुक समृद्धिको आधार बन्ने विश्वास व्यक्त गरिएको छ । अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले मुलुकका सातवटा प्रदेशमध्ये सबै भन्दा कम बजेट भएको प्रदेश नं ४ को सरकारले ल्याएको बजेटले ग्रामीण क्षेत्रको कृषि, पर्यटन र खानेपानीलाई विशेष जोड दिएको बताउँदै कार्यान्वयनमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । प्रदेश सरकारले ल्याएको आव २०७५÷७६ का लागि कूल रु २४ अर्ब दुई करोड ३३ लाख बजेट विनियोजन गरिएको थियो । तीमध्ये चालु तर्फ छ अर्ब ९१ करोड ५५ लाख, पूँजीगतर्फ रु १५ अर्ब ९० करोड ७८ लाख र वित्तीय हस्तान्तरणका लागि एक अर्ब २० करोड छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies