Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

आफैलाई बलात्कार गर्ने ‘बलात्कारी’ लाई खाना लिएर प्रहरी चौकी पुग्ने पीडित महिलाको कहानी !

\"\"काठमाडौं । अभियुक्तः रामबहादुर मोक्तान वर्षः ३१ मुद्दा नं.: ३७० कसुरः जबरजस्तीकरणी जिल्ला अदालत, काठमाडौं अपाङ्गता भएकी ३० वर्षीया महिलाले बलात्कारको उजुरी दिएपछि महानगरीय प्रहरी परिसर, काठमाडौंले हेटौंडाका रामबहादुर मोक्तानलाई पक्राउ गरेको थियो । जबरजस्तीकरणी मुद्दामा अदालतमा म्याद थपेर उनलाई परिसरको हिरासतमा राखेको छ । तर, ‘पीडित’ युवती नै आजभोलि हरेक दिन परिसरमा आउँछिन् र अभियुक्त मोक्तानलाई खाना खुवाएर फर्किने गरेकी छन् । यो दृश्यले प्रहरीहरुलाई आश्चर्यमा मात्र पारेको छैन, थप सोच्न बाध्य बनाएको छ । प्रहरीका अनुसार पछिल्लो समय लिभिङ टुगेदर, ‘प्रेम’ जस्ता अनेक नाममा सँगै बस्नेदेखि शारिरीक सम्वन्ध राख्ने गरेका जोडीहरु आपसमा झगडा भएपछि बलात्कारको उजुरी दिने र अभियुक्त पक्राउ परेपछि आफैं मिल्ने गरेका घटना थुप्रै छन् । यसले प्रहरीको समय बर्बाद पार्नुका साथै उसको अनुसन्धानमा प्रश्न त उठाएको छ नै वास्तविक बलात्कारका घटनालाई पनि ओझेलमा पार्ने खतरा बढाएको छ । ‘बिहे गर्ने भयो, जाहेरी फिर्ता लिन्छुुु’ पीडित महिलाको सुरुमा छोराहरुलाई अर्को कोठामा थुनेर आफूलाई बलात्कार गरेको बताएकी थिइन् । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ । तर, पीडित युवती हरेक दिन अभियुक्तलाई खाना लिएर आउँछिन् र प्रहरीसामू जाहेरी फिर्ता गर्न माग गर्छिन् । ‘मसँगै बिहे पनि गर्ने भयो, अघिल्लो श्रीमानबाट जन्मिएका दुई बच्चा पनि हेर्ने भयो’, भन्दै उनले प्रहरीसँग जाहेरी फिर्ता गरिदिन पनि आग्रह गरेको पाइएको छ । प्रहरीले भने जबरजस्तीकरणी सम्बन्धी मुद्दा भएकाले मोक्तानविरुद्धको जाहेरी फिर्ता गर्न मानेको छैन । प्रहरीका अनुसार पीडित महिलाको श्रीमानको केही वर्षअघि सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो । त्यसपछि उनको जीवनमा मोक्तान आएका रहेछन् । फिल्म डाइरेक्टर भन्दै पीडित युवतीसँग नजिकिएका उनले कहिले फिल्ममा रोल दिने त कहिले दक्षिण कोरिया पठाइदिने भन्दै प्रलोभनमा परे । हिमहिच बढ्दै गएपछि उनीहरु झण्डै २ वर्षदेखि लिभिङ टुगेदरमा बसेको पाइएको छ । बलात्कारका ‘शङ्कास्पद’ घटना सामान्यता कुनै पनि महिलाले आफू बलात्कृत भएको भनेर झुटो दाबी गर्न सक्दिनन् । बलात्कार आफैंमा जघन्य अपराध हो र बलात्कृत भएपछि पनि उसले सहजै न्याय पाउँदैनन् । अहिले पनि कयौं चेली आफ्नो अस्मिता लुट्नेमाथि कारबाही होस् भनेर न्यायलय धाइहेका छन्, न्यायको पर्खाइमा छन् । कतिले त ज्यान नै गुमाएका छन् । साथै, समाजले उल्टै उनीहरुलाई राम्रो व्यवहार गर्दैन । तर, कतिपय यस्ता घटना पनि भेटिएका छन्, जसले जघन्य अपराधको विषयलाई हल्काफुल्का बनाउने गरेको छ । करिब ८ महिना अघि पनि यस्तै भएको थियो । न्यूरोड क्षेत्रमा ट्राभल एजेन्सी सञ्चालन गरिरहेका एक भारतीय नागरिकले आफूलाई बलात्कार गरकोे भन्दै २० वर्षीय युवतीले प्रहरीमा जाहेरी दिइन् । बलात्कारको आरोप लागेपछि भारतीय नागरिक फरार भए । तर, अनुसन्धानको क्रममा खुल्यो, युवतीले तलब नबढाएको झोँकमा बलात्कारको जाहेरी दिएकी रहिछिन् । टिकट बेच्ने काम गर्दै आएकी उनले महिनाको १२ हजार पाउने गरेकी थिइन् । उनले साहुसँग २० हजार रुपैयाँ माग गरिन् । तर, तलब नबढाएपछि उनले बलात्कारको मुद्दा हालेको प्रहरी अनुसन्धानबाट खुल्यो । ‘बलात्कार गरेको हो होइन भन्ने कुराको वैज्ञानिक परीक्षण गर्ने उपकरणको पनि अभाव छ’, एक प्रहरी अधिकारी भन्छन्, ‘कस्तो अवस्थामा बलात्कार भन्ने ? छुट्टाउने स्पष्ट आधार के के हुन् ? कतिपय घटनामा युवतीलाई घाउ, चोट लागेको, भाग्नलाई गरेको संघर्ष लगायत देखिने एउटा पनि प्रमाण हुँदैन ।’ यसले जाहेरीकै भरमा तुरुन्तै अभियोग लगाउँदा निर्दोष समेत पर्न सक्ने देखिएको छ भने अनुसन्धान पुरा गरेर मात्र पक्राउ गर्दा अभियुक्त भाग्ने र बास्तविक पीडितले लामो समयसम्म न्याय नपाउने अवस्था आउन आउन सक्छ । ‘पछिल्लो समय पार्टनरसीपमा काम गर्ने र शारीरिक सम्बन्ध पनि राख्ने, तर, सम्बन्ध टुटेपछि प्रहरीमा जाहेरी हाल्ने किसिमका घटना पनि देखिएका छन्’, एक प्रहरी निरीक्षक भन्छन्, ‘लामो समयसम्म अफेयरमा बसेर केटाले अर्की केटीलाई विहे गर्दा पनि बलात्कारको अभियोग लगाइएको घटनासम्म प्रहरी कहाँ आएका छन् ।’ अधिवक्ता टीपी शर्मा पनि यस्तो घटना हुने गरेको स्वीकार गर्छन् । ‘सुरुमा समस्या होला भनेर हेर्छौ तर, पछि अर्कै अवस्था भेटिन्छ’, उनले भने, ‘यसले महिलाले पाएको अधिकार मिसयूज मात्र भएको छैन, कुनै न कुनै रुपमा वास्तविक पीडितले पाउने न्यायमा ढिलाई पनि गरेको छ ।’ काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल भने महिलाले आफू बलात्कृत भएको भन्दै उजुरी दिएपछि मुद्दा चलाइने बताउँछन् । ‘केही समयसँगै जीवन विताएर सम्बन्ध विग्रिँदा प्रहरी समक्ष उजुरी पर्ने गरेको पनि पाइन्छ’, पोखरेल भन्छन्, ‘तर, पीडितले आफू बलात्कृत भएको भनेर उजुरी दिएपछि सरकारीवादी मुद्दा पनि हो, प्रहरीले मुद्दा चलाउँछ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies