Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

होमस्टेमा आउने पाहुनालाई ३९ परिकार

पर्वत । यहाँको एक विकट गाउँमा भर्खरै सञ्चालनमा आएको होमस्टेमा आउने पाहुनालाई ३९ किसिमका परिकार दिन थालिएको छ । पर्वतको महाशिला गाउँपालिकामा चालु आवदेखि तीन स्थानमा एकैपटक होमस्टे सेवा सञ्चालनमा आएको हो । जिल्लाको साबिक लुंखुदेउराली, दुक्तान र पाखानीको सिम्ले गरी तीन स्थानमा होमस्टे सेवा शुरु गरिएको छ । ती होमस्टेमा स्थानीयवासीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गराउनका लागि ३९ किसिममा परिकार खुवाउने गरेका हुन् । सबै परिकार स्थानीय उत्पादन हुन् । सामान्यतया गाउँघरमा पाइने भात, दाल, तरकारी, मासु, साग, गुन्द्रुक, अचार, रोटी, दूध, घ्यू, लोकल मदिरासहितका ३९ प्रकारका परिकार तयार गर्ने गरेको गाउँपालिकाका प्रवक्ता जीवन विक्रम ठकुरीले जानकारी दिए । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएको पहिलो वर्षमै गाउँपालिकाका गुरुङ, ठकुरी, मगर, अन्य जनजातिको बाहुल्यता रहेको झण्डै ५० घरमा होमस्टे सेवा शुरु गरिएको उहाँले बताए । होमस्टे सञ्चालन गर्न इच्छुक परिवारलाई पूर्वाधार निर्माणसँगै आवश्यक सामग्रीका लागि चालु आर्थिक वर्षमा रु १० हजार सहयोग गरिएको र अन्यत्र लामो समयदेखि सञ्चालनमा आएका होमस्टेमा भन्दा यहाँ धेरै किसिमका खानेकुरा दिन सकिने प्रवक्ता ठकुरीले जानकारी दिए । महाशिला गाउँपालिकाको पर्यटकीय क्षेत्र विकासअन्तर्गत नेपाल पर्यटन बोर्डको सहयोगमा यस गाउँपालिका–४ पाखापानी, महाशिला–५ दुक्तानमा र महाशिला–५ कै लाम्तुनमा पनि तीनदिने होमस्टे सेवा विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष राजु पौडेलले बताए । उक्त गाउँपालिकास्थित धार्मिक दृष्टिकोणले निकै महत्व रहेको चिसापानी देवीको मन्दिर, सातमूले देवीको मन्दिर, गाउँमा रहेको महाशिला र गाउँकै शिव मन्दिरमा आउने धार्मिक पर्यटकलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएका होमस्टे स्थानीय संस्कृतिको जगेर्नाका लागि पनि प्रभावकारी बनेको छ । गाउँपालिकाले अहिले ३७० जनालाई गाउँपालिकामा रोजगारी दिने गरी तालीम दिन शुरु गरिएको र सो तालीममा विभिन्न १८ विधाअन्तर्गत होमस्टेलाई पनि समावेश गरिएको छ । अहिले गाउँपालिकाभरिमा सञ्चालनमा आएका होमस्टेमा एकै पटक पाँच सयभन्दा बढीलाई राख्न सक्ने क्षमता रहेको पनि अध्यक्ष पौडेलले जानकारी दिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies