Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

दिल्लीको प्लेअफ सम्भावना ‘लगभग’ सकियो, हैदराबाद शीर्ष स्थानमा

नयाँदिल्ली । दिल्ली डेयरडेभिल्सको इन्डियन प्रिमियर लिगको प्लेअफ पुग्ने सम्भावना लगभग समाप्त भएको छ । शनिबार सनराइजर्स हैदराबादसँग ७ विकेटले पराजित भएसँगै दिल्ली प्लेअफमा पुग्ने गणितीय सम्भावना मात्र कायम भएको हो। दिल्लीले दिएको १ सय ६४ रनको लक्ष्य हैदराबादले अन्तिम बल बाँकी छँदा प्राप्त गर्‍यो । ओपनरद्वय एलेक्स हेल्स र शिखर धवनले घरेलु टोलीलाई उत्कृष्ट सुरुवात दिलाए। उनीहरूले पहिलो विकेटका लागि ७६ रनको साझेदारी गरे । हेल्सले ४५ रन जोडे भने धवनले ३३ रन बनाए । त्यसपछि कप्तान केन विलियमसन र मनिष पान्डेले टोलीलाई जिततर्फ डोर्‍याए । विलियमसनले नटआउट ३२ तथा मनिषले २१ रन जोडे । तेस्रो विकेटका लागि यी दुईले  ४६ रनको साझेदारी गरेका थिए । युसुफ पठानले नटआउट २७ रन जोडेपछि हैदराबादको जित पक्का भएको थियो। दिल्लीका लागि अमित मिश्राले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन जोडेको थियो। उसका लागि पृथ्वी सअले ६५ रन बनाए। ३६ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरेका थिए। कप्तान श्रेयस ऐयरले ४२  तथा विजय शंकरले २३ रन जोडेका थिए । ऋषभ पन्त शनिबार १४ रनमा आउट हुँदा ग्लेन म्याक्सवेल २ ततानमन ओझा १ रनमा पेभेलियन फर्किए । हैदरावादका राशीद खानले २ तथा सिद्धार्थ कलले १ विकेट हात लिएका थिए । लिगको १० खेलमा ३ जित दर्ता गर्दै समूहको सातौ स्थानमा छ। उसलाई अब दिल्ली प्लेअफमा पुग्न अन्य खेलको नतिजा पनि कुर्नुपर्ने भएको छ‌। यता एक खेल कम खेलेको सनराइजर्स भने प्लेअफ नजिक पुगेको छ। ९ खेलबाट १४ अंक भएको हैदारावाद अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आज पनि दुई खेल हुनेछन्। पहिलो खेलमा मुम्बई इन्डियन्सले कलकत्ता नाइट राइडर्सको सामना गर्नेछ भने दोस्रो खेल किङ्स एलाभेन पञ्जाव र राजस्थान रोयल्सबीच हुनेछ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies