Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

मन्त्री बीना मगर भन्छिन्-हिमालको पानी विदेशमा बेच्छाैं

\"\"काभ्रे । खानेपानी मन्त्री बिना मगरले जनतालाई खानेपानीको सुविधा पुर्याएपछि हिमालको पानी विदेशमा बेच्ने योजना कार्यान्वयन गरेर खानेपानी मन्त्रालयले समृद्ध नेपाल निर्माणमा योगदान गर्ने बताएकि छिन् । काभ्रेको बनेपा नगरपालिका-१३ बुढाथोकीगाउँस्थित बुढाथोकीगाउँ लिफ्ट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको प्रथम साधारणसभालाई सम्बोधन गर्दै मन्त्री मगरले नेपालका हिमालको खानेपानी विदेशमा बेचेर औद्योगिक तथा आर्थिक विकास गर्न सकिने बताइन । `सबै जनतालाई स्वच्छ खानेपानी पुर्याउने पहिलो दायित्व हो, सङ्गसङ्गै खानेपानी उद्योग स्थापना गरेर आयआर्जन र रोजगारी सिर्जना गर्न सकिन्छ,´ उनले भनिन् । समितिले १० महिनामा सक्ने काम ६ महिनामा सकेकोप्रति प्रशङ्शा गर्दै मन्त्री मगरले भनिन्`अधिकाश कामहरु ढिला हुन्छन्, १ वर्षमा सक्नुपर्ने काम गर्न २-३ वर्ष लाग्छ । तर, १० महिनामा सक्नुपर्ने खानेपानी आयोजना ६ महिनामै सकेर उदाहरणीय काम गर्नुभएकोमा उपभोक्ता समितिलाई धन्यवाद ।´ खानेपानी आयोजनामा मोवाइलबाट सञ्चालन र बन्द हुने प्रविधि जडान गरिनु प्राविधिक सोचको व्यवहारिक प्रयोग भएको मन्त्री मगरले बताइन । तराई र पहाडी क्षेत्रमा स्वच्छ खानेपानीको सहज उपलब्धताका लागि मन्त्रालयले योजना बनाइरहेको मन्त्री मगरले बताइन । `मन्त्रालयले कर्णाली, भेरी, नारायणी, कोशी लगायतका नदीबाट तराईका जिल्लामा खानेपानीको व्यवस्था मिलाउने योजना बनाइरहेको छ,´ मन्त्री मगरले भनिन्`पहाडमा डिप ट्युबवेल प्रविधि र लिफ्ट प्रविधिबाट पानी पुर्याउन देशैभरिको योजना बन्दैछ ।´ अहिलेसम्म खानेपानीमा राज्यको ध्यान नपुगेको बताउँदै मन्त्री मगरले अहिलेको स्थिर सरकारले खानेपानीलाई बाटो, बिजुली, शिक्षाभन्दा प्राथमिकतामा राख्ने बताइन । `पानी संकलनका लागि संघर्ष गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरि सोचिरहेका छौ,´ उनले भनिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies