Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

नपढाउने शिक्षकको रेकर्ड राख्न थाले विद्यार्थी

पर्वत । पर्वत कुस्मा नगरपालिका–१२ स्थित जनता सुदर्शन माविका कक्षा ६ मा अध्ययनरत् विद्यार्थीलाई कक्षा कोठामा सबैभन्दा राम्रो पढाउने र सबैभन्दा कम पढाउने शिक्षक को होला रु भनेर प्रश्न गर्दा सबैले एकै स्वरमा ती शिक्षकको नाम बताइदिए । कुस्मा नगरपालिकाका नगर शिक्षा शाखाबाट अनुगमनमा पुगेको टोलीसँग उनीहरुले राम्रो शिक्षण गर्ने र ठगेर हिँड्ने शिक्षकको रेर्कड प्रस्तुत गरेका हुन् । शिक्षकका दैनिक क्रियाकलाप विद्यार्थीले नजिकबाट नियालेर बसेका हुन्छन् भने उनीहरुको मूल्यांकनसमेत गरेका हुन्छन् भन्ने कुरा अनुगमनका क्रममा देखिएको छ । विद्यालयको शैक्षिक गुणस्तर र सिकाइ उपलब्धिका बारेमा अनुगमन गर्न पुगेको टोलीसँग विद्यार्थीले आफूहरुलाई राम्रो शिक्षण गराउने शिक्षकको मुक्तकण्ठले प्रशंसा गरे भने ठगी गर्ने शिक्षकका सबै कर्तुत खोलिदिए । “विद्यार्थीले राम्रोसँग अध्यापन गराउने र कक्षाकोठामा ठगी गर्ने शिक्षकका बारेमा रेकर्ड राखेरै विवरण दिए” नगर शिक्षा अधिकृत राजेन्द्र क्षेत्रीले भने – “आफ्नोबारेमा विद्यार्थीले रेकर्ड राखेका हुन्छन् भन्ने सोचेर शिक्षकले कक्षाकोठामा पुगेरे मेहनतका साथ पढाउन जरुरी छ ।” अनुगमन टोलीले जनता सुदर्शन मावि, खौलालाँकुरी मावि, पञ्चकोशी माविलगायतका विद्यालयका कक्षाकोठामा पुगेर शैक्षिक गुणस्तर, शिक्षण सिकाइ उपलब्धिका बारेमा जानकारी लिएका थिए । “शिक्षकले आफ्ना आनीबानीदेखि पठनपाठन गर्न जाँदा राम्रो तयारी गरेर जानुपर्ने आवश्यकता देखियो” अधिकृत क्षेत्रीले भने । अनुगमनका क्रममा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि असल अभ्यास पनि भइरहेको भेटिएको थियो भने धेरै राम्रा विद्यार्थी पनि भेटिएका थिए । उनीहरुका लागि उपयुक्त वातावरण शिक्षक, विद्यालय र अभिभावकले दिने हो भने धेरै सुधार गरेर जान सकिने सम्भाबना रहेको स्रोत व्यक्ति प्रेम शर्मा सुवेदीले बताए । “सामुदायिक विद्यालयले पनि गुणस्तर सुधारका लागि धेरै प्रयास गरिरहेका छन्” उनले भने “यसलाई निरन्तरता दिँदै थप असल अभ्यास गर्न जरुरी देखिएको छ ।” अनुगमनका क्रममा विद्यार्थीको सिकाइस्तर कस्तो छ, विद्यालयमा के कस्ता समस्या छन्, त्यसको समाधानका लागि के कस्ता उपाय अवलम्बन गर्न सकिन्छ, विद्यालयका भौतिकलगायत अन्य क्षेत्रमा के कसरी सुधार गर्न सकिन्छ भने वारेमा सरोकारवालाबीच छलफलसमेत गरिएको थियो । अनुगमनका क्रममा नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्री, स्रोत व्यक्ति प्रेम शर्मा सुवेदी, रामप्रसाद लामिछाने र कुमार उपाध्याय तथा सञ्चारकर्मीको सहभागिता थियो । विद्यालयका असल अभ्यासलाई अन्य विद्यालयमा लैजाने र समस्यामा रहेका विद्यालयलाई पनि असल अभ्यासका लागि प्रेरित गर्न अनुगमन प्रभावकारी भएको अर्का स्रोत व्यक्ति कुमार उपाध्यायले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies