Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

लेनिनको शालिक ढालिएपछि महात्मा गान्धीको शालिकमाथि आक्रमण

\"\"नयाँदिल्ली । भारतको त्रिपुरा प्रदेशमा कम्यूनिस्ट पार्टी पदच्यूत भएर भारतीय जनता पार्टी ९भाजपा० विजयी भएपछि लेनिनको शालिक ढालियो । जसबाट कम्यूनिस्ट समर्थक सर्वसाधारण आक्रोशित भए । त्यसपछि भारतमा ‘शालिक युद्ध’ नै चलेको छ । भारतीय राजनैतिक व्यक्तित्वका शालिकहरु आक्रमणको चपेटामा परेका छन् । पछिल्लो पटक भारतमा राष्ट्रपिता मानिने माहात्मा गान्धीको शालिकमाथि आक्रमण भएको छ । दक्षिणी राज्य केरलामा गान्धीको शालिक आक्रमणमा परेको हो । केही युवाले शालिकमाथि ढुंगा प्रहार गरेर शालिकको चस्मा फुटाइदिइएका छन् । आक्रमणको शुरुवात भारतको उत्तरपुर्वी राज्य त्रिपुराको प्रदेश चुनावमा भाजपाको विजयपछि लेनिनको शालिक ढालेर शालिकको टाउको फुटबल खेलेको खबर आएपछि भएको हो । सो चुनावी परिणामले २५ वर्षीय कम्युनिष्ट शासनको अन्त्य गरेको थियो । त्यसपछि भाजपाका प्रतिद्वन्द्वीले अरु शालिकमाथि आक्रमण गर्न थाले । यसमा हिन्दु राष्ट्रवादी श्यामा प्रसाद मुखर्जी, दलित नेता अम्बेडकरको शालिक आक्रमणको शिकार भए । यसपछि भारतभर थप शालिक हमला हुन थालेका छन् । गान्धीको शालिकमाथि आक्रमणमा भने राजनैतिक दलहरु एकअर्कोलाई आरोप लगाइरहेका छन् । विगतमा यस्ता विवादलाई वेवास्ता गर्ने गरेको आरोप लाग्ने गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शालिक माथिको हमला तत्काल रोक्न निर्देशन दिएका छन् । भारतीय पत्रिकाहरुले भाजपाका राष्ट्रिय अध्यक्ष तथा मोदीका दाहिने हात मानिने अमित शाहले आफ्नो पार्टीको स्थानीय नेतालाई पार्टीका उग्रकार्यकर्तामाथि निगरानी राख्न माग गरेको रिपोर्ट दिएका छन् । ‘पछिल्लो समय भइरहेको शालिकमाथिको हमला निक्कै दुभाग्यपूर्ण रहेको छ । हाम्रो पार्टी कसैको पनि शालिक ढाल्ने कुराको समर्थन गर्दैन,’ शाहले भने । शाहले यसो भने पनि विपक्षी पार्टीहरुले स्थानीय भाजपाका कार्यकर्ताहरुले ‘शालिक युद्ध’ सुरु गरेको आरोप लगाउँछन् । मोदीको अपार लोकप्रियता र भाजपाको सफल चुनाव रणनीतिले गर्दा भाजपाले हाल भारतका २९ राज्यमध्ये २१ राज्यमा सरकार बनाउन सफल भएको छ । सन् २०१४ मा केन्द्रिय सत्तामा आउनुअघि उसको ७ राज्यमा मात्र सरकार थियो । लेनिनको शालिक ढालिएको केही घण्टा दक्षिणपन्थीहरुले सो घटनालाई न्यायोचीत ठहर्याउने प्रयासमा लागे । भाजपा नेता शुब्रमन्नियम स्वामीले रुसी नेतालाई आतंकवादीको आरोप लगाए । ‘यस्तो मान्छेको शालिक हाम्रो देशमा हुनु सही हो रु’ उनले प्रश्न गरेका थिए । तर, केही समयमै तनाव त्रिपुराबाहिर विस्तार भयो । कलकत्तामा विपक्षी समर्थकहरुले श्याम प्रसाद मुर्खजीको अर्धशालिकको अनुहार बिगारिदिए । १९५१ मा तत्कालीन कङ्ग्रेस सरकार छाडेर नयाँ पार्टी खोलेका मुर्खजीको सोही पार्टी कालान्तरमा भाजपामा विकसित भएको थियो । उनी हिन्दू राष्ट्रवादीमाझ लोकप्रिय मानिन्छन् । त्यसको केही पछि उत्तर प्रदेशको मिरुतमा दलित नेता अम्बेडरको शालिक भत्काइयो । आफ्ना नायकको मुर्तिमाथि भएको हमलाको विरोधमा स्थानीय दलितले सडक बन्द गराए । प्रशासनले अम्बेडकरको शालिक पुनस्र्थापना गर्ने प्रण गरेपछि मात्र बन्द फिर्ता भएको थियो । उग्र हिन्दू राष्ट्रवाद ब्राण्ड बोकेको भाजपाको विजयको लहरले भारतमा धार्मिक र जातीय अल्पसङ्ख्यकमाथि घृणाको आक्रमण बढेको आलोचकको भनाई रहेको छ । आलोचकहरुले ‘शालिक युद्ध’लाई भारतमा बढेको असहिष्णुताको अर्को उदाहरण बताएका छन् । विपक्षी त्रिणमुल कङ्ग्रेसका नेता डेरेक ओब्रायनले भने, ‘यो अत्यन्त लज्जास्पद कुरा हो । हामी पनि लेनिनको दर्शनलाई समर्थन गर्दैनौँ तर, लडाईं राजनैतिक मैदानमा हुनुपर्छ ।’ एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies