Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

चलचित्र ‘कृ’ को गीतले आरजेको चर्चा चुलियो

\"\"भीमदत्तनगर । म राजा बन्थे तिम्रो, तिमी मेरो रानी, यतियति पानी, गंगा रानी, बालुवाको महल हुन्थ्यो, ढुंगाको छोरा–छोरी हामी जोडी भए, जिस्काउँथे मोरा–मोरी साथीभाइ जम्मा पार्ने सधैँ काम मेरै हुन्थ्यो, तिम्रो हात पल्टाई हेरे नाम मेरै हुन्थ्यो, सबले जिस्काउँदा नामले मेरो रुन्थ्यौँ जानी–जानी, यति यति पानी गंगा रानी ।।। नेपाली सांगीतिक क्षेत्रमा चलचित्र ‘कृ’ को यो गीतले पाएको चर्चासँगै मिस्टर आरजे ९राजेन्द्र भट्ट० पनि चर्चामा छन् । युट्युबमा ८७ लाखभन्दा बढी पटक हेरिएको चलचित्र ‘कृ’को यो गीतमा मिस्टर आरजेले शब्द, संगीतसँगै ¥याप दिएका थिए । गीतकै कारण पनि उक्त चलचित्र पछिल्लो समय बढी चर्चामा रहेपछि आरजेको समेत सांगीतिक क्षेत्रमा माग बढेको छ । यो सँगै उनको एकाएक चर्चा चुलिएको छ । यसअघि पनि थुप्रै म्युजिक भिडियो र चलचित्रका धेरै गीतमा शब्द, संगीत र ¥याप दिइसकेका भएका आरजे यतिबेला प्रदेश नं ७ मा भइरहेका विभिन्न मेला, महोत्सवमा माहोल तताइरहेका छन् । ‘यतियति पानी बोलको गीत यति धेरै चर्चामा आउला भन्ने सोचेको थिएन’, कञ्चनपुरको दोधारा–चादँनी घर भएका मिस्टर आरजेले भने, ‘मैले दोधारा–चाँदनीमा बिताएको बाल्यकाल सम्झेर गीत लेखेको हुँ ।’ प्रेम र द्वन्द्वमा आधारित चलचिल ‘कृ’मा उक्त गीत आउनुअघि बजारमा आएको ‘कम्मरको ट्याटुले’का कारण आरजे चर्चामा आइसकेका थिए । उक्त गीतमा ‘बाबा’को भूमिकामा देखिनुभएका आरजेलाई पछिल्लो समय दर्शकले ‘आरजेबाबा’ भनेर सम्बोधन गर्ने गरेका छन् । ‘कम्मरको ट्याटुले’ बोलको गीत युट्युबमा छोटो समयमै ४० लाखभन्दा बढीले हेरिसकेका छन् । विसं २०६७ देखि कलाकारिता क्षेत्रमा संलग्न हुनुभएका आरजेले केही समय महेन्द्रनगरमा रेडियो पत्रकारितासमेत गर्नुभएको थियो । काठमाडौँ बसाइ बनाएपछि ‘श्रीसंगीत पाठशाला’मा संगीतको ज्ञान आर्जन गर्न पुगेका आरजे अझै संगीत सिकिरहेको बताउँछन् । ‘भर्खरै १० वटा म्युजिक भिडियोको काम सकेर आए’, उनले भने, ‘सुदूरपश्चिमको मौलिक भाकालाई पनि आधुनिक लोक पपमा समेट्दा प्रदेश नं ७ मा मेरो बढी बोलावट हुन थाल्यो ।’ गिती एल्बम ‘राश’मा शब्द संगीत दिएर यस क्षेत्रमा प्रवेश गरेका आरजे गुगल र युट्युबमा हेर्दै ¥याप सिकेको बताउँछन् । ‘पहिलेकोे ¥यापमा नाच्न सकिने खालका धेरै कम गीत थिए’ उनले भने, ‘नाच्न सक्ने टे«ण्डका ¥याप गीत हामीले नै बजारमा पस्केका हौँ ।’ नेपाली सांगीतिक क्षेत्रमा चल्तीका अधिकांश कलाकारसित काम गरिसकेका आरजे अनुबन्धित पाँचवटा चलचित्रको काम सकेर अझै नौलो सांगीतिक प्रस्तुति बजारमा ल्याउने तयारीमा छन् । हालसम्म देशभरका करीब दुई हजार ५०० भन्दा बढी मेला÷महोत्सवमा स्टेज कार्यक्रम गरिसक्नुभएका आरजे जनचाहनाअनुसार गीत बनाउँदै जाने बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies