Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

जापानी नागरिकद्वारा झापाका १२ विद्यालयमा करोडौँका भवन निर्माण

झापा । झापा भद्रपुरका डा राजीव खनाल २०४९ साल तत्कालीन युगोस्लाभिया जानुभयो । उहाँ जापान टिम अफ यङ ह्युमन पावरमा आबद्ध भएर कामको सिलसिलामा युगोस्लाभिया पुगेका थिए । जतिबेला युगोस्लाभियामा युद्ध चलिरहेको थियो, त्यतिबेला उहाँ घाइतेको उद्धार र उपचारका लागि खटिएका थिए । ते¥ह वर्ष युगोस्लाभिया रहँदा उहाँले शरणार्थीको क्षेत्रमा पनि काम गर्न भ्याउनुभयो । जापान टिम अफ यङ ह्युमन पावरले कम्बोडियामा ३५० विद्यालयमा भवन निर्माण गरेको देखेपछि उनले सो संस्थालाई नेपालमा पनि शिक्षा क्षेत्रमा सहयोग पु¥याउन आग्रह गरे । फलस्वरुप सो संस्थामा आबद्ध जापानी नागरिकले अहिले झापाका एक दर्जनभन्दा बढी विद्यालयलाई करोडौँ रुपैयाँका भवन निर्माण गरिदिएका छन् । डा राजीव अहिले सो संस्थामा नेपालका लागि ‘कोअर्डिनेटर’का रुपमा अहिले पनि आबद्ध छन् । भद्रपुरमा रहेको घनश्याम स्मृति प्रतिष्ठानमा समेत आबद्ध उहाँ भद्रपुरका शिक्षासेवी घनश्याम खनालका छोरो छन् । बुबाको निधनपछि स्थापित सो प्रतिष्ठानले सो जापानी संस्थासँग सहकार्य गर्दै झापाका विभिन्न विद्यालयमा भवन निर्माण गर्दै आएको छ । प्रतिष्ठानका सदस्य डा खनालले सो संस्थासँग सहकार्य गरेपछि सन् २०११ देखि झापाका विभिन्न विद्यालयमा वर्षेनी भवन निर्माण कार्य हुँदै आएको छ । सन् २०११ मा सो संस्थाका अध्यक्ष मादाम ओसनामले झापाको भ्रमण गरेपछि पहिलो वर्ष तत्कालीन शान्तिनगर गाविसमा रहेको राष्ट्रिय विजय माविमा भवन निर्माण गरिएको थियो । त्यस्तै, भानु माविमा पनि सोही वर्ष विद्यालय भवन निर्माण थालिएको बताउछन् धनश्याम स्मृति प्रतिष्ठानका सदस्य डा खनाल । उहाँ भन्छन “मैले लामो समयसम्म जापान टिम अफ यङ ह्युमन पावरमा आबद्ध भएर काम गरेँ । त्यो बेला कम्बोडियामा विद्यालय भवन निर्माण गरेको देखेको थिएँ । उनीहरुलाई मेरो देशमा पनि शिक्षा क्षेत्रको विकासका लागि केही सहयोग गर्नुहोस् भनेको थिएँ । फलस्वरुप आज उहाँहरु नेपालमा आएर यसरी शिक्षा क्षेत्रको श्रीवृद्धिमा उल्लेख्य योगदान पु¥याउँदै छन् ।” अहिले सो संस्थामार्फत निर्मित झापाका विद्यालय भवन उनीहरुकै नाममा छन् । जापानी नागरिकले बनाइदिएका सबै भवनमा ‘ड्रिम’ लेखिएको छ । अहिले झापाका नौ विद्यालयमा पक्की भवन निर्माण गरिएको छ भने तीन वटा विद्यालयमा ट्रष्ट बनाइएको छ । कुन–कुन विद्यालयमा कति लगानी  तोशिरो हिरोता र हात्सुए हिरोता जापानी नागरिक हुन् । जापानको टोकियो निवासी तोशिरो हाल व्यवसायमा आबद्ध छन् । उनी यसअघि जापानमा शिक्षा अधिकारी हुन् । सरकारी सेवाबाट अवकाश भएपछि उहाँ व्यवसायमा आबद्ध हुनुभयो । उहाँकी श्रीमती हात्सुए गृहिणी हुन । लामो समयसम्म शिक्षा अधिकारी रहँदा तोशिरोले त्यहाँको शैक्षिक क्षेत्रमा उल्लेख्य काम गरेको बताइएको छ । नेपाल भ्रमणका क्रममा उनले नेपालको शैक्षिक प्रणाली, विद्यालय र विद्यार्थीको अवस्था बुझेपछि शिक्षा क्षेत्रमा सहयोग गर्ने सोच बनाए र उनले झापाका तीन विद्यालयमा लगानी गरे । आफू जापानी नागरिक भएर पनि उहाँले नेपालको शैक्षिक क्षेत्रमा अतुलनीय योगदान पु¥याउनुभएको जिल्ला शिक्षा अधिकारी योगेन्द्र बरालले बताए । घनश्याम स्मृति प्रतिष्ठानको समन्वयमा तोशिरो र हात्सुए दम्पतीले अर्जुनधारा नगरपालिकामा रहेको लक्ष्मी माविमा रु ९७ लाखको लागतमा दुईतले आठकोठे पक्की भवन निर्माण गरेका छन् । त्यस्तै, उनले बिर्तामोड नगरपालिकास्थित बुट्टाबारीमा रहेको सरस्वती माविमा पनि चारकोठे पक्की भवन निर्माण गर्नुभयो जसको लागत रु ४८ लाख रहेको छ । त्यस्तै, उनले बाह्रदशी गाउँपालिका–७ स्थित डाँगीबारीमा रहेको गौरीशंकर माविमा रु ४२ लाखको लागतमा चारकोठे विद्यालय भवन निर्माण गरेका छन् छ जुन भवनमा ‘हिरोता ड्रिम भवन’ लेखिएको छ । यसअघि जापानी नागरिक एड्को हिरोसिमाले आफ्नी दुई नातिनी कालो हिकारु र इझुमीको नाममा शान्तिनगर–६ सुनमाईस्थित राष्ट्रिय विजय माविमा दुईकोठे पक्की भवन निर्माण गरेका थिए । सो संस्थामार्फत घनश्याम स्मृति प्रतिष्ठानको समन्वयमा रु २१ लाखको लागतमा सो भवन निर्माण गरिएको प्रतिष्ठानकी अध्यक्ष नवकुमारी खनालले बताए । यता, जापानी नागरिककै सहयोगमा कनकाई नगरपालिकामा रहेको सिंहदेवी निमावि टेक्रामा पनि रु ४२ लाखको लागतमा चारकोठे भवन निर्माण भएको छ । भद्रपुर नगरपालिकामा रहेको पशुपतिनाथ विद्यालयमा पनि रु ३५ लाखभन्दा बढीको लगानीमा तीनकोठे भवन निर्माण भएको छ । हल्दिबारीको पाराखोपीमा रहेको सरस्वती निमाविमा दुईकोठे भवन निर्माण भएको छ जसको लागत रु १९ लाख रहेको बताइएको छ । यता, पथरियामा रहेको लक्ष्मीप्रसाद देवकोटा माविमा रु ४५ लाखको लागतमा चारकोठे भवन निर्माण गरिएको छ । श्री निमावि अर्जुनधारामा पनि रु ३५ लाखको लागतमा तीनकोठे भवन निर्माण गरिएको छ । जापानी नागरिकको सहयोगमा निर्माण गरिएका अधिकांश भवन बाल तथा अपाङ्गमैत्री रहेका छन् । यता महारानीगञ्ज माविमा पनि रु ४२ लाखको लागतमा चारकोठे भवन (ट्रष्ट) निर्माण भएको छ । ज्यामिरगढी माविमा पनि रु ४३ लाखको लागतमा तीनकोठे ट्रष्ट निर्माण भएको घनश्याम स्मृति प्रतिष्ठानकी सदस्य प्रतिभा रिजालले बताए । जन्मदिनमा लक्ष्मी माविलाई भवन उपहार  जापानी नागरिक तोशिरो हिरोताले श्रीमती हात्सुएको जन्म दिन मनाउँदा अर्जुनधारा नगरपालिकामा रहेको लक्ष्मी माविलाई चारकोठे भवन निर्माण गरिदिए । श्रीमती हात्सुएको ‘बर्थ डे’ सेप्टेम्बर ३० मा हो । विसं २०७१ साल असोज १४ गते उहाँले श्रीमतीको जन्मदिन झापामा आएर मनाए जुन दिन उनले श्रीमती हात्सुएको नाममा निर्माण गरिदिएको चारकोठे भवन लक्ष्मी माविलाई हस्तान्तरण गरिएको थियो । श्रीमतीको नाममा निर्माण गरिएको भवन तोशिरोले हात्सुएलाई जन्मदिनको अवसरमा विद्यालयलाई हस्तान्तरण गर्न लगाए । तीन विद्यार्थीलाई गाई उपहार !  लक्ष्मी माविमा अध्ययनरत तीन जना विद्यार्थीलाई हिरोता दम्पतीले गाई उपहार दिएका छन् । तोशिरो श्रीमतीको जन्मदिन मनाउन झापा आएका बेला लक्ष्मी माविमा आयोजित भवन हस्तान्तरण कार्यक्रममा हात्सुएलाई विद्यार्थी आफैँले जन्मदिनको शुभकामना कार्ड बनाएर दिएपछि उनीहरुलाई हिरोता दम्पतीले ५५ हजार मूल्य बराबरका दुई गाई उपहार दिए । सीमा र पुष्पा मिश्र तथा रुपेश तामाङले हात्सुएलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै आफैँले बनाएको शुभकामना कार्ड प्रदान गरेपछि उनीहरुलाई हिरोता दम्पतीले गाई उपहार दिनुभयो । योसँगै उनीहरुलाई उच्च शिक्षा अध्ययनका लागि सम्पूर्ण खर्च व्यहोर्ने र लालनपालनमा समेत सहयोग गर्ने घोषणा गरेका थिए । सरस्वस्ती मावि बिर्तामोड–६ बुट्टाबारीले जापानी नागरिकले विद्यालय भवन निर्माण गरिदिएको भन्दै दातालाई सम्मान गरेको छ । घनश्याम स्मृति प्रतिष्ठान झापाको समन्वयमा जापानी नागरिक तोशिरो र हात्सुए हिरोताले विद्यालय भवन निर्माण गरिदिएपछि उहाँहरुलाई विद्यालयमा आयोजित एक कार्यक्रमबीच सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजुजंग कन्दङ्वाले जापानी नागरिकद्वयलाई सम्मानपत्र प्रदान गर्दै गोर्खालीको पहिचान खुकुरी मायाको चिनोस्वरुप प्रदान गरेका थिए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies