Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बुटवलका माअोवादी नेता लेखनाथ न्याैपानेसहित पाँच पक्राउ

 

\"\"रुपन्देही । रुपन्देहीको विभिन्न संगठित अपराधका घटनामा संलग्न भएको भन्दै प्रहरीले रुपन्देहीका पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेका पाँचैजना प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनका सहयोगी भएको बताइएको छ । पुनले उनीहरुलाई सुराकीका रुपमा प्रयोग गरेका थिए ।

बुटवल र देवदहका विभिन्न स्थानबाट मंगलबार पक्राउ परेका उनीहरुलाई आज इलाका प्रहरी कार्यालय बुटवलले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ शिवनगर निवासी उत्तम आचार्य, देवदह नगरपालिका–५ बस्ने तुल्सी न्यौपाने र देवदह नगरपालिका–४ निवासी लेखनाथ न्यौपाने, बुटवल उपमहानगरपालिका–४ बस्ने हरिप्रसाद श्रेष्ठ र देवदह नगरपालिका–६ का रोशन खड्का रहेको रुपन्देहीका प्रहरी उपरीक्षक श्यामप्रसाद ज्ञवालीले जानकारी दिए । देवदह नगरपालिका–४ निवासी लेखनाथ माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् भने आचार्य युथ फोर्सका पूर्व जिल्ला नेता हुन् । रुपन्देहीका नारायण बस्नेतलाई गोली हानी ज्यान मार्ने उद्योग गरेको घटना, देवदहका दुर्गाप्रसाद तिवारीलाई गोली हान्ने प्रयास गरेको र २०७३ पुस ४ गते तिवारीलाई गोली हानी हत्या गरेको घटनामा उनीहरुको संलग्नता रहेको प्रहरीले जनाएको छ । यसैगरी २०७४ पुस २१ गते बलु भन्ने वसन्त पौडेललाई गोली हानी हत्या गरेको घटनाका मुख्य योजनाकार मनोज पुन भन्ने मनोज बुढामगर र बिट्टु भन्ने योगेन्द्र सिंहसँग निरन्तर सम्पर्कमा रही जिल्लाका उद्योगी, व्यापारीको विवरण उपलब्ध गराउने र आपराधिक कार्य गराउन उनीहरुले फरक फरक भूमिका निर्वाह गरेको प्रहरी उपरीक्षक ज्ञवालीले बताए । उनले भने “यी घटनामा संलग्न अझै दुईजना फरार छन् उनीहरुलाई पनि छिटै नियन्त्रणमा लिइने छ ।” जबर्जस्ती चन्दा असुलीलगायत जघन्य अपराध र गम्भीर प्रकारका घटनामा संलग्न भएका उनीहरुलाई कर्तव्य ज्यान मार्ने उद्योग, संगठित अपराध, जबर्जस्ती चन्दा असुली, हातहतियार खरखजाना मुद्दा लगाइने प्रहरीले जनाएको छ । कुनै पनि पेशा, व्यवसाय, धर्म र राजनीतिको आडमा गरिने अपराध क्षम्य हुँदैन प्रहरी उपरीक्षक ज्ञवालीले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies