Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता गर्ने चर्चा सुरू भएको छ । तीन वटै पार्टीका शीर्ष नेताहरूबीच एकताको लागि छलफल तिब्र रूपमा भइरहेको छ । यसअघि नयाँ शक्तिसँग एकताका लागि छलफल चलिरहँदा फोरमबाट पनि एकताको \'ग्रिन सिग्नल\' पाएपछि नेकपाले छलफल गरेको हो । फोरमका अध्यक्षसमेत रहेका यादव उपप्रधानमन्त्रीसहित सरकारमा सहभागि भएपछि झन एकताको चर्चा बढी हुन थालेको छ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा अोली अहिले यादवसँग एकताको लागि छलफलमा रहेको बालुवाटार स्रोतले जनाएको छ । नयाँ शक्तिसाग भने नेकपाले छुट्टै छलफल चलाएको छ । स्रोतकाअनुसार अबको केहि महिनाभित्रै एकता गर्ने तयारी रहेको छ । फोरम र नयाँ शक्तिसँग एकै पटक एकता गर्ने भन्दै प्रचण्ड र अोलीले छलफल तिब्र रूपमा अगाडी बढाएको अोली निकट एक नेताले खबरडबलीलार्इ जानकारी थिए । प्रचण्ड निकट एक नेताले खबरडबलीलार्इ दिएको जानकारीअनुसार शुरूमा नयाँ शक्तिसँग एकता गर्ने छलफल चलिरहँदा फाेरमसँग पनि एकताको छलफल अघि बढाएको हो । एकताबारे नेकपा, फोरम र नयाँ शक्तिको शीर्ष नेताबाहेक अरूलार्इ थाहा दिइएको छैन् । जस्तो तत्कालिन नेकपा एमाले र नेकपा माअोवादी केन्द्रको एकताबारे पनि केहि शीर्ष नेतालार्इ मात्रै जानकारी दिइएको थियो । अब छिट्टै एकता गर्ने बिषयको पुष्टि भने प्रचण्डले गरेका छन् । जेठ १३ गते कृष्णसेन इच्छुकको १६ अाैं स्मृति दिवस तथा पुरस्कार वितरण कार्यक्रममा प्रचण्डले भनेका थिए \'हामीले केहि दलहरूसँग एकताको छलफल अघि बढाएका छाैं, अबको केहि दिनमै यसको परिणाम अाउछ ।\' कुन पार्टीसँग एकता गर्ने त्यतिबेला प्रचण्डले प्रष्ट नभनेपनि अहिले फोरम र नयाँ शक्तिसँग एकताको छलफल अन्तिम चरणमा पुगेपछि प्रष्ट भएको छ । स्रोतकाअनुसार फोरमसँगको एकताको छलफल अन्तिम अवस्थामा पुगेको छ । अबको केहि दिनभित्रमै त्यसको परिणाम सार्वजनिक हुने नेकपाका एक नेताले खबरडबलीलार्इ जानकारी दिए । ति नेताकाअनुसार नयाँ शक्तिसँग भने अझै केहि समय छलफलमै रहने संकेत देखिएको छ ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies