Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

लगानी हुन्छ, काम हुँदैन

दैलेख । नारायण नगरपालिका जिल्लाका ११ वटै स्थानीय तहमध्येकै पुरानो हो । विसं २०५३ मा स्थापना भएको नारायण नगरपालिकाभित्रको मुख्य सडकमा वर्षेनी करोडौं रकम खर्च भएको बिल भर्पाइ पेश गरिन्छ । सडक स्तरीय भने हुँदैन । “वर्सेनि खर्च हुने लाखौँ रकम अर्थहीन छ,” स्थानीयवासी हेमा खड्काले गुनासो गरे ।

नगरपालिकाभित्र प्रवेश गर्ने मुख्य द्वार मानिएको भगवती टोलको सडक कालोपत्र गर्ने काम वर्सेनि हुन्छ । प्रत्येक वर्ष सडकमा लाखौँ रकम खर्च गरिन्छ । सडक पक्की भएको केही महिना नबित्दै पुरानै अवस्थामा पुग्छ । एउटै सडकमा वर्सेनि लाखौँ खर्च गर्नुभन्दा दिगोरुपमा सडक सञ्चालनको पहल थाल्नुपर्ने सुझाव बारम्बार नगरपालिकालाई दिँदा पनि सुनुवाइ नभएको स्थानीयवासी प्रेम विसुन्के बताउँछन् । नारायण नगरपालिकाका अनुसार गत आवमा भगवती टोल हुँदै लोकतान्त्रिक चोकसम्मका लागि सडकबोर्डमार्फत रु २९ लाख ५० हजार रकम खर्च गरिएको थियो । सडक बोर्डकै रु १५ लाख रकम सडक सुधारका लागि विनियोजन गरिएको थियो । असारमा काम सक्नै पर्छ भन्दै रातारात लालटिन बालेर काम गर्ने गरिन्छ । गत आवमा नारायण नगरपालिकाभित्रका सडक कालोपत्रका लागि रु २२ लाख र काडाचौर सडकका लागि रु ९२ लाख रकम खर्च गरिएको छ । चालू आवमा नारायण नगरपालिकाले नगरपालिकाभित्र सडक विस्तारका लागि गणेशचोकदेखि काडाचौरसम्म रु एक करोड ४५ लाख ९५ हजारको टेण्डर गरेको छ । यस्तै, मालपोत कार्यालयदेखि भगवती मन्दिर एकान्तकुना सडकका लागि रु ५६ लाख ६३ हजारको ठेक्का स्वीकृत भएको छ । तीनवटै काम असारसम्म सम्पन्न गरिसक्नु पर्ने भएपनि अहिलेसम्म काम शुरु भएको छैन । नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्का भन्छन् “दुई महिना समय कामका लागि धेरै हो, ठेकेदारले सम्झौता गरिसकेका छन् । अब काम धमाधम हुन्छ ।” दैलेख उद्योग वाणिज्य संघका महासचिव राजेश हमाल सडकमा गरिएको लगानी खेर गएको बताउनुहुन्छ । “दैलेख बजारमा सडक कालोपत्र गरिएपनि गुणस्तर राम्रो छैन,” उनले भने । रु एक करोड ४५ लाखको काम रु ८५ लाखमा सदर भएकाले गुणस्तरीय सडकका लागि स्थानीयवासीले खबरदारी गर्नुपर्नेमा हमाल जोड दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies