Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

सिरियाको गुटामा मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

\"\"सिरिया । सिरियाको पूर्वी गुटामा गत २० दिनयता जाारी रहेको हवाई कारबाहीमा परी एक हजारभन्दा बढी सर्वसाधारण नागरिक मारिएका छन् । विद्रोहीले नियन्त्रणमा लिएको भनिएका सहरमध्येको सबैभन्दा ठूलो सहर पूर्वीगुटामा सरकारी सुरक्षाकर्मीले विद्रोही विरुद्ध रक्षात्मक आक्रमण गरेका थिए । सरकारी सुरक्षा फौज सेनाको सहयोगका लागि गठन भएको यहाँको अर्धसैनिक बलले गत फेब्रुअरी १८ देखि पूर्वी गुटामा सैन्य अभियान चलाएका थिए । सो अभियान सुरुगरेयता आधाभन्दा बढी क्षेत्रलाई सरकारी सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएको पनि बताइएको समाचारमा उल्लेख छ । उक्त क्षेत्रका थोरै ठाउँको दरले सबैलाई आफ्नो नियन्त्रणमा लिँदै जाने रणनीतिअनुसार उनीहरुले केही ठाउँ अहिले नियन्त्रणमा लिएका हुन् । सरकारी सैन्य बलले शनिबार गुटाको मुख्य ठाउँ डौमालाई सफलतापूर्वक विद्रोहीबाट मुक्त गरेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स्ले जनाएको छ । शनिबार मात्रै डौमामा कम्तीमा २० जना मारिएका छन् । मारिनेमध्ये चारजना बालबालिका पनि रहेका छन् । त्यसैगरी अर्को ठाउँमा अरु १७ जना मारिएको पनि अनुगमनकर्ताले जनाएका छन् । पूर्वीगुटा क्षेत्रमा अहिलेसम्म मारिनेको संख्या एक हजार ३१ पुगेको छ । मारिनेमध्ये २१९ जना बालबालिका रहेका छन् । आक्रमणमा परी चार हजार ३४० भन्दाबढी मानिस घाइते भएको अनुगमनकर्ताले जानकारी दिएको पनि आइतबार प्राप्त पछिल्लो समाचारमा उल्लेख गरिएको छ । उता सो क्षेत्रमा राष्ट्रसंघीय सहायताकर्मीले निकै प्रयास गरेको भए पनि सहायता वितरण गर्न अझै सकेका छैनन् । उनीहरुले शनिबारका लागि गरेको प्रयास पनि आंशिकरुपमा मात्र सफल भएको छ । सहायता सामग्री बोकेका केही ट्रक डौमा क्षेत्रमा पुगेको भएपनि उनीहरुले निर्वाधरुपमा वितरण गर्न भने सकेका छैनन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies