Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कर्णाली प्रदेशः जनप्रतिनिधिको सेवा सुविधाको मस्यौदा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारले यहाँका जनप्रतिनिधिको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐनको मस्यौदा स्वीकृत गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बिहीबारको बैठकले दुई छुट्टाछुट्टै मस्यौदा स्वीकृत गरी संसद्मा पेस गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सहमति दिएको छ । स्वीकृत मस्यौदामा प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ को मस्यौदामा मुख्यमन्त्रीको मासिक पारिश्रमिक रु ५३ हजार ९०० तोकिएको छ । जबकि संघीय सरकारले मुख्यमन्त्रीको पारिश्रमिकको ‘सिलिङ’ रु ६० हजार ९०० तोकेर पठाएको थियो । यद्यपि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको स्वेच्छाले रु सात हजार कम तोकिएको प्रदेश सरकारका प्रवक्ता तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् । मुख्यमन्त्री शाहीले हालको कर्णाली प्रदेशलाई मध्यनजर गरी कम पारिश्रमिक तोक्न निर्देशन दिएसँगै सोहीअनुसार पारिश्रमिक निर्धारण गरिएको प्रवक्ता केसीले बताए । मन्त्रीको पारिश्रमिक ऐनको मस्यौदामा केन्द्रीय सरकारको परिपत्रबमोजिम तोकिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार गरेको मस्यौदामा प्रदेश मन्त्रीको पारिश्रमिक रु ५२ हजार तोकिएको छ । आवास सुविधा नहुने मन्त्रीका लागि आवासबापत मासिक रु २५ हजार व्यवस्था हुने कुरा उल्लेख गरिएको छ । मुख्यमन्त्रीलाई मासिक १२५ लिटर र मन्त्रीलाई मासिक ७५ लिटर इन्धन उपलब्ध गराइने मस्यौदामा व्यवस्था छ । प्रदेश मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी विधेयक, २०७५ को मस्यौदा पनि स्वीकृत गरी प्रदेशसभामा पेसगर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सहमति दिएको छ । मस्यौदामा जिल्ला समन्वय समितिका प्रमुखका लागि रु ४० हजार तोकिएको छ भने उपप्रमुखको मासिक सेवासुविधा रु ३५ हजार तोकिएको छ । मन्त्रिपरिषद्ले सहमति प्रदान गरिसकेपछि आन्तरिक मामिला तथा कानून मन्त्रालयले दुवै विधेयक संसद्मा पेश गर्ने जनाइएको छ । दुवै विधेयक संसद्बाट पारित भएपछि ऐनको रूपमा कार्यान्वयनमा आउने छन् । मस्यौदामा नगरपालिकाका प्रमुखको मासिक रु ३५ हजार र उपप्रमुखको मासिक रु ३० हजार ‘पारिश्रमिक सुविधा’ तोकिएको जनाइएको छ । नगरपालिकाका वडाध्यक्षको मासिक सुविधा रु २० हजार तोकिएको छ । यता गाउँपालिकाका अध्यक्षको रु ३१ हजार र उपाध्यक्षको रु २६ हजार, पारिश्रमिक तोकिएको छ । गाउँपालिकाका वडाध्यक्षको भने मासिक रु १५ हजार देखि रु १८ हजार प्रस्ताव गरिएको छ । संविधानमा स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक दिनेबारे उल्लेख नभएपनि सुविधाबापत भनेर प्रस्तावित रकमको मस्यौदा तयार गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies