Khabar Dabali Logo
  April 8, Wed

७ बर्षिया छोरीको आमालार्इ प्रश्नः हाम्रो बाबा खोई ? आमाको जवाफः म अविवाहित हुँ छाेरी

सांकेतिक तस्वीर

मेरी ७ वर्षकी छोरी अन्य बच्चाझैँ खुशी र जिज्ञासु छिन् । उनी आफ्नो वरपरको दुनियाँ र आफ्नो जीवनलाई लिएर उत्सुक रहन्छिन् । तर प्रायः उनले एक प्रश्न सोध्नेगर्छे, ‘आमा, मेरो बुबा किन हुनुहुन्न ?’ मैले एक्लै बस्ने निर्णय गरेँ । म विवाहित होइन, यसकारण तिम्रो बुबा छैनन् भनेर उसलाई सधैँ सत्य बताउँदै आएँ ।’ तर यस उत्तरले उनी पूर्ण सन्तुष्ट छिन् भन्ने मलाई लाग्दैन ।

मैले छोरीलाई कोखमा लिएकी हुँ, त्यस परिवारमा आएर यो बच्चाको मन व्याकुल थियो, जहाँ आमा थिइन् तर बुबा थिएनन् ।
जब उनी पाँच वर्षकी भइन्, उनले एक दिन सोधिन्– ‘आमा, मलाई के भन्नुभएको थियो भने जब केटाकेटी ठूला हुन्छन्, विवाह गर्छन् र उनीहरूका छोराछोरी हुन्छन् । मेरी आमाको पनि कसैसँग विवाह भयो होला । जब मलाई जन्म दिने आमाका बारेमा थाह छैन भने त्यसरी नै जन्म दिने बुबाको बारेमा पनि केही थाह छैन । तर यो नभन्नुहोस् कि मेरो बुबा छैन ।’ म रोएँ । त्यो दिन मलाई थाह भयो, उसको प्रश्नमा मेरो प्रतिक्रियाले उसले के सोचि होलिन् । उनका लागि यो एक सजिलो तर्क थियो । पाँच वर्षकी एउटी बच्चीले आफ्नो प्रश्नको उत्तर खोजिन् ।
उनले मेरो स्पष्टीकरणलाई निरर्थक बनाइदिइन् । उनले आमा र मानिसका रूपमा सोच्न मलाई बाध्य पारिदियो, म उनलाई कसरी भरोसा दिइरहेकी छु ।  उनी भन्छिन् ‘आमा विवाह गर्नु…’

मैले सम्झाएँ, ‘म विवाह गर्न चाहँदिन भन्ने होइन । भोलि विवाह गर्न पनि सक्छु । तर त्यो समयमा मलाई यस्तो व्यक्ति मिलोस् जसले म र तिमीलाई बुझ्न सकोस् ।’ उनी ठूली भएपछि मसँग फेरि यही प्रश्न दोहोर्याउने छिन् । त्यो समयमा पनि मेरो जवाफ यही हुनेछ । एकल हुनु कुनै पनि तरिकाले कठिन हँुदैन । म आफ्नी छोरीसँग एक्ली आमाको जीवन खुशीले बाँचिरहेकी छु । म पुरुषलाई घृणा गर्दिनँ, उनीहरूको धेरै सम्मान गर्छु । मेरी छोरी पनि मबाट यही सिकिरहेकी छिन् ।

मैले विवाह किन गरिनँ र एक्लै बस्दा पनि मैले बच्चा किन अपनाउने निर्णय गरेँ जस्ता कुराको उत्तर सजिलो छैन । लगभग २० वर्ष पहिले मेरो विवाह गर्ने उमेर भएको थियो । प्रायजसो तथाकथित शिक्षित युवा पुरुषहरू बाहिरबाट म कस्ती देखिन्छु भनेर ध्यान दिन्थे । मेरो समुदायका मानिसहरू प्रायः व्यापार गर्छन् र त्यसकारण केटाहरू धेरै पढेलेखेका हुँदैनन् । मलाई यस्तो व्यक्ति चाहिएको थियो, जो राम्रो पढेलेखेको, नैतिक मूल्य मान्यता भएको होस् र मभित्रबाट जस्ती छु त्यही मन पराओस् ।

यो खोजले मलाई पनि थाह पाउने मौका दियो । म महाराष्ट्रको एक रुढीवादी ग्रामीण परिवारमा जन्मेर हुर्केकी हुँ । भारतका कैयौँ अन्य केटीहरूझैँ म पनि आफ्नै घरमा अस्तित्वहीन थिएँ । परिवारलाई मेरो यो सोचले केही फरक पर्दैन । मेरो बुबाले मलाई उच्च शिक्षा पढाए । यो कार्य त्यो समुदायमा असाधरण कुरा थियो । मैले राम्रो जागिर पनि पाएँ । म आत्मविश्वासले भरिएकी केटी हुँ । जसै जीवन अगाडि बढ्यो, मलाई के महसुस भयो भने म आफ्नो तरिकाले एक स्वतन्त्र जीवन बाँच्न चाहन्थेँ, अरूको मर्जीमा होइन ।

जुनसुकै व्यक्तिको जीवनमा विवाह गर्नु धेरै ठूलो निणर्य हो । त्यसमा केवल म र मेरो एक्लौटी निणर्य हुनुपर्छ । अरू कसैले मेरो जीवनको निर्णय नगरोस् ? मलाई के लाग्यो भने वास्तविक जीवनमा म एक व्यक्ति अथवा श्रीमानलाई जीवन साथीका रूपमा चाहँदिनँ । यसकारण म एक्लै बसँे । मेरा आमाबुबाले यसलाई स्विकारे ।

मैले आफ्नो कम्पनीको कर्पाेरेट सामाजिक उत्तरदायित्व कार्यक्रम मातहत अनाथ बच्चाहरूका लागि काम नगरेकी भए मेरो जीवनमा केही परिवर्तन हुँदैन थियो । पढाउने, खेलाउने र बच्चाहरूको साथमा समय बिताउँदा म खुशी हुन्छु । मलाई यस्तो गर्न अझ बढी मन लाग्छ । तर म के गर्न सक्छु, यसको पनि एक सीमा थियो र यसबाट टाढा बस्नु पनि मेरा लागि असह्य थियो । त्यही समयमा बच्चा अपनाउने सोचेकी थिएँ । तर यस उपायले मेरो अगाडि धेरैवटा प्रश्न उभ्यायो ।

यो बच्चाले परिवारसँग कसरी सम्बन्ध जोड्ला ? के म राम्रो एकल आमा बन्न सकौँला ? के म बच्चाको हेरचाह गरेर त्यसलाई एक्लै पाल्न सक्छु ? आफैलाई आफैले यी प्रश्न दुई वर्षसम्म सोधँे । मैले एउटी बच्ची अपनाउने निर्णय गर्दासम्म पनि अनिश्चित नै थिएँ । मैले लामो सास फेरँे र साथीहरूसँग कुरा गरेँ । ती मुद्दाहरू लेखेँ जसले मलाई साताइरहेका थिए ।

के यो सबै एकल आमा बन्ने जिम्मेवारीको महसुस थियो ? मलाई के महसुस भयो भने यसका लागि मेरा साथी र परिवारको समर्थन कतिको महत्वपूर्ण हुन्छ । मेरी ६ महिनाकी सुन्दर छोरी घरमा आएको दिन मेरा लागि चाडबाड जस्तो थियो । त्यो दिन करिब ५० जना उनको स्वागतका लागि उपस्थित थिए ।

उनी घर आएपछि मेरा सबै शङ्काहरू हटे । उनी घरकी प्यारी नातिनी बनिन र म एक आश्वस्त एकल आमा । साथै मैले आमाबुबाको घरबाट भिन्न बस्ने निर्णय गरँे । यसले हाम्रो नाता अझ मजबुत भयो । म यसको वास्तविक आमा होइन भन्ने मलाई कहिल्यै लागेन । उसको नसानसामा आफ्नो बुबाको बारेमा जान्ने जिज्ञासा हुँदाहँुदै मेरी छोरी मलाई धेरै माया गर्छिन् र मलाई भन्छिन्, तपाईं संसारभरीकी सबैभन्दा राम्री आमा हुनुहुन्छ । उनी मैले काम गरेको देखेर भन्छिन्– ‘अब तपाईं मेरो बुबा हो ।’ यो मेरा लागि बहुमूल्य कुरा हो ।

कोख मात्र लिएको एउटा बच्चको जीवन सहज हुँदैन र हामी दुवै ती कैयाँै र कहिले काहीँ अतिसंवेदनशील प्रश्नको उत्तर दिन सिक्दैछौँ, जसको उत्तर समाज हामीबाट चाहन्छ । कैयाँै मानिस मबाट मेरी छोरीको अतित जान्न चाहन्छन्, जुन बितिसकेको छ । किन यो प्रश्न यो सोध्छन् ? किन उसलाई यो प्रश्न सोध्ने ? यी सबै अप्ठ्यारा हुँदाहुँदै हाम्रो जीवन धेरै सरल छ, आनन्द र मायाले भरिएको छ । यी सबै कुराले मेरी बहिनी पनि प्रभावित भइन् र अहिले उनले पनि एक छोरी अपनाएकी छिन् ।

मेरी छोरी मेरो जीवनको अहम् हिस्सा बनिसकिन् । अब म बच्चा अपनाउने प्रक्रियाको बारेमा आमाबुबालाई सल्लाह दिन्छु । मेरी छोरी स्कुल जान मन पराउँदिनन्, यसकारण मैले उसको स्कुलको शिक्षा घरमा नै सुरु गरेकी छु । म उसलाई स्वयम् निर्णय लिनमा सहयोग गर्छु । मेरो बाल्यकालमा यस्तो मिलेन, जसका लागि धेरै महत्व छ । जब उनले स्कुल जान चाहन्छु भनेर मलाई भन्ने छिन, म उसलाई लिएर जानेछु । यो उसको आफ्नो पहिचान हो, जुन कुराले उसलाई कुशल बनाउने छ । जस्तो म छु । म एक्लो छुइन, म केवल एक्लै बस्न चाहन्छु । तर मेरी छोरीसँग हुँदा म सबैभन्दा बढी खुशी हुन्छु । बीबीसी

र, यो पनि

 

फागुन १० गते, २०७४ - १४:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना भाईरस सुरु भएको ठानिएको चीनको बुहान खुल्यो

कोरोना भाईरस सुरु भएको ठानिएको चीनको बुहान खुल्यो

काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) सुरु भएको चीनको शहर वुहान शहर खुलेको छ । यो शहर एक करोड १० लाख भन्दा...   
कस्तो छ आजको तपाईको भाग्य ? हेर्नुहोस् राशिफल !

कस्तो छ आजको तपाईको भाग्य ? हेर्नुहोस् राशिफल !

आज २६ चैत्र २०७६ बुधबारको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज आफन्तको प्रगतिमा मन रमाउनेछ ।...   

कोरोना अपडेट : अमेरिकामा एकैदिन १९ सय बढीको मृत्यु

काठमाडौं । विश्वमा महामारीको फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० का कारण अमेरिकामा मृत्यु हुनेको संख्या...   

प्रधानमन्त्री ओलीले ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा आज ११ बजे सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका...   
गाउँमा बैठक र प्रत्याक्रमण अभियान : लकडाउनमा मौकाको फाइदा उठाउँदै माओवादी

गाउँमा बैठक र प्रत्याक्रमण अभियान : लकडाउनमा मौकाको फाइदा उठाउँदै माओवादी

दन्तेवाडा । कोरोना महामारीका कारण सिङ्गो भारतमा लकडउान घोषणा गरिएपछि मानवीय जनजीवन ठप्प जस्तै बनेको...   

अपडेट : हेर्नुहोस् २०८ देशको अवस्था, कोरोनाको प्रभाव कहाँ कति ?

काठमाडौं । विश्वका २ सय ८ वटा मुलुकमा कोरोनाको संक्रमण फैलिएको छ । २ सय ८ वटै मुलुकमा गरेर १३ लाख ४६ हजार...   

‘फुर्सदिला’ बनेका मन्त्रिहरुलाई थप जिम्मेवारी –कसले के पाए ?

काठमाडौं । कोरोना भाईरसका कारण गत ११ गतेदेखि देश लकडाउन भएपछि ‘फुर्सदिला’ भएका मन्त्रिहरुलाई थप जिम्मेवारी...   
महाप्रसाद अधिकारी बने नयाँ गभर्नर

महाप्रसाद अधिकारी बने नयाँ गभर्नर

काठमाडौं । आज बसेको सरकारको मन्त्रिपरिषदको बैठकले महाप्रसाद अधिकारीलाई गभर्नरमा नियुक्त गरेको छ...   
एकहप्ता लकडाउन थप्ने सरकारको निर्णय

एकहप्ता लकडाउन थप्ने सरकारको निर्णय

काठमाडौं । आज अपरान्ह बसेको मन्त्रिपरिषदको बैठकले आगामी एकहप्ता लकडाउन थप्ने निर्णय गरेको छ । सरकारले...   

एप्पलले बनायो कोरोना विरुद्धको फेससिल्ड (कायकारी अधिकृतको भिडियो हेर्नुहास्)

काठमाडौं । नयाँ प्रोडक्ट ल्नच गर्ने तयारी गरिरहेका बहुचर्चित एप्पल कम्पनि र कुरिरहेका पाठकहरुलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top