Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

गैरीबजारमा बाढी पस्दा लाखौँको क्षति

\"\" सल्यान । सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा बाढी पसेको छ । आइतबार बिहान ३ बजे बजारमा बाढी पस्दा स्थानीय व्यापारीको करोडौंको सरसामान डुबेको छ । सल्लीबजारको गैरीबजारमा रहेका ४० घरमा रहेका पसलमा पानी पसेपछि लाखांैको सामानमा क्षति पुगेको हो । मानवीय क्षति नभए पनि स्थानीयवासीको घरमा पानी पस्दा घरका सम्पूर्ण माल सामानमा क्षति पुगेको छ । सामान्य किराना पसल, थोक तथा फुटकर पसलमा पूर्णरुपमा ठूलो क्षति पुगेको इलाका प्रहरी कार्यालय, सल्लीबजारले जनाएको छ । बाढीका कारण खगेश्वर शर्माको पसल, दांगाली फोटो स्टुडियो, मनि फर्निचर, बेम्बो कटेज, पूर्णिमा होटल, बागलुङ हार्डवयरको सिमेन्ट रहेको गोदाम, मेनुका किराना तथा थोक पसल लगायत तीन दर्जन पसलको सामान बाढीले बगाएको छ । यस्तै, छिन्चु—जाजरकोट सडक खण्डको निर्माणाधीन पक्की पुलको ढलानको सम्पूर्ण तयारी अवस्थामा रहेको पुल बगाएको स्थानीयवासी दुर्गा विसीले जानकारी दिए । त्यसैगरी, रुकुम—चौरजहारी सडकखण्डको त्रिवेणी बजारमा निर्माणाधीन पुललाई समेत बन्गाड खोलामा आएको बाढीले क्षति पुगेको छ । पटक÷पटक बजारमा खोला पस्दा समेत कसैले क्षतिपूर्ति नदिएको स्थानीय व्यापारीको दुखेसो छ । सबैभन्दा ठूलो क्षति गैरीबजारमा भएको छ । गैरीबजारमा यो सहित तीनपटक खोला पसेको हो । इलाका प्रहरी कार्यालय सल्लीबजारले क्षतिकोे विवरण सङ्कलन गरिरहेको छ । बाढीले बजारमा रु ५० लाख भन्दा बढीको क्षति पु¥याएको प्रहरीको प्रारम्भिक अनुमान छ । बजारमा बाढी पसेपछि स्थानीयवासी विस्थापित भएका छन् । माथिल्लो बजारमा खहरे खोलाले शितली विकको घर बगाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies