Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

उत्तर कोरियाबारे जान्नैपर्ने ९ बिषय

[caption id=\"attachment_156611\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption]

उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाले एक अर्कालाई चेतावनी दिइरहँदा उत्तर कोरीयाका जनताले दुई देशबीच चलिरहेको वाकयुद्धलाई कसरी हेरिरहेका छन् भन्ने खासै जानकारी छैन।

किनभने किम जङ-अनले उनको जनतामाथि कडा पकड कायम गरेका छन् र सावधानीका साथ उत्तर कोरियाली जनताको बाहिरी संसारसँग हुने पहुँचमा नियन्त्रण गरेका छन्। उत्तर कोरियालाई प्रायः एक्लिएको र २१औं शताब्दीसँग मेल नखाने भनिन्छ। उत्तर कोरियासँग सम्बन्धित तथ्याङ्क पाउन गाह्रो छ र कतिपय त अनुमानमा पनि आधारित हुन्छन्। तर यी सबले हामीलाई उत्तर कोरियाको जीवन बारे के भन्न सक्छ्न् त? पारिवारिक वंश र प्रजातन्त्र किम इल-सङले सन् १९४८ मा प्रभावकारितका साथ उत्तर कोरियाको स्थापना गरेका थिए र त्यससँगै बुवाबाट छोरामा सत्ता हस्तान्तरण हुने गरी परिवारिक वंशको आधारमा हुने शासनव्यवस्था पनि शुरुवात गरे। यही अवधिमा दक्षिण कोरियाले ६ वटा गणतान्त्रिक शासन, एउटा क्रान्ति, केही \'कू\' लगायत संक्रमणकाल पार गर्दै स्वतन्त्र र निष्पक्ष चुनावसम्म आइपुग्यो । दक्षिण कोरियामा हालसम्म १२ जना राष्ट्रपतिले १९ वटा कार्यकालको शासन गरे । \"\"

मुश्किलले कोहीसँग मोबाइल छ

सन् २०१५ को तथ्याङ्क अनुसार, उत्तर कोरियामा ३० लाख र दक्षिण कोरियामा ५ करोड ८९ लाख मोबाइल ग्राहक छन्। ३० लाख मोबाइल फोन भनेको धेरै जस्तो देखिन सक्छ। तर २ करोड ५० लाख जनसंख्या भएको देशमा यो हरेक १० जनामा एक जनासँग मोबाइल फोन भएको जस्तो हो। मोबाइलको अधिकांश प्रयोगकर्ताहरु राजधानी प्योङयाङमै केन्द्रित छन्। उत्तर कोरियाको मोबाइल बजार सीमित छ तर बढ्दो छ। कर्योलिङ्क त्यहाँको एकमात्र नेटवर्क हो। शुरुमा इजिप्सियन टेलिफोन कम्पनी ओरास्क्रमसँगको साझेदारीमा यो स्थापना भएको थियो र लामो समयसम्म यो त्यहाँको एकमात्र विकल्प थियो। तर सन् २०१५ मा ओरास्क्रमले उत्तर कोरियाले बेयोल नामको प्रतिद्वन्द्वी नेटवर्क बनाउन लागेको पत्ता लगायो। र, लगानीकर्ताहरुलाई उसले ३० लाख ग्राहकमाथिको नियन्त्रण गुमाएको खुलासा गर्न बाध्य भयो। ग्राहकहरुको संख्यामा शंका गर्न सक्ने कारण भने छ। जन्स हप्किन्स् विश्वविद्यालयस्थित अमेरिका-कोरिया संस्थाले गरेको एक अध्ययनले उत्तर कोरियालीहरुले समय थप्नुभन्दा नयाँ ग्राहक बन्नु फाइदाजनक हुने हिसाब निकालेका कारण पनि मोबाइल प्रयोग गर्नेको संख्या बढेको हुनसक्ने देखाएको छ। मोबाइलको कमीबाहेक धेरै उत्तर कोरियालीहरुलाई राष्ट्रको \'निजी इन्टरनेट\' मात्र प्रयोग गर्ने अनुमति दिइएको छ। यो देशको निजी इन्टरनेट सेवालाई प्रभावकारी रुपमा राष्ट्रव्यापी रुपमा संचालित सीमित स्थानीय नेटवर्कमा मात्र काम गर्न सक्ने इन्ट्रानेट हो। सन् २०१६को एक प्रतिवेदनका अनुसार उत्तर कोरियामा जम्मा २८ वटा डोमेन दर्ता भएका छन्। उत्तर कोरियाका मानिस दक्षिणभन्दा होचा छन् यो शहरतिरको कल्पितकथा जस्तो सुनिन सक्छ तर केही अध्ययनहरुले उत्तर कोरियाका पुरुषहरु औसतमा दक्षिणका भन्दा होचो हुने सुझाएका छन्। सोलस्थित सुङकुन्वाङ विश्वविद्यालयका प्राध्यापक ड्यानियल स्वेचवेकेनडिएकले उत्तर कोरियाली शरराणर्थीहरुले दक्षिण कोरियाको सीमा पार गर्दा उनीहरुको उचाइको अध्ययन गरेका थिए। दुई कोरियाली मुलुकका पुरुषहरुको उचाइ औसतमा ३-८ सेन्टिमिटरको फरक रहेको पत्ता लगाएका थिए। उनी उचाइमा भिन्नताको कारण वंशाणुगत हुन नसक्ने बताउँछन् किनकि दुवै जनसंख्या एकै हुन्। खाद्यान्नको अभावका कारण नै सामान्यतयाः उत्तर कोरियालीहरु होचो हुनुको प्रमुख कारण रहेको मानिन्छ।

उत्तर कोरियाका सडक खराब छन्

उत्तर कोरियाबाट देखाइने दृश्यहरुमा राजधानी प्योङयाङका सडकहरु चिल्ला र फराकिला हुने गर्छन्। र त्यी सडक सवारीसाधनले टनाटन भरिएका पनि हुँदैनन्। तर शहर बाहिरको कथा अर्कै छ। सन् २००६ को आँकडाअनुसार उत्तर कोरियासँग करिब २५,५५४ किलोमिटर लामो सडक छ। तर त्यसमध्ये जम्मा ३ प्रतिशतमा मात्र कालोपत्रे गरिएका छन्। त्यस्तै हरेक हजार उत्तर कोरियालीमध्ये केवल ११ जनाको मात्र मोटरको स्वामित्व छ भन्ने अनुमान गरिएको छ। यसको मतलब बस चढ्ने स्थानहरुमा यात्रुको लामो लाम हुने गर्दछ। कोइला: उत्तरको प्रमुख आर्थिक आधार उत्तर कोरिया उसको अर्थतन्त्र डुब्नबाट बचाउनका लागि कोइला निर्यातमै भर पर्छ तर यसको सही मापन गर्न गाह्रो छ, किनभने यसको तथ्याङ्क कोइला आयात गर्ने राष्ट्रहरुबाट प्राप्त हुन्छ। उत्तर कोरियाबाट धेरै कोइला चीन निर्यात हुन्छ, जसले सन् २०१७ फ्रेबुअरीदेखि उत्तर कोरियाबाट हुने आयात प्रतिबन्ध गर्‍यो। यद्यपि केही विश्लेषकहरुले प्रतिबन्धको प्रकृतिमा प्रश्न गरेका छन्। प्रिन्सटन इन्स्टिच्युट फर इन्टरन्यासनल इकोनोमिक्सका अध्ययन विश्लेषक केन्ट बोइडस्टन भन्छन्, \"प्रतिबन्धपछि पनि उत्तर कोरियाली पानी जहाजहरु चीन बन्दरगाहको कोइला टर्मिनलमा रोकिएको देख्ने मानिसहरु छन्। म ठान्दछु चीनले कोइला आयात रोकेको छ तर पूर्ण रुपमा भने होइन,\" ,

तर दुवै कोरियालीहरु योभन्दा धेरै मेल खाने गर्दथे

सन् १९७३ सम्म सम्पत्तिको आधारमा उत्तर र दक्षिण कोरिया निकै समान थिए। त्यस यता दक्षिण कोरियाले ठूलै छलाङ् मार्‍यो र अहिले प्रमुख ‌औद्योगिक उत्पादक बनेको छ। स्यामसङ र ह्युन्डे जस्ता उसका कम्पनी विश्वब्रान्ड बनेका छन्। उत्तर कोरिया सन् १९८०को दशकदेखि स्थिर रह्यो जब ऊ कठोरताका साथ राज्यद्वारा संचालित प्रणालीमा अड्कियो।

सैन्य शक्ति

जनसंख्याको आधारमा उत्तर कोरिया ५२औं ठूलो देश हो र ऊसँग विश्वकै चोथौ ठूलो सैनिक भएको ठानिन्छ। उत्तर कोरियामा सैनिकमाथि राज्यको कुल गार्ह्रस्थ उत्पादनको २५ प्रतिशत खर्च हुने गरेको अनुमान गरिएको छ। र हरेक उत्तर कोरियाली पुरुषले कुनै न कुनै किसिमको सैन्य प्रशिक्षण गरेकै हुन्छ। दक्षिण कोरियालीहरु बढी बाँच्दछन्
सन् १९९० ताका भएका श्रृङखलाबद्भ भोकमरीका कारण उत्तर कोरियालीहरुको ‍औसत आयु स्वात्तै घट्यो। तर यो कारण बाहेक पनि उत्तर कोरियालीहरुको औसत आयु करिब १२ वर्ष कम छ। उत्तर कोरियामा खाद्यान्नको अभाव छ र दक्षिण कोरियालीहरु उनीहरु भन्दा बढी बाँच्नुको पछाडिका अन्य थुप्रै कारणहरु मध्यै यो पनि एक हो। ....तर उत्तर कोरियालीहरुले धेरै बच्चा जन्माउँछन् सन् २०१७ मा दक्षिण कोरियाको जन्मदर अहिलेसम्मकै सबैभन्दा कम थियो। दशकयता उसले घट्दो जन्मदर बढाउन संघर्ष गरिरहेको छ। बच्चाले पाउने सुविधा, बच्चाको जन्मपछि बाबुआमाले पाउने बिदा लगायतका अन्य सुविधा र बाँझोपनको उपचारका लागि दक्षिण कोरियाले करिब ७० अर्ब अमेरिकी डलर खर्च गरिसकेको छ। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies