Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

सैनिक महाविद्यालयमा आफ्नै साथीको निर्घात कुटपिट

 

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने उद्देश्यका साथ यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरिएको छ । सैनिक आवासीय महाविद्यालय खैरहनी नगरपालिकाको पर्सास्थित आवासमा शनिबार बिहान ३ बजे कुटपिटको घटना भएको हो ।

आवासमा बसेका आफ्नै साथीहरुले भरतपुर महानगरपालिका वडा नं १० निवासी सिर्जना पौडेल लामिछानेका छोरा १४ वर्षीय श्रीनव लामिछानेलाई मार्ने उद्देश्यका साथ कुटपिट गरेका हुन् । पीडित बालककी आमा सिर्जनाका अनुसार, छोराको दायाँ आँखाको छेउमा गहिरो चोट लागेको छ भने आँखामुनिको हड्डी भाँचिएको छ । घाँटीमा हातले थिच्दा नील डाम परेको छ भने दुवै आँखामा रगत जमेको छ । पीडित बालकका अनुसार गहिरो घाउका कारण नाक र मुखबाट समय समयमा रगत बग्ने समस्या देखिएको छ । सिर्जनाका अनुसार बालकलाई भरतपुरको मनकामना अस्पताल र भरतपुर अस्पतालमा सिटी स्क्यानसहित स्वास्थ्य परीक्षणपछि आज प्रहरीमा उजुरी दर्ता गरिँदैछ । उहाँले भन्नुभयो – “घटना भएपछि विद्यालयले घटना लुकाउन समयमै जानकारी पनि दिएन ।” अन्य अभिभावकबाट सूचना पाएपछि आफूले शनिबार दिउँसोमात्रै छोरालाई भेटेर घर ल्याएको र उपचार थालेको उनले बताए । कक्षा ९ मा अध्ययनरत श्रीनवले घटना विवरण सुनाउँदै भने, “बिहान ३ बजेतिर साथी अनिस श्रेष्ठले पिसाब फेर्न जाउँ भन्यो । सँगै म शौचालय गएँ । सधैँ नयाँ साथी क्रिस थापाले शौचालय जाउँ भन्थ्यो, त्यो दिन अनिसले भन्यो । रिवाज रेग्मी शौचालयको ढोकामा लुकेर बसेको रहेछ । मैले रिवाजलाई देख्नेबित्तिकै झस्किएँ । यहाँ किन लुकेको भनेँ ।” घटना सुनाउँदै श्रीनवले अगाडि भने, “अर्काे साथी क्रिस थापाले पछाडि आएर मेरो घाँटी न्याँक्यो र भित्तामा ठोक्काएर न्याँकिरह्यो, म चिच्याइरहेँ । मलाई धारोको टुटीमा पनि ठोक्याए, धारो भाँच्चियो । त्यतिबेला अरु दुईजना, सुयोग श्रेष्ठ र रिजन श्रेष्ठ पिसाब फेर्न आए, क्रिसले उनीहरुले चुप लाग, उता जा भन्यो । त्यतिबेलै म चिच्याएको मेरो बेड पार्टनर सुयोग खनालले सुनेछ । उसले पालेलाई भनेछ । पालेदाइ आएपछि उनीहरु भागे ।” क्रिस थापा भन्ने विद्यार्थी कक्षा ६ मा पनि त्यही विद्यालयमा अध्ययन गरेको तर विभिन्न बहाना पारी घर जाने गरेको श्रीनवले सुनाए । त्यसपछि बीचमा उक्त विद्यालय छोडेर अन्यत्र पढ्न गएका क्रिस पुनः कक्षा ९ मा सो विद्यालयमा आएको उनले बताए । क्रिसले एकजना साथी मारेमा विद्यालय बन्द हुने र यहाँ पढ्न र बस्न नपर्ने बताउँदै आएको श्रीनवले बताए । घटनापछि श्रीनवलाई बिहान ३ः४५ बजे स्थानीय चौधरी पोलिक्लिनिकमा उपचार गरिएको श्रीनवले बताए । बिहान १० बजेतिर विद्यालयका निमित्त प्राचार्य भविलाल न्यूरेले पीडित बालकका बुबा नवराज लामिछानेलाई टेलिफोन गरेको तर घटनाको विषयमा केही नबताएको लामिछानेले बताउनुभयो । पीडित बालकका परिवारले जघन्य घटना हुँदासमेत विद्यालयले लुकाएको आरोप लगाएका छन् । विद्यालयका निमित्त प्राचार्य न्यूरेले टेलिफोन उठाउनुभएन भने विद्यालय हेर्र्दै आउनुभएका मेजर प्रकाश अधिकारीले घटनाका बारेमा बोल्न नमिल्ने बताए । यस विषयमा जानकारी लिन खोज्दा नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले घटनामा संलग्न तीनजना विद्यार्थीलाई निलम्बन गरिएको बताए । उनले पीडित विद्यार्थी आराम गरिरहेको जानकारी दिए । कक्षा ६ भन्दामाथि मात्रै पढाइ हुने सो विद्यालयमा छात्रलाई अनिवार्य आवासमा राख्नुपर्ने व्यवस्था छ भने छात्रालाई घरबाटै आउने जाने व्यवस्था गरिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies