Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

राज्यको हेराई नै गलत हुँदा ६ न. प्रदेश गरिव वन्न पुगेकाे हाे, अब सम्वृद्व बन्छ

\"\"पछाडी पारिएका वर्गको उन्नती र प्रगतीका लागि जेल ,नेल खानु पर्यो । आफ्ना काखमा रहेको नावालक सन्तालाई मायाको मुटुवाट अलग गराई देश र मुलकको मुक्तिको खातिर वन्दुक र वारुद्धसंग साईनो गाँस्दै मृत्यू संग नडराई निरन्तर आफ्नो कर्ममा जुट्यो उहि व्यक्तिसंग  विकास, संवृद्धीसंग जोडिएका योजनाका विषयमा साँसद सत्य पहाडीसंग गरिएकाे कुराकानी । आर्थिक सामाजिक दृष्टिकोणले कम्जोर र भौगलिक रुपमा विकट कर्णाली क्षेत्रकै नेतृ भएकाले तपाईसंग प्रदेश विकासका लागि के छ योजना ? राज्यको पुर्ण संरचनाको हिसावले ६ नम्वर प्रदेश कान्छो प्रदेशको रुपमा मानिन्छ । तै पनि राज्यको सम्पुर्ण आय स्रोत, प्रकृतिक स्रोत,जलस्रोत, जडीवुटी लगाएतका हिसावले हेर्दा ६ नम्वर प्रदेश धनि प्रदेश हो । प्रकृतिक स्रोत साधनले भरिपुर्ण प्रदेशको रुपमा मैल लिएको छु । हिजोको केन्द्रिकृत राज्य व्यवस्थाले कर्णालीलाई लगानी नगरेर मात्र पछि परेको भन्ने मेरो सोचाई हो । सवै भन्दा ठुलो कुरा यहाँको स्रोतहरु राम्रो छ । जडिवुटी,वनजंगल, खोला,नाला, आदिका कारण ६ नम्वर प्रदेश जलविद्युतको हर्व मानिन्छ । पर्यटकिय हिसावले हेर्दा ६ नम्वर प्रदेशमा रमणीय क्षेत्रहरु छन् । फोक्सुण्डो ताल ,राराताल, उत्तरमा चाईना संग सिमाना जोडिएको र प्रकृतिक रुपमा अत्यन्तै रमणीय छ । प्रकृतिक हिसाव र जलस्रोतको हिसावले ६ नम्वर प्रदेश हिरा फलाउने माटो रहेको यहि प्रदेश हो । हिरा फलाउने प्रदेश कहिले पनि गरिव हुँन सक्दैन्, राज्यको हेराई नै गलत हुँदा यो प्रदेश गरिव वन्न पुगेको हो । भेरी करिडोर मार्फत उत्तर ,दक्षिण जोड्ने काम हुँदै छ । हिल्सा हुँदै सुर्खेत अनि रोपैडिया र यहि मार्ग हुँदै डोल्पा दुनै हुदै मरिम्ला तिव्वत सम्म सडक लिन सकिने योजना कार्यान्वयन भईरहेको छ । भर्खरै मात्र अहिले तीन वटा राष्ट्रिय महत्वका योजना रुपमा हाईडोपावर काम भईरहेको छ । जस्तै जगदुला हाईडोपावर, कर्णाली १ हाईडोपावर ,नलगाड जलविद्युत लगाएतका महत्वुर्ण हाईडोपावर कार्यान्वयन हुँदै छन् । हुम्ला र डोल्पा पनि करिव ,करिव सडक सञ्जालले जोडिन थालिसकेको छ । भेरी करिडोर मार्फत छिन्चु ,जाजरकोट, डोल्पा हुँदै तिव्वत जोड्ने योजना तिव्र गतिमा भईरहेको छ । यो वर्ष भित्र डोल्पाको दुवै सम्म सडक पुग्छ । यार्सागुम्वा लगाएतका जडिवुटीलाई व्यवस्थित गर्न सकियो भने कर्णालीलाई संम्वृद्धी वनाउन सकिन्छ । त्यो व्यवस्थीत गर्ने योजना हामी संग छ । कति समय यो प्रदेशलाई केन्द्रले सहयोग गर्नु पर्छ ? मलाई लाग्छ , अहिले पनि कर्णालीवाट केन्द्रमा जम्म भएको राजस्व छ , त्यो हिसावले कर्णालीमा भएको लगानी केही होईन भन्ने लाग्छ । राज्यले हिजो राजतन्त्रात्मक समय देखि अहिले सम्म कर्णालीमा राज्यले गरेको लगानि हेर्दा देशको अन्य ठाउको एक वडामा गरेको जति पनि लगानी छैन् । ३० वर्ष सम्म केन्द्रले कर्णालीलाई सहयोग गरेमा पनि त्यो रिण केन्द्रले तिर्न सक्दैन भन्ने लाग्छ । तर यति भन्दा भन्दै पनि कर्णाली प्रदेशमा सहि रुपमा वजेट विनियोजन गरि लागु गर्न सकियो भने यहाँको संम्वुद्धी टाढा नभएको म देख्छु । मलाई लाग्छ कर्णालीको स्रोत ,साधनलाई सहि रुपमा प्रयोग गर्न सकियो भने केन्द्रले यो प्रदेशलाई हेरिरहनु पर्छ जस्तो लाग्छ । प्रदेशको विकासका लागि प्राथमिकता के के हुँन् ? हामी संग धेरै सपना थिए । देश परिवर्तन होस भन्ने थियो त्यो सपना पुरा भएको छ । जनयूद्ध,जनआन्दोलनले यो परिवर्तन भएको छ । व्यवस्था परिर्वतन भएको छ । राज्य पुर्ण संरचना भएको छ तर जनताको अवस्था परिर्वनत भएको छैन् ,त्यो जनताको अवस्था वदल्ने योजना छ मेरो । जव जनतामा मेरो देश, राष्ट्र मेरो हो भन्ने भावना आत्म देखि जागृत हुन्छ त्यो सम्भव छ । आपसी खिचातानीले गर्दा हामीले हाम्रो भन्न पाएका अवस्था रहेन ।  यो देशमा धेरै परिवर्तन भए तर जनतामा त्यो राजनीतिक परिर्वनतको महसुस हुँन सकेन , त्यो महसुस गराउन सक्नु सवै भन्दा ठुलो कुरा हो । किनकी यो देशमा राजनीतिक अस्थीरता छाईराख्यो , त्यो अवस्थाको अहिले अत्यन्त भएको छ । अव हामी जनताको माझमै स्थायी सरकारको महान सपनाको वीचमा छौँ । त्यो पुरा हुन्छ , यो मेरो प्रतिवद्धता हो । ६ मा प्रशस्त स्रोत हुँदा हुँदै राजनीति ईच्छा शक्तिका साथै दक्ष जनशक्तिको अभावमा ती स्रोतहरु उपभोग हुँन सकेको छैन उपभोग गर्ने रणनीति के ? यो भन्दा पहिले हामीले सोचेका जति काम गर्न सकेनौ , त्यसैले सुन्दर कर्णालीको विकास नभई देशको विकास हुँन सक्दैन । उत्पीडित वर्ग, लिङ्ग, जाती, राज्यको मुल प्रवाहमा आउँनु पर्छ । अनि मात्र सवैको अपनत्व हुन्छ भन्ने लागेरै हामीले त्यो अधिकार संविधानमा लेखाऔँ ।स्थानीय स्रोत साधन प्रयोग गरि स्थानीय समुदायको उन्नती गर्ने जो अभ्यास हामीले गरेका छौँ त्यो एउटा उपलव्धी हो । स्थानीय सत्तालाई जनताको आवश्यकता ढाल्ने काम भईरहेको छ । कृषि, उद्योग, पर्यटन विद्युतलाई प्रयोग गर्ने लगाएतका काम अगाडी वढाउने काम हुँने छन् ।  स्वास्थ्य ,शिक्षा , लगाएतका काम भईरहेका छन् । हाम्रो गाउँमै जडिवुटी मिसिएको मिर्नरल वाटरका मुलहरु छन् , त्यसलाई उपयोग गर्न सकियो भने हामी धनी वन्न सक्छौ । यस प्रदेशमा सव थोक छ त्यसलाई परिचालन गर्ने नीति र योजना चाहिएको हो त्यो वन्दै छ । हामी वनाउँदैछौँ । हामीलाई चाहिने खालको शिक्षाको विकास गरि अगाडी वढ्ने र त्यस्ता खालका विद्यालय खोल्ने काममा हाम्रो ध्यान केन्द्रित छ । देश भित्र रोजगारीको अवस्था नभएर विदेशिनु भएका दाजुभाई, दिदी ,वैनीलाई वोलाएर उहाँहरुलाई रोजगारी सिर्जना गरि देश विकास गर्ने खाका हामी वनाउँदैछौँ । क्षमता अनुसारको रोजगारी सिर्जना गरि अगाडी वढ्ने योजना छ । हुम्ला, मुगु र डोल्पामा भएका नाँकाहरु खोली चीनसंग व्यापारिक नाँका वनाउन केही सकिन्छ ? दुई देशलाई जोड्न सकिने महत्वपुर्ण भुभाग भनेको ६ नम्वर प्रदेश नै हो । रणनीतिक सडक भेरी करिडोरलाई चाइना संग जोड्ने काम हुँन्छ । दाङ ,सल्यान,जाजरकोट,जुम्ला,हुदै रारा र डोल्पा हुँदै चााइना जोड्ने काम सुरु हुँदै छ । त्रिवेणी सानीभेरीको किनार हुँदै नर्कु, सरर्मी ,काईगाउँ वाट फोकसुण्डो वाट तिव्वतको क्याटो जोड्ने योजना छ । हिल्सावाट तिव्वत सडक अनि सुर्खेत जोड्ने सडकको विकास हुँदै छ । विमानस्थलहरु सञ्चालन भएर नागरिकले सहज यात्रा कहिले गर्न पाउलान ? विकासका लागि विमानस्थल चाहिन्छ नै । भएका विमानस्थललाई स्तर उन्नती गर्ने विषेश योजना वनाइने छ । ठुला विमानस्थल निर्माणका लागि अनुगमण भईरहेको छ । कर्णालीको खाद्यान्न र स्वास्थ्य कुरा वढी उठ्छ यसको न्यूनिकरणका लागि केही योजना छ ? कतिपय कुरा भएका भन्दा नभएका कुरा वढी आएको जस्तो लाग्छ । स्वास्थ्य,शिक्षा, खानेपानि लगाएतका कुरामा केन्द्रले ध्यान दिन नसकेको साँचो हो । रुढीवादी परम्परालाई अन्त्य गरि जागरण ल्याउन जरुरी पनि छ । प्रदेश सरकारले योजना वनाई सहि रुपमा काम गरेमा सवै कुरा हल गर्न सकिन्छ । काठमाण्डौँको ठुला ठुला डिपार्टमेन्टमा कर्णालीकै खाद्यान्न विक्री भईरहेको हुन्छ । त्यो सवै लाई सहि रुपमा प्रयोग गर्न सकियो भने र सहि वितरण गर्न सकियो भने नतिजा पनि सहि आउँछ । हामी भन्दा जेठो अन्न खाएर हाम्रो प्रगति हुँदैन । प्रारम्भिक वाल विकासको अवस्था सुधारका लागि योजना राज्यले वनाउन सके हाम्रो स्वास्थ्य सोचेकै जस्तै हुन्छ । जीवनको प्रवाह नगरि जनमुक्तीको लागि हामी लडेका थियाैं। त्यसको फलस्वारुप हामीले परिवर्तन पाएका छौँ । संविधानमा मौलिक हक लेखिसकेपछि अव कार्यान्वनको दिशा तीर हामी गएका छौँ । ठाउँ ठाउँमा रहेका स्वास्थ्य संस्थाको स्तर उन्नतीको काम सुरु भएको छ । नयाँ ठाउँमा स्वास्थ्य संस्था थप्ने काम पनि सुरु भएको छ । अब जनताले सहजरूपमा सेवा पाँउने छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies