Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

काम नगर्ने ठेकेदार कम्पनीमाथि कारवाहीको तयारी

धादिङ । थाक्रे गाउँपालिका– ११ मा पक्की पुल निर्माण गर्न ठेक्का लिएको इशान कन्सट्रक्सनले तोकिएको मितिभन्दा चार वर्ष बढी समय भइसक्दा समेत काम पूरा गरेको छैन । डिभिजन सडक कार्यालयले पटक/पटक म्याद थपेर पनि काम नगरेपछि कालोसूचीमा राखेर पुनःठेक्का लगाएको छ । सडक डिभिजन कार्यालयले कारबाही भने गर्न सकेको छैन । गत वर्ष नै निर्माण गरिसक्नुपर्ने नाना कन्सट्रक्सनले धुषा स्वास्थ्यचौकी भवन, हुलाकभञ्ज्याङ चैनपुर बाँकोटघाट सडकस्तर उन्नती, गल्छीपुल डुम्रीचौर सडक, चिसापानी कोइलीखर्क सडक स्तरोन्नतिलगायत काम सम्पन्न भएको छैन । गृह मन्त्रालयको परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालयले ठेक्का लिएर समयमै काम नगर्ने ठेकेदार कम्पनीको विवरण तयार गरी मन्त्रालयमा पठाइएको र आदेश आएपछि कारबाहीको प्रक्रियामा जाने सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए। डिभिजन सडक कार्यालय चितवनको १३ वटा ठेक्का, जिल्ला प्राविधिक कार्यालयको तीनवटा तथा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धादिङको आठवटा ठेक्काको काम ठेकेदार कम्पनीले सन्तोषजनक रुपमा गर्न नसकेको विवरण गृहमन्त्रालयमा पठाइएको ढकालले बताए । सडक, पुल, स्वास्थ्य चौकी, सडकको स्तरोन्नतिलगायत काम ओगटेर तोकिएको समयमा काम नगर्ने ठेकेदार तथा ठेकेदार कम्पनीलाई काम सन्तोषजनक नभएमा तत्कालै कारबाही गर्न सकिने प्रावधान छ । पटक÷पटक विभिन्न कारण देखाएर सम्झौताको म्याद थप गर्ने गरिएपछि काममा लापरबाही हुने गरेको र गुणस्तरमा समेत सम्झौता हुने गरेको छ । विभिन्न २४ वटा योजनामा ठेक्का लिएका २० वटा ठेकेदार कम्पनीले तोकिएको समयमा काम नगरेको बताइएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies