Khabar Dabali Logo
  April 2, Thu

जनप्रतिनिधिको गुनासो- ‘कृषि विकास बैंकको सेवा प्रभावकारी भएन’

चितवन ।  कृषि प्रधान देश नेपालमा कृषि विकास बैंकको सेवा प्रभावकारी हुन नसकेको भन्दै यहाँका जनप्रतिनिधिले गुनासो गरेका छन् ।

सेवा छिटो छरितो हुन नसकेको, अन्य बैंकको ब्याजदरभन्दा महँगो भएको भन्दै उनीहरूले गुनासो व्यक्त गरेका हुन् । कृषि विकास बैंक, क्षेत्रीय कार्यालय, वीरगञ्जले आइतबार साँझ यहाँ आयोजना गरेको ‘स्थानीय तहमा कृषि विकास बैंक’ विषयक कार्यक्रममा जनप्रतिनिधिले यस्तो गुनासो गरेका हुन् ।

सो अवसरमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सरकारी बैंक भएकाले कम ब्याज र सहज तरिकाबाट किसान र सर्वसाधारणलाई ऋण प्रवाह गर्नुपर्ने बताइन्। जनतालाई सहज सुविधा दिन नसके उनीहरूको आकर्षण निजी क्षेत्रको बैंकमा हुने उनले धारणा राखीन्।

भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले कृषि विकास बैंकले किसानलाई उपेक्षा गरेको भन्ने गुनासो रहेको भन्दै त्यसलाई मेट्ने गरी काम गर्न सुझाव दिईन् ।

कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले चेक भुक्तानी, सामाजिक सुरक्षा भत्ता, कृषि ऋण लिन झण्झटिलो भएको गुनासो रहेको हुंँदा अन्य व्यावसायिक बैंकजस्तै प्रतिस्पर्धात्मक रुपमा सेवा दिनुपर्ने बताए। सरकारको ५१ प्रतिशत र जनताको ४९ प्रतिशत लगानी रहेको बैंकले जनताको अपनत्व हुने गरी काम गर्नुपर्नेमा उनले जोड दिए ।

त्यसैगरी रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले अहिलेसम्मका पुस्ताले बैंकलाई विश्वास गर्ने वातावरण रहे पनि भावी पुस्ताले पनि कृषि विकास बैंकको अनुभूति गर्ने गरी सेवा सुविधालाई चुस्त दुरुस्त राख्दै लैजानुपर्ने बताए ।

अन्तक्र्रिया कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख चुननारायण श्रेष्ठले आफ्नो नगरपालिकामा कृषि विकास बैंकको शाखा एउटा पनि नरहेकाले सामाजिक भत्ता अन्य बैंकबाट दिनुपर्ने बाध्यता रहेको बताए ।

कार्यक्रमका अन्य सहभागीले ऋण दिँदा शेयर काट्ने तर भुक्तानी गर्दा त्यसको हिसाब किताब नगर्ने, साना किसानलाई उपेक्षा गरेको भन्दै असन्तुष्टि जनाएका थिए । कृषि विकास बैंकले कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बैंक भएता पनि कृषि क्षेत्रलाई प्राथमिकता नदिएको उनीहरूको गुनासो थियो ।

सो अवसरमा कृषि विकास बैंक, क्षेत्रीय कार्यालय, वीरगञ्जका निर्देशक बाबुकाजी थापाले बैंकले अघिल्ला वर्षमा भन्दा अहिले सेवा सुविधामा विशिष्टीकरण गरेको दाबी गर्दै देशभरका स्थानीयतहसंँग सहकार्य र हातेमालो गर्न तत्पर रहेको बताए ।

कृषि विकास बैंकलाई आफ्नै घर आँगनको बैंक सम्झेर यसलाई कसरी अगाडि बढाउने, बैंकको दायित्वलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा आफूले सुझाव सल्लाहको अपेक्षा गरेको उनले बताए ।

जेठ १४ गते, २०७५ - १०:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लकडाउन’को अवज्ञा गर्ने एक हजार सवारी साधन कारवाहीमा

दाङ । दाङमा प्रहरीले ‘लकडाउन’को अवज्ञा गरेको भन्दै एक हजार ५१ वटा सवारीका साधन नियन्त्रणमा लिएको छ...   

प्रदेश १ बाट शङ्कास्पद ५४ जनाको नमूना सङ्कलन

विराटनगर । प्रदेश नं. १ बाट कोरोना भाइरस (कोभिड—१९) का शङ्कास्पद ५४ जनाको नमूनामा सङ्कलन गरिएकोमा ४२...   

कोरोना भाइरसको जोखिमका कारण १७ जना बन्दी रिहा

वीरगञ्ज । कोरोना भाइरस (कोभिड— १९)को सम्भावित जोखिमका कारण वीरगञ्ज कारागारले दुई महिलासहित १७ जना...   

उत्तर कोरिया कोरोना भाइरस फ्रि भएको घोषणा

सोल । उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना...   

अस्ट्रेलियामा कोरोनाभाइरसको खोपको पशु स्वास्थ्य प्रयोगशालामा परीक्षण शुरु

क्यान्बेरा । अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो) ले कोरोनाभाइरस...   

इजरायलका स्वास्थ्यमन्त्री र उनकी श्रीमतिलाई कोरोना संक्रमण

तेल अभिभ । इजरायलका स्वास्थ्य मन्त्री र उनकी श्रीमतीलाई कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य...   

अमेरिकामा कोरोना भाइरसबाट छ हप्ताको शिशुको मृत्यु

कनेक्टीकट । संयुक्तराज्य अमेरिकाको कनेक्टीकट राज्यमा एक जना छ हप्ताको शिशुको मृत्यु भएको राज्यका...   

भारतमा बढ्दै कोरोना भाइरसका सङ्क्रमित ह्वात्तै बढ्यो, २४ घन्टामा ४३७ नयाँ थपिए

नयाँ दिल्ली । भारतमा कोरोना भइरसको प्रकोप बढ्दै जाने देखिएको छ । यहाँ अहिलेसम्म १ हजार ८३४ जनामा यसको...   

मेडिकल सामग्री लिन वाइड बडी जहाज चीनको ग्वाङजाओतर्फ, आजै राति काठमाडौँ फर्कने

काठमाडौं । छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)...   

जतिसुकै नेपाली भए पनि भारत सरकारले उतै प्रबन्ध गर्नुपर्छ – उपप्रम पोखरेल (विशेष अन्तर्वार्ता)

काठमाडाै‌ । नेपाल सरकारले कोरोना संक्रमणसँग जुध्नका लागि यही चैत २५ गतेसम्म सबैजना घरभित्रै सीमित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top