Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

लिभरपुल ११ बर्षपछि च्याम्पियन्स लिगको फाइनलमा

इन्ग्लिश क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इटालियन क्लब रोमासँग ४ – २ गोलले पराजित भएपनि समग्रमा ७ – ६ को जित निकाल्दै लिभरपुल उपाधि नजिक पुगेको हो । रोमाको घरेलु मैदानमा भएको दोस्रो लेगमा सुरुवाती अग्रता लिएपनि लिभरपुल पराजित भएको थियो । तर, लिभरपुललाई घरेलु मैदानमा भएको पहिलो लेगमा निकालेको फराकिलो जित नै फाइनलमा पुग्न प्रयाप्त रह्यो ।  लिभरपुलले पहिलो लेगमा रोमालाई ५ – २ गोल अन्तरले हराएको थियो । घरेलु मैदानमा रोमालाई जित दिलाउन राड्जा निंगोलनले दुई गोल गर्दा इडेन डेज्कोले एक गोल गरे । रोमाले एक गोल आत्मघाती उपहार पाएको थियो । लिभरपुलका जेम्स मिल्नरले आत्मघाती गोल गर्दा साडियो माने र जर्जि्नियो विज्नाल्डमले एक एक गोल फर्काए । रोमस्थित ओलम्पिक स्टेडियममा मानेले खेलको नवौं मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको १५ औं मिनेटमा लिभरपुलका मिल्नरले आत्मघाती गोल गर्दा खेल १ – १ को बराबरीमा पुग्यो । खेलको २५ औं मिनेटमा विज्नाल्डमले गोल गर्दै पहिलो हाफमा लिभरपुललाई २ – १ को अग्रता दिलाए । दोस्रो हाफमा भने रोमा खेलमा फर्कियो । खेलको ५२ औं मिनेटमा डेज्कोले गोल गर्दै खेल २ – २ को बराबरीमा ल्याए । खेलको ८६ औं मिनेटमा निंगोलनले गोल गर्दै रोमालाई ३ – २ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा निंगोलनले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै रोमालाई ४ – २ को जित दिलाए । तर, पहिलो लेगमा फराकिलो हार बेहोरेको रोमालाई फाइनलमा पुग्न यो जित पर्याप्त रहेन । रोमालाई समग्रमा हराएसँगै लिभरपुल ११ बर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । लिभरपुलले पछिल्लो समय सन् २००७ को सिजनमा फाइनल खेलेको थियो । फाइनलमा लिभरपुल इटालियन क्लब इन्टर मिलानसँग पराजित भएको थियो । अब लिभरपुलले फाइनलमा साबिकको विजेता रियल मड्रिडसँग खेल्ने छ । स्पेनिस जाइन्ट रियल जर्मन क्लब वायर्न म्युनिखलाई हराउदै फाइनलमा पुगिसकेको छ । लिभरपुल र रियलबिचको फाइनलम खेल मे २६ मा युक्रेनको किभमा हुनेछ । यो फाइनललाई सन् १९८१ को फाइनलसँग समेत तुलना गर्न थालिएको छ । उक्त सिजन लिभरपुलले फाइनलमा रियललाई १ – ० ले हराएर उपाधि उचालेको थियो । रियलले अहिलेसम्म १२ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ भने लिभरपुलले ५ पटक जितेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies