Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

एमालेको अहमले पार्टी एकतामा शंका उत्पन्न गरायो

नेतृत्व व्यवस्थान र सैद्धान्तिक विषयमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको पार्टी एकतामा ढिलाई भएको छ । यहि ९ गते दुबै पार्टी एक भएको औपचारिक घोषणा गर्ने भनिएपनि अन्तत यो सरेको छ । चुनावदेखि नै एक भएर प्रस्तुत हुँदै आएका दुबै पार्टीले चुनाव पछिका सबै लाभका पदमा सहजै भागवण्डा गरेका छन् । तर पार्टी एकताको भागवण्डा नमिलेका कारण तत्काललाई पार्टी एकता सरेको दावी गरिएको छ । माओवादी केन्द्रले एकीकृत पार्टीको कार्यदिशा २१ औं सताब्दीको जनवाद र माओवाद समेत हुनुपर्नेमा जोड दिँदै आएको छ, भने एमालेले २१ औं सताब्दीको जनवाद र माओवादलाई स्वीकार गर्न सकिने तर अन्तरिम विधानमा नलेख्ने कि भने जस्तो गरिरहेको  बताइन्छ । तर जनताको बहुदलीय जनवाद जबज भने कार्यदिशा हुनैपर्ने अडानमा छ । एकीकृत पार्टीको कार्यदिशाबारे दुई पार्टीका नेताहरुबीच  अान्तरिक विवाद देखिएपनि सार्वजनिक रुपमा भने पोखीएका छैनन् । सबै मिलेको तर केहि प्रावधिक बिषय मात्र मिल्न बाँकी रहेकोले पार्टी एकीकरण भएको ओपचारिक घोषणा हुनमा ढिलाई भएको नेताहरुको सार्वजनिक अभिव्यक्ति धेरै पहिले देखिकै हो । सरकार गठन अघि टुङ्ग्याउने भनियो भएन, सुरुमै माओवादीले सरकारमा मन्त्री नपठाएर पार्टी एकता टुङ्ग्याउन खोजेको थियो । त्यो समय पनि टर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि टुङ्ग्याउने भनियो, यहि बैशाख ९ गते एकता घोषणा हुने सार्वजनिक पनि गरियो तर अहिले त्यो टरेर गणतन्त्र दिवस जेठ १५ को भाकासम्म पुगेको छ । बिभिन्न बाहनामा पार्टी एकता पर सर्दै जाँदा कतै टर्दै जान लागेको त होईन भन्ने कतिपयलाई परिसकेको छ । तर जनतालाई गरेको बाचा ताडेर त्यो बाटोमा जाने दुबै पार्टी र तिनका नेता कार्यक्रतलाई यस्तो छुट छैन् । राजनीतिक स्थिरता दिने दुबै पार्टीको संकल्पलाई जनताले अनुमोदन गरिसकेको अवस्थामा नेतृत्वको व्यवस्थापन लगायतका बिषयलाई लिएर पार्टी एकतामा भैरहेको ढिलाईबारे रघुनाथ बजगाँईले कार्यदिशासम्बन्धी प्रतिवेदन मस्यौदा लेखन कार्यदल सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता देब गुरुङसंग गरेको कुराकानी : एमाले माओवादी पार्टी एकता सर्दै गएको हो की टर्दै गएको हो ? हेर्नुस, पार्टी एकता त्यति सजिलो बिषय होईन । तर राष्ट्रिय आवश्यक्ता र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकिकृत गर्ने सवालमा हामी अब असफल हुँदैनौ र हुनु दिनु हुँदैन । जहाँसम्म ९ गते पार्टी एकिकरण भएको औपचारिक घोषणा गर्ने हाम्रो प्रतिवद्धता हो, त्यसमा हामी अझै पनि अडिक छौँ तर कतिपय प्रावधिक बिषय बाँकी छन् । हाम्रो पार्टीका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले आजदेखि नमिलेका बिषयमा घनिभुत छलफल गर्ने भन्नुभएको छ । सायद हामी एक भएको घोषणा हुने दिन धेरै टाढा छैन् । कार्यदिशासम्बन्धी समेत रहेर काम गरिरहनुभएको छ, ठ्याक्कै नमिलेका बिषय के हुन् ? केहि पनि छैन नमिलेको बिषय, सबै बिषय कार्यदलले टुङ्ग्याइसकेको छ । तर कार्यदललाई सहमती कायम गरेर कसरी जाने भन्ने रोडम्याप तयार पारेर एकता संयोजन समितिमा पेश गर्ने अख्तियारी दिइएको थियो । त्यो हामिले पुरा गरिसकेका छौँ । हामीले पेश गरेको प्रतिवेदन एकता संयोजन समितिले अनुमोदन गरेको दिन पार्टी एकताको घोषणा हुन्छ । केहि बिषयका केहि भाषाका बिषयमा हामीले एकता संयोजन समितिमै सहमती जुटाउनुपर्ने आवश्यक्ता महसुस गरेर पनि प्रतिवेदन बुझाएका छौँ । यसको अर्थ यो होईन कि बिबादित बिषयहरु छन् , तर पनि हामी दुबै पार्टीका बीचमा केहि न केहि शंका र अहम छ । त्यो मेटाउने जिम्मा दुई अध्यक्षलाई दिएका छौँ । एकता भनिसकेपछि एक पार्टी अर्कोमा गाभिएको महसुस हुन भएन । दुबैका बैचारिक धरातल के हुन त्यसलाई स्विकार गरेर नयाँ कार्यदिशा बनाएर जानुपर्ने हुन्छ । भावनात्मक रुपमै पार्टी एकता गर्ने हाम्रो अथक प्रयासले केहि समय लिएको हो नभए अन्य बिषय गौण छन् । चुनावमा संगै जानु भो, चुनाव पछिका सबै लाभका पदमा सहजै भागवण्डा गरेको देखियो, भातृ संगठनहरु संगै कार्यक्रम गरि एकताको संदेश दिइरहेका छन् , तर नेतृत्वमा अझै भावनात्मक एकता देखिएन है   …… हो, कार्यक्रता एक भैसकेका छन् । यसले पनि हामीलाई थप दवाव बढाएको छ, तर सम्मानजनक एकता हुनुपर्छ भन्ने बलियो मत पनि कार्यक्रता पंतिबाट आईरहेको कुरा तपाँईले उल्लेख गर्नुभएन । एकले अर्कोको अस्तित्व स्विकार गरेर मात्रै एकता हुन्छ र हुनुपर्छ भनेर आईरहेको बिषय तपाँइले उठाउनुभएन । यसको अर्थ फेरी अर्को नलगाउनुस कि हामी मिलेका छैनौँ । मैले भन्न खोजेको जनताले नै अनुमोदन गरिसकेको बिषय हो हामीबीचको एकता, अब यसलाई कसैले रोकेर रोकिनेवाला छैन् । त्यसो गरिए देशले ठुलो मुल्य चुकाउनुपर्ने हुन्छ । हामी त्यो गल्ति गर्नेवाला छैनौँ । तर दुबैपार्टीले लिँदै बिचार छन् । हाम्रो आ–आफ्नै संगठन छ , त्यसलाई त मिलाउनु पर्यो नि । तपाँईलाई प्रष्ट भनौ अलिकति एमालेको अहम र अलिकति हाम्रो शंकाले केहि काम गरेकै हो । तर यो बिषयमा हामी विवाद गरिरहेका छैनौँ । तपाँईले भने जस्तै एक भैसकेका कार्यक्रतालाई अझै मिलाएर देशलाई समृद्ध बनाउने तिर हाम्रो ध्यान जानुपर्छ । यसमा नेतृत्वले ख्याल गर्नैपर्छ । कति प्रतिशत कुरा मिल्यो र कति प्रतिशत बाँकी छ त उसो भए ? एकिकृत पार्टीको कार्यदिशा संगठनात्मक खाकाबारे दुबै कार्यदलले ९५ प्रतिशत मिलाएर एकता संयोजन समतिमा पेश गरेको छ । ५ प्रतिशतमा किँन बाँकी भनिएको हो भने हामीले दुबै पार्टीले अंगिकार गर्दै आएका बिषय महाधिवेशमा लैजाने भनेका छौँ । अहिले पार्टीमा दुई अध्यक्ष रहने भनेका छौँ । अब यी बिषयमा थप छलफल आवश्यक हुन्छ । जस्तो कि दुई अध्यक्ष हुँदा आलोपालो बैठकको अध्यक्षता गर्ने जस्ता सहमती पनि भैसकेका छन् । निर्णयमा दुबैको हस्ताक्षर भनेका छौँ । तर केपी ओली प्रधानमन्त्री हुनुहुन्छ । दुबैतिरको जिम्मेवारीमा रहँदा असहज हुन्छ कि भन्ने पनि छ । यस्ता बिषयमा दुबै अध्यक्षले आवश्यक गृहकार्य गरेर एकता संयोजन समितिमा ल्याएपनि सय प्रतिशत हुन्छ । माओवादीले बराबरी हिस्सा खाजेकाले समस्या भएको एमाले बुझाई छ । यसले पनि एकतामा ढिलाइ भएको हो नी होईन ? मैले अघि पनि भने नि हामीमा केहि न केहि अहम र शंका थियो । अब त्यो हट्दै जानुपर्छ । नीति, सिद्धान्त र विधिमा एकरुपता कायम भएर दुई कार्यदलले प्रतिवेदन बुझाइसकेको स्थितिमा यस्ता बिषय आउनुहुँदेनथ्यो । तर पार्टी एकतामा चुनावमा उम्मेदवार उठाएजस्तो केहि साथीहरुले बराबरी त हुँदैन भने जस्तो कुरा गर्नुभयो र समस्या भएको हो । फरक पृष्ठभूमि र कार्यनीति अँगालेर नै हामीले चुनावदेखि त एकै पार्टीको अभ्यास गर्दै आएका हौँ नी । म फेरी भन्छु कार्यकर्ताहरुको उत्साहलाई हामीले शिथिलतातार्फ होइन देश निमार्णमा लगाउन सक्नुपर्छ । एमाले र माओवादीको अस्तित्व बराबर छ, भने सिद्धान्त र ब्यबहारमा किँन हुन्दैन । संख्यामा तलमाथी हुन सक्छ तर सम्मानजनक एकता नै एकता हो । मुख्य कुरा, एकताको स्पिरिट कायम  राख्नुपर्छ ।  जनतामा गएर जनादेश पाइसकेपछि  त्यही स्पिरिटमा अगाडि बढ्नुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies