Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

विवाह समारोहमा हवाई आक्रमण, कम्तीमा ४० जना हताहत

साना, १० वैशाख । यमनमा साउदी अरब नेतृत्वको हवाई सेनाले वैवाहिक समारोहमा आक्रमण गर्दा कम्तीमा ४० जना हताहत भएका छन् । यमनको उत्तरपश्चिमी हज्जाह प्रान्तमा आइतबार अबेर राति आक्रमण भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

\"\"

“अहिले घटनामा परी मृत्यु हुने र घाइते हुनेहरुको यकिन विवरण आइसकेको छैन्, प्रारम्भिक विवरणअनुसार कम्तीमा ४० जना हताहत भएका छन्,” एक जना उच्च स्वास्थ्य अधिकारी मोहम्मद अल अस्वालले सिन्ह्वासँग टेलिफोनमार्फत भन्नुभयो । उहाँले थप्नुभयो, “तीमध्ये केहीको मृत्यु र केही घाइते भएको हुनसक्ने अनुमान गरिएको छ ।” एकजना सुरक्षा अधिकारीका अनुसार लडाकू विमानबाट वैवाहिक समारोहमा दुई वटा बम खसालिएको थियो । घटना बानी कास जिल्लाको अल्राका गाउँमा भएको हो । बम विस्फोटनमा परी वैवाहिक समारोहनजिकै रहेका घर, सवारी साधनलगायत नष्ट भएको प्रत्यक्षदर्शीले बताएका छन् । यमनमा गत तीन वर्षदेखि हुथी विद्रोही समूह र साउदी अरब नेतृत्वको गठबन्धन सेनाकाबीचमा भिडन्त हुँदै आएको छ । गठबन्धन सेनाले गत शुक्रबार पनि दक्षिणपश्चिमी ताइज प्रान्तमा हवाई आक्रमण गरेको थियो । घटनामा परी कम्तीमा १७ जना मारिएका थिए । चर्चित स्थानीय बजारबाट घर फर्किँदै गरेका यात्रु चढेको सार्वजनिक दुईवटा सवारी साधनमा आक्रमण हँुदा उनीहरको मृत्यु भएको अधिकारीले जनाएका छन् । यमनमा अहिले चलिरहेको द्वन्द्वका कारण अहिलेसम्म झण्डै दश हजार यमनी नागरिक मारिएका छन्, भने लाखांै विस्थापित भएका छन् । मानवीय संकटको दृष्टिकोणले अहिले यमन विश्वकै द्वन्द्वग्रस्त क्षेत्रमा देशहरुको सूचीमा रहेको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies