Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

बास्कुनामा ‘एफएम भिलेज’ अभियान

\"\"बेनी । धेरै वर्षसम्म विदेशमा बसेर गाउँ फर्किएका बेनी नगरपालिका–४ बास्कुनाका बासिन्दाले गाउँमा ‘एफएम भिलेज’ अर्थात् ‘फुड एण्ड मिल्क भिलेज’ बनाउने अभियान थालेका छन् । कृषि पेशामा सम्भावना देखेपछि उनीहरु गाउँ फर्किएका हुन् । बास्कुनाका बासिन्दा अहिले पशुपालन, तरकारी खेती र फलफूल खेती गरी गाउँलाई फलफूल र दूधको गाउँ बनाउन जुटेका छन् । लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीको परिचय फेर्न बास्कुना बाहेक अन्य गाउँका बासिन्दा पनि तरकारी खेती तथा पशुपालनमा लागेका छन् । अहिले बास्कुना ‘एफएम’ गाउँका रुपमा चिनिन थालेको छ । दुई वर्ष साउदी अरबमा काम गरेर फर्केका तिलक गुरुङले भैँसीपालन, तरकारी खेती र सुन्तला खेतीबाट शुरु गरेको अभियान अहिले गाउँभरि विस्तार भएको स्थानीयवासी श्याम खत्रीले बताए। गुरुङले केञ्जन बहुउद्देश्यीय सहकारी संस्था दर्ता गरेर कृषि र पशुपालन गर्दै आएको छ । वैदेशिक रोजगारबाट फर्केका यहाँका युवाले कृषि र पशुपालनबाट वार्षिक रु १२ लाखसम्म कमाइ गर्न थालेका छन् । विदेशमा छ वर्षमा हुने कमाइ यहाँ एक वर्षमा कमाउन सकिने गुरुङ बताउछन् । पशुपालन, दुग्ध उत्पादन, तरकारी खेती, फलफूल खेती र पोल्टी फार्म आफूहरुको प्रमुख पेशा भएको उनकोको भनाइ छ । छ वर्ष कतारमा बसेर फर्केका मनबहादुर खत्रीले गाउँमै पशुपालन, फलफूल र तरकारी खेती गरेकोको छ । उनले पाँचवटा उन्नत जातका भैँसीसमेत पालेर मासिक रु ५० हजारसम्म आम्दानी गर्दैआएको छ । पशुपालन, तरकारी खेती र फलफूल खेतीबाट यहाँका बासिन्दाले मासिक रु ५० हजारभन्दा बढी आम्दानी गर्न थालेका छन् । बास्कुनाका बासिन्दाले गरेको मेहनत देखेरै अन्य गाउँका बासिन्दा कृषि र पशुपालनतर्फ आकर्षित भएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies