Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

अब खानेपानी मोबाइल एप्सबाट खोल्न र बन्द गर्न सकिने !

बनेपा, ८ वैशाख । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१३ साँगास्थित बुढाथोकी गाउँमा सम्पन्न भएको लिफ्ट खानेपानी आयोजना आज खानेपानी मन्त्री बिना मगर र सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

सो कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले राष्ट्रको ध्यान पुग्न नसकेको बाटो र बिजुली नपुग्ने तथा पानीको स्रोतहरुलाई केन्द्रित गरी काम गर्न नसकेको ठाउँमा कठिनाइ व्यहोर्दै आएका बस्तीमा खानेपानी सेवा पु¥याउन गरिएको काम सराहनीय रहेको बताए । उनले सरकारको लक्ष्य समृद्ध नेपाल भए पनि खानेपानीको अभावमा रहेका ग्रामीण बस्तीमा खानेपानी पु¥याउनु निकै चुनौतीपूर्ण रहेको समेत बताए । सो कार्यक्रममा उहाँले बजारीकरण र सहरीकरण उन्मुख क्षेत्रहरुमा स्वच्छ खानेपानी, ढल निर्माण र सरसफाइको कामलाई योजनाबद्ध रुपमा विकास गर्ने योजनामा मन्त्रालय अगाडि बढिरहेको उल्लेख गरे। विशेषगरी हिमाली र पहाडी भेगका महिलाले संघर्षपूर्ण जीवन व्यतित गरिरहनु परेको बताउँदै पहाडी भेगमा पनि ट्युबवेल सञ्चालन गर्न सकिने क्षेत्रहरु खोजिरहेको र केही ठाउँमा डिप ट्युबवेल सञ्चालन गरी खानेपानी असहजतालाई पूर्ति गर्न मन्त्रालय लागिपरेको बताउनुभयो । त्यसमा पनि अझ प्रभावकारी लिफ्ट प्रविधिको खानेपानी रहेकाले त्यसलाई व्यवस्थित गर्न खोजिराखेको उनको भनाइ छ । अस्थिर सरकारका कारण गाउँबस्तीले असहजता भोगिरहनुपरेका अवस्थामा अहिले स्थिर सरकार निर्माण भइसकेको उल्लेख गर्दै उनले गाउँघरमा पानीको अभाव रहेको भएपनि त्यसलाई पूर्ति गर्न भएका पानीेको स्रोतलाई परिचालन गरी राज्यको महत्वपूर्ण आर्थिक स्रोतका रुपमा प्रयोग गर्न सकिने उल्लेख गर्नुभयो । पानीलाई प्रयोग गरेर उद्योग र कलकारखाना सञ्चालन गर्न सकिने, जसले समृद्ध नेपाल निर्माण गर्नमा सहयोग पुग्ने उनको भनाइ छ ।\"\" उनले मोबाइलको प्रयोग गरेर सन्देशको भरमा पानी सञ्चालन हुने र बन्द हुने प्रविधि प्रयोग गरेर गरिएको काम उदाहरणीय भएको बताए । सरकारले खोजिराखेको विश्वमा उपयोगमा आइरहेको प्रविधिलाई व्यवहारत प्रयोग गर्ने उपभोक्ता समिति सबैको उदाहरण बनेको उनको भनाइ थियो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देश बनाउने संकल्प लिएकाले अबको सरकारले त्यसलाई पूर्णता दिने बताए । देशले प्रगति गर्नको निम्ति संकल्प गर्नुपर्ने उल्लेख गर्दै बाँस्कोटाले अब संकल्पलाई पूरा गरेर छाड्ने बताए । उनले अब अभावको जिन्दगी नचल्नेसमेत बताए । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक सहयोग र शान्ति जनआदर्श सेवा केन्द्रको सहकार्यबाट निर्माण कार्य सम्पन्न भएको उक्त आयोजना नयाँ प्रविधिमा जिएसएम कन्ट्रोल प्यानल जडान भएको छ । एक्वाटेक प्रालिका कार्यकारी निर्देशक बजरङ्ग जैनले मोबाइल एप्सको प्रयोग गरी पानी खोल्न र बन्द गर्न सकिने भएकाले समयको बचत हुने बताए । उनका अनुसार देशका जुनसुकै कुनामा पुगे पनि पानी खोल्न र बन्द गर्न सो मोबाइलमा भएको एप्सको प्रयोगबाट पानी खोल्न र बन्द गर्न सकिने भएकाले राति, बाढी पहिरो र टाढा भनेर बस्नु पर्दैन । खानेपानीको निकै अभाव झेल्दै आएका त्यहाँका स्थानीय बासिन्दाका लागि खानेपानी उपभोग गर्न गाउँदेखि तल रहेको खोल्साबाट लिफ्टिङ पद्धतिबाट खानेपानी आयोजना सम्पन्न गरिएको हो । उक्त खानेपानी आयोजना त्यहाँका स्थानीय उपभोक्ताको नगद एवं श्रमदानबाट गरी ८४ घरधुरीका ३२२ जना उपभोक्ताका लागि कूल ४२ लाख ५२ हजार ५८७ लागतमा सम्पन्न भएको हो । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies