Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

राजदूतबाट विद्यालय भवन उद्घाटन

\"\"रसुवा । उत्तरी रसुवाको स्याफ्रुबेँसीमा नयाँ निर्माण भएको कोमिन श्यामेवाङ्फेल माविको आज दुई राजदूतद्वारा उद्घाटन भएको छ । रु तीन करोड ६८ हजार ६७० को लागतमा पुनःनिर्माण गरिएको उक्त विद्यालय भवनको एक कार्यक्रमबीच नेपालका लागि शाही नर्वेजियन राजदूत लास्से वोर्न योहानेशन र जर्मनी राजदूत रोलाण्ड सेफरले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । शाही नर्वेजियन राजदूतावासको आर्थिक सहयोगमा नेपाल सरकारको भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने मापदण्डको अधीनमा रही जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयअन्तर्गतको यहाँ कार्यरत जिआइजेड नामक गैससले विद्यालय भवनको निर्माण सम्पन्न गरेको र भवनको संरचना पक्की भएको जिआइजेडका रसुवा समन्वयकर्ता चन्द्र आलेले बताए । अपाङ्गता भएका छात्रछात्रासमेतलाई पठनपाठनमा सहज वातावरण मिलाई कक्षा सञ्चालन गर्न १२ र भण्डारका लागि तीनवटा कोठा निर्माण गरिएको छ । भवन निर्माणस्थलले ७६२ वर्गमिटर ओगटेको बताइएको छ । हाल ४६२ छात्रछात्रा अध्ययनरत रहेको विद्यालयले जनाएको छ । विसं २०७२ को भूकम्पले स्याफ्रुबेँसीका विद्यालयमा ठूलो क्षति पु¥याएपछि सम्भावित भू–धरातलको जोखिमलाई समेत मध्यनजर राख्दै स्याफ्रुबेँसीमा रहेको स्यामेवाङ्फेल मावि र कोमेन प्राविलाई एकै ठाउँमा समायोजन गराई सुरक्षित ठाउँको कोमेनमा विद्यालय रहेको र दाताहरुको सहयोग शिक्षा क्षेत्रमा लाभदायी रहेको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies