Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

मालिकाको धुरीः जहाँबाट हिमालभन्दा मान्छे अग्लो देखिन्छ

म्याग्दी । हिमालभन्दा मान्छे अग्लो देखिने ठाउँ पनि छ भन्दा सहजै कसले पो पत्याउन सक्ला र ? तर, म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा पर्ने भिरालो पहाडको टुप्पोमा अवस्थित मालिकाधुरीमा पुग्नुहोस् तपाई आफैँ हिमालभन्दा अग्लो देखिन्छ । मालिकाको धुरीबाट हेर्दा आँखामा नै ठोक्किन आउने धौलागिरि, नीलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छे«, गुर्जा, चुरेन, पुथालगायतका दर्जनौँ हिमशंखला तपाईभन्दा होँचा देखिन्छन् । विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य हुने प्रशस्त सम्भावना रहेको यो ठाउँले पूर्वाधार निर्माणको अभावमा आफ्नो पहिचानलाई विदेशीमाझ भने फैलाउन सकेको छैन । मालिकाको धुरीमा बाह्रैमास चिसो हावा चल्छ । गर्मी महिनामा पनि जाडोयामको चिसो हावा चल्ने घना जंगलको बीचमा अवस्थित मालिकाबाट धौलागिरि, नीलगिरिलगायतका दर्जनौँ हिमशिखर आँखामा ठोकिन्छन् । हिमालभन्दा अग्ला देखिने मान्छेको जमघटले समेत मालिका जिल्लाकै आकर्षक गन्तव्य बन्न थालेको छ । आसपासका क्षेत्रमा देखिने सुन्दर ग्रामीण बस्ती, गुराँसे–जंगल र प्राकृतिक सौन्दर्यले सजिएको मालिका प्राकृतिक दृष्यको धनी हुनुका साथै धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पवित्रस्थलको परिचय पाएकोे छ । मन्दिरको चारैतिरबाट सडक सञ्जाल छोडेर करीब साढे तीन घण्टाको यात्रामा पुगिने मालिका मन्दिरलाई धार्मिकसँगै पदयात्राका लागिसमेत सुन्दर गन्तव्यका रुपमा विकास गर्न सकिन्छ । जंगलभित्र रहेका पशुचौपायाका गोठ, समथर भूभाग, चराचुरुंगी र वन्यजन्तुको आवाज, बहुमूल्य जडीबुटीको बास्ना लिँदै मालिकाधुरी पुग्दा थकित भए पनि आनन्द महसुस हुने पर्यटन व्यवसायी बाबुराम आचार्य बताउँछन्। जिल्लाको मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित मन्दिरमा वर्षेनि हजारौँ दर्शनार्थी दर्शनका लागि पुग्ने गर्दछन् । सवारीसाधनको प्रयोग तथा भिरालो पहाड यात्रामा रमाउने निकै रोमाञ्चक मालिकाको व्यापक प्रचारप्रसार र पूर्वाधार विस्तार गर्न विश्वभरका पर्यटकलाई भित्र्याउन सहज हुने देखिन्छ । जिल्लामा अन्य पर्यटकीयस्थलबाट देखिने हिमशंखलाको तुलनामा यहाँबाट धेरै र ऐनामा हेरेजस्तै देखिन्छ । हिमाल र प्राकृतिक सौन्दर्यको अवलोकनका लागि अपार सम्भावना बोकेको मालिकालाई जिल्लाको आकर्षक गन्तव्यका रुपमा राख्नुपर्नेमा स्थानीयको भनाइ जायज देखिन्छ । सयौँ वर्ष अगाडिदेखि धार्मिक गन्तव्यका रुपमा रहेको मालिकाको पूर्वाधार विस्तार तथा प्रचारप्रसारले आन्तरिक पर्यटकलाई मात्र होइन विदेशी पर्यटकलाई पनि आकर्षित गर्नसक्ने पर्यटन व्यवसायी आचार्यले बताए । “हिमाल हेर्न आउनेलाई मालिकासम्म पुग्ने वातावरण बनाउनुपर्छ, त्यहाँ हिमालभन्दा मान्छे अग्ला देखिन्छन्,” आचार्यले भने । उनले सुनसान पदमार्गमा रमाउन चाहने पर्यटकलाई मालिकाको विकल्प नभएको बताउँदै पश्चिम म्याग्दी जोड्ने पदमार्गमा समेत मालिकालाई समावेश गरिएको बताए । सदरमुकाम बेनीबाट पैदलयात्रा हुँदै मालिका मन्दिरसम्म पुग्न चाहनेलाई समेत बेनी–अर्थुङ्गे–पुलाआश्रम–जगन्नाथ–टोड्के हुँदै मालिकासम्म जाने पदमार्गको निर्माणकार्य समेत भइरहेको छ भने पुरानो संरचनाबाट समेत सहजै आवतजावत गर्न सकिन्छ । त्यस्तै, रघुगंगा गाउँपालिकाको झिँ, पाखापानी, ठाडाखानी, मंगला गाउँपालिकाको कुहँु, थाइवाङ, हिँदी र मालिका गाउँपालिकाको दरवाङ, उपल्लो दुखु हुँदै मालिका पुग्न सकिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष झकप्रसाद पाइजाले बताए । मन्दिरको चारैतिरबाट पुग्न सकिने मन्दिरमा बस्ने सत्तलसहितका संरचना समेत बनेका छन् । एकैपटक सयौँ दर्शनार्थी पुग्ने मन्दिर आसपासका क्षेत्रमा रहेका ओडारमा समेत रात विताउने गरिन्छ । म्याग्दी भ्रमण वर्षमा समेत मालिकालाई व्यापक प्रचारप्रसार गरिनेछ । समुद्र सतहदेखि करीब तीन हजार ३०० मिटरको उचाइमा रहेको मन्दिरमा हरेक वर्ष तीनपटक पूजा गरिन्छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies