Khabar Dabali Logo
  March 30, Mon

नियान्डर्थल मानव पनि कलाकार थिए, यस्तो छ ६४ हजार बर्ष पूरानो तस्विर

माल्ट्राभिएसो गुफामा नियान्डर्थल मानवको हत्केलाका छाप

उनीहरू निर्मम थिए भन्ने परम्परागत मान्यताविपरीत नियान्डर्थल मानवहरू कलाकार भएको सङ्केत प्राप्त भएको छ । ‘साइन्स’ जर्नलमा प्रकाशित एउटा शोधका अनुसार आधुनिक मानव युरोपमा पुग्नुभन्दा २०,००० वर्षअगाडि नै ती आदिमानवले स्पेनका गुफाहरूमा चित्र कोरेका थिए ।

उनीहरूले रङ्ग्याइएका सिपीहरू गहनाका रूपमा प्रयोग गरेको हुनसक्ने देखिएको छ ।

कला ‘होमो सेपिएन्स्’ अर्थात् आधुनिक मानव प्रजातिको विशेषता हो भन्ने पुरानो मान्यता थियो ।

गुफामा पाइएका चित्रहरूमा नियान्डर्थल मानवका हत्केलाका छाप, ज्यामितीय आकृतिहरू र राता वृत्तहरू छन् । ती चित्रहरू ७०० किलोमिटरभित्र रहेका ला पासिएगा, माल्ट्राभिएसो र आर्दालसमा पाइएका हुन् ।

ला पासिएगामा भेटिएको भर्‍याङजस्तो देखिने यो चित्र ६४,००० वर्ष पुरानो हो

शोधकर्ताहरूले ‘युरेनिअम-थोरिअम डेटिङ’ विधि प्रयोग गरेर ती चित्रहरू बनाइएको समय निर्धारण गरेका हुन् ।

यो विधिले चित्रमाथि बनेका खनिज पदार्थको पत्रमा रेडिओधर्मी क्षयपश्चात् बाँकी रहेको युरेनिअमको मात्रा मापन गरिएको थियो ।

यसो गर्दा ती गुफा चित्र कम्तीमा ६५,००० वर्ष पुराना भएको निष्कर्ष निस्कियो। आधुनिक मानवहरू भने युरोपमा लगभग ४५,००० वर्षअगाडि मात्र पुगेका हुन् ।

यसको अर्थ के हुन्छ भने ती पुरापाषाणयुगीन कला आधुनिक मानवको नातेदार नियान्डर्थल आदिमानवहरूले बनाएका हुन् ।

त्यति बेला उनीहरू मात्रै युरोपमा बस्दथे ।

तर शोधकर्ताहरूले ती आदिमानवहरूले बनाएका कलामा अमूर्त अभिव्यक्ति मात्र भेटेका छन् ।

उक्त शोधका सहलेखक एवम् साउथह्याम्पटन विश्वविद्यालयका प्राध्यापक आलिस्टर पाइकले भने, ‘उन्नाइसौँ शताब्दीमा उनीहरूको जीवावशेष पहिलोचाटि भेटिएदेखि नै नियान्डर्थलहरूलाई क्रूर र असभ्य, कलाहीन र सङ्केत गर्न असक्षम भनेर चित्रित गरिएको थियो। र यीमध्ये केही धारणा आज पनि कायम छन् ।’

‘नियान्डर्थलहरूको आचरण कत्तिको मानवको जस्तै थियो भन्ने विषयमा गम्भीर बहस भएको छ। हाम्रो शोधको निष्कर्षले त्यो बहसमा महत्त्वपूर्ण योगदान पुर्‍याउने छ ।’

जिब्रल्टरमा सन् २०१४ मा भेटिएको भित्तामा खोपिएको आकृति पनि नियान्डर्थलले बनाएको विश्वास गरिन्छ

यो शोधमा संलग्न नभएका लन्डनको न्याचुरल हिस्ट्री म्युजिअमका प्राध्यापक क्रिस स्ट्रिङ्गरका अनुसार नियान्डर्थलले बनाएका भन्ठानिएका सङ्केतबारे पहिला गरिएका केही टिप्पणीहरूमा समयबारे अन्योल थियो ।

अथवा ती नियान्डर्थल र आधुनिक मानवको सहअस्तित्व भएको समय अर्थात् ४०-६० हजार वर्षअगाडिका थिए ।

‘अर्थात् ती सङ्केतहरूको श्रेय आधुनिक मानवलाई अथवा आधुनिक मानवको नियान्डर्थलमाथिको प्रभावलाई दिन सकिन्छ ।’

स्ट्रिङ्गरका अनुसार यो नयाँ शोधले नियान्डर्थल साङ्केतिक वा कलापूर्ण अभिव्यक्ति गर्न समर्थ थिए भन्ने स्पष्ट पार्छ ।

उनले भने, ‘नियान्डर्थल र हाम्रा आचरणमा हुने भन्ठानिएको अन्तर थप साँघुरिएको ।’

तर उनीहरूले बनाएको मानिस वा पशुहरू नै देखिने कुनै लाक्षणिक कलाको स्पष्ट उदाहरण नभएको भनेर तर्क भने गर्न सकिएला, उनले भने ।

प्रा पाइकले भने ‘अर्को महत्त्वपूर्ण प्रश्न के हो भने: के नियान्डर्थलहरूले लाक्षणिक कला बनाउँथे ? हामीले हत्केलाको छाप पायौँ, हामीले प्रशस्तै राता थोप्लाहरू पायौँ र हामीले यी रेखाहरू पायौँ । हामी उनीहरूले सिकार गर्ने पशुहरूको चित्र छ कि भनेर जान्न चाहन्छौँ ।’ बीबीसी

फागुन १३ गते, २०७४ - १०:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राहत बोकेर  विपन्न परिवारको घरघरमा राष्ट्रिय युवा संघ

राहत बोकेर विपन्न परिवारको घरघरमा राष्ट्रिय युवा संघ

विराटनगर । मोरङ पनिश्चरे नगरको वडा नं. १ का ३१७ विपन्न परिवारलाई राष्ट्रिय युवा संघको नगर कमिटिले खाद्यय...   

इटली र स्पेनलीको अवस्था नाजुक : एकैदिन १५ सय ७७ को मृत्यु

काठमाडौं । इटली र स्पेनमा आइतबार मात्रै १५ सय ७७ जनाको कोरोना भाइरसका कारण मृत्यु मृत्यु भएको छ । पछिल्लो...   

कोरोना अपडेट : संसारभर कहाँ के भयो ? सुचि हेर्नुहोस्

काठमाडौं । कोरोनाका कारण मृत्यु हुनेको संख्या ३४ हजार नजिक पुगेको छ । हालसम्म कोरोनाका कारण ३३ हजार...   
एकहप्ता लकडाउन थप्ने मन्त्रीपरिषदको निर्णय : बैशाख ३ सम्म हवाइसेवा बन्द

एकहप्ता लकडाउन थप्ने मन्त्रीपरिषदको निर्णय : बैशाख ३ सम्म हवाइसेवा बन्द

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको...   

‘लकडाउन’को समय थप्ने उच्चस्तरीय समितिको सिफारिश मन्त्रिपरिषदमा

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले...   
कोरोना अपडेटः संक्रमित र मृतकको संख्या बढ्दै, कहाँ कति ? (सूचिसहित)

कोरोना अपडेटः संक्रमित र मृतकको संख्या बढ्दै, कहाँ कति ? (सूचिसहित)

काठमाडौं । विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण संक्रमित र मृतकको संख्या...   
यी सामाग्री नेपाल आइपुग्यो : अब स्वास्थ्य सामाग्री अभाव नहुने

यी सामाग्री नेपाल आइपुग्यो : अब स्वास्थ्य सामाग्री अभाव नहुने

काठमाडौं । नेपाल सरकारले एक अर्बभन्दा बढीको अतिआवश्यक स्वास्थ्य सामाग्री तथा उपकरण खरीद गरेपछि अब...   

चीनबाट स्वास्थ्य सामाग्री बोकेर काठमाडौं आइपुग्यो नेपाली जहाज

काठमाडौं । हिजो शनिबार अतिआवश्यकीय सामाग्री लिन चीनको ग्वान्जाओ गएको नेपाली बोइङ् काठमाडौं आईपुगेको...   
बिना हल्लाखल्ला चिनियाँ सहयोग आज काठमाडौं आइपुग्दै

बिना हल्लाखल्ला चिनियाँ सहयोग आज काठमाडौं आइपुग्दै

काठमाडौं । चीन सरकारले नेपालका लागी अतिआवश्यक स्वास्थ्य समाग्री चीनको ग्वान्जाओबाट नेपालका लागी...   

अमेरिकापछि इटालीले पनि उछिन्यो चीनलाई

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्यामा इटालीले चीनलाई उछिनेको छ । वर्ल्डमिटर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top