Khabar Dabali Logo
  March 30, Mon

आदर्श, इमान्दार र संघर्षशील कर्णालीकी नेतृ सत्य पहाडी

उहिले देखिनै नेपालकाे राजनीति पैसा, शक्ति र पहुँचको आधारमा चल्दै अाएकाे छ । राजनीति फाेहाेरी खेल हाे भन्ने कथन नेपालकाे इतिहासमा नाैलाे भने हाेइन । विगत हाेस या वर्तमान राजनीतिलार्इ फाेहाेरी खेलबाट उमकन दिएका छैनन् नेपालका नेताहरूले । र यहि खेल खेलेर धेरै नेता बनेका छन् । पैसा र पहुँचकै आधारमा ठूल ठूला नेताले पगरि गुथेका छन् र पगरि गुथाइन्छ पनि । पहिले पहिले  जे भएपनि ६२/६३ साल पछिको राजनीतिलार्इ हेर्ने हाे भने यसको निरूत्साहित भन्दा पनि व्यापक प्रचार गरिएको छ ।

अाफ्नाे स्वार्थका लागि खुट्टा मालिस गर्ने देखि चाकडी गर्ने सम्मका हर्कतले पनि नेपाली राजनीतिमा व्यापक्ता पाएकाे छ । गुट, उपगुटकाे चंगुलबाट राजनीति पर रहन सकेकाे छैन । त्यहि भएर पनि हाेला नेपालकाे राजनीतिलार्इ फाेहाेरी खेल भनिएकाे । तर त्यहि फोहोरी भनिएको राजनीति भित्र सत्यता खोतल्ने हो भने केहि यस्ता इमान्दारिताका प्रतिक पनि भेटिएका छन् । दक्षिण एशियाको नेता, सार्कको सवै भन्दा ठूलो नेता, नेपालमा उहाँ भन्दा ठुलो नेता कोहि छैन जस्ता उपमा दिएर व्याख्या विश्लेषण गरिन्छ ।

सर्वहारा वर्गका महान नेता भनेर कहलिएकाहरुकाे व्यवहारलाइ हेर्दा  महान सामन्त र दलालका भन्दा तुच्छ देखिएका उदाहरण नेपालकाे राजनीतिमा अधिक छ । गरिब, निमुखा, मजदुर र किसानका नेताहरूलार्इ भेट्न सहज हुदैन । फाेन गरे कहिल्यै उठ्दैन । सर्वहाराका नेता सर्वहारा वर्गकाे पहुँच भन्दा टाढा हुनुकाे पछाडिकाे रहस्य के हाे त ? यहिबाट पनि बुझिन्छ ।

सर्वहारा वर्गका नेता भनेर कहलिएकाहरुकाे व्यहार किन सामन्तका भन्दा फरक हुदैन ? जसलार्इ सामन्त भनिएकाे हुन्छ उनिहरूलाइ भेट्न सहज हुन्छ । जनताका नेता भनेर चिनिएकाहरूको नत व्यवहार मिल्छ, नत लवाई खवाइ मिल्छ, नत व्यवहार नत सिद्धान्त नै मिल्छ । तीनीहरु नैअझ बडाे सिद्धान्तको व्याख्या गरिरहेका हुन्छन् ।

फोन गर्ने हो भने उठाउदैनन् । उठाईहाले पनि म मिटिङ्गमा छु भन्दै फोन काट्छन् । अनि यसो चियो गर्ने हो भने मिटिङ्गमा छु भनेका नेताहरु दोहोरी, वार, डिस्को र क्यासिनोमा भेटिन्छन् । तर त्यहि भित्र साना भनेर हेपिएका राजनैतिक कार्यकर्ता भने आर्दश, इमान्दार र क्षमतामा ठूला भनिएका नेताहरु भन्दा कैयाै गुणा राम्रा र व्यवहारिक छन्। जनताका पक्षमा वकालत र काम गर्ने तरिकामा भने तिनी कैयौ गुणा समाजसेवी हुन्छन् ।

त्यसै मध्येकी एक हुन्, सत्य पहाडी । कर्णालीकी चेली, प्रतिनिधीसभा सदस्य, जाजरकोटकी वुहारी र डाेल्पाकी छाेरी । जनताका मन मुटुकी ढुकढुकी सत्य पहाडी वर्गसंघर्षबाट स्पात बनेकी नेतृ हुन ।  जाजरकाेटकाे नाम लिने वित्तिकै स्वाइनफुलु, झाडापखाला र भाईरल ज्वरोको तथा महामारिकाे उपमाले परिचित छ । साहेद त्यहि भएर हाेला महामारी र गरिबीकाे परिचयलार्इ चुनाैती दिदै जाजरकोटले फरक परिचयमा  पकड जमाएकाे छ ।

जाजरकोटकाे फरक परिचय भनेकाे ठूला नेता हुन । राज्यको माथिल्लो निकायमा पहुँच पनि राख्छ जाजरकोटले । खासै विकास निर्माणमा फड्को मार्न नसके पनि जाजरकोटले गृहमन्त्री, शान्तिमन्त्री, राज्यमन्त्री सम्मका नेता जन्माएर राज्यलार्इ नजिकबाट सहयाेग गरेकाे छ । नेता जन्माएर राज्यलाइ सहयाेग गर्नुकाे उसकाे एकमात्र उदेश्य हाे जाजरकाेटबाट गरिवी उनमुलन गर्नु ।

सम्झिरहने कालखण्ड

नेपालको राजनीतिक इतिहासमा १० वर्षे जनयुद्ध विभिन्न कोणबाट सधैँ सम्झिरहने कालखण्ड हो । सशस्त्र युद्धमा १७ हजार नागरिकले सहादत पाप्त गरे । बाँच्नेहरुका सपना चकनाचुर भएका छन् । भाैतारिदै कोहि खाडी मुलुकमा पसिना बगाइ रहेका छन् । कोहि भारतका गललीमा चाैकीदार बनेर पेट पालिरहेका छन् । काेहि पार्टी फोडेर बेलाबखत युद्धको झल्को दिनेगरी कार्य गरिरहेका छन् ।

कोही अयाेग्य नागरिककाे परिचय बाेकेका छन् । युद्धकाे अाहालबाट आएका जनसेना विभिन्न पीडामा छटपटाई रहेका छन् । थोरैले मात्र संघर्ष गरेर जीवन धकेली रहेका छन् । कोहि सांसद, मन्त्री, मुख्यमन्त्री र प्रधानमन्त्रीसम्म बनेका छन् । संघर्ष गर्दै जानेक्रममा फरक फरक परिचयबाट युद्धका अबशेषहरू सतहमा नै तैरिरहेका छन् । मेहन, संघर्ष र निरन्तरताकाे बीचबाट खारिएकी एक नारी सत्य पहाडी, यही सेरोफेरोमा शान्तिमन्त्री बन्न पुगेकी थिइन ।

उनले मन्त्री हुँदा के गरिन त ?

संविधान निर्माण, सेनासमायोजन र शान्ति प्रकृया तार्किक निश्कर्षमा पुर्याउनुको मुख्य जिम्मेवारी समालेर विभिन्न राजनैतिक दलहरुसंग छलफल अगाडि बढाइन । उनका अगाडि चुनौतीको रुपमा उभिएको द्धन्द्धलार्इ कसरी समाधान गर्ने भन्ने थियो । विभिन्न बखेडा झिकेर द्धन्द्ध चर्काउन पनि नखोजिएको होइन ।

तर उनकाे सदासयता र राजनीतिमा देखिएको इमान्दारिताले सबैलाई दिएको एउटा सन्देश हाे लगाव र निरन्तरता। राजनीतिलाई धेरैले कमाइखाने भाँडो बनाएका छन् । तर उनका मनमा कहिल्यै त्यस्तो आएन । राजनीति कमाईखाने भाँडो होईन, जनताको सेवा गर्ने एउटा माध्यम हाे भन्छन् पहाडी ।

देश र जनता प्रति प्रतिवद्ध, इमान्दार र समर्पित पहडीको शान्तिमन्त्री हुदा करीब ६ महिनाको सत्ता बसाई अलि कष्टकर बन्यो । किन भने निकै ठूलो जिम्मेवारी बोकेर सफल्तापूर्वक सम्पन्न गर्न सकिने विश्वास बोकेकि उनीसंग विभिन्न समुदायका अनेकाैं समस्याका चाँङ थिए । समाधानका लागि समस्याका चाँङ बाेकेर समाधानका लागि क्याविनेटमा लगिन ।

क्याविनेटले पास गरेपनि कार्यान्वन हुनुमा समस्या थियाे । महिला भएको नाताले यस्तो भएको महशुस गरिन, महिलाको क्षेमतामाथि कम्जोर ठान्ने मुलुककै ठूलो समस्या देखिन् । विज्ञानले महिला कम्जोर छैनन् भन्छ, तर हाम्रो समाजले महिलामाथि गरेको विभेद अन्त्य गर्न लाग्दा उल्टै विभेदमा परेकाे अनुभव छ उनीसंग ।

अरू कुराहरू भन्दा पनि घाइते, अपाङ्ग, व्यपत्ता परिवारकाे घाउमा कसरी मलहम लगाउने ? यहि चिन्ताले पिराेल्थ्याे वारमवार । उनकाे मन्त्रालयबाट घाईते, अपाङ्गकाे वर्गीकरण गरेर जीविको पार्जनका लागि मासिक १२ हजार दिने निर्णय क्याविनेटमा पास गराईन । तर कार्यान्वयन गर्दा ६ हजार मात्र दिने निर्णय प्रधानमन्त्रीबाट हुदा अप्ठयारो महशुस गरिन । राज्य बनाउनका लागि जीवनको आाहुती दिएका हरू र जीउदा शहिद भएर वाँचिरहेका मानिसका लागि शान्ति मन्त्रालयमा एक्लै लडिन उनी ।

राज्यको हितमा अडान लिँदा सकारात्मक सोच भएका कर्मचारीले साथ दिए उनलाइ । अाफ्नै पार्टीका प्रधानमन्त्री डा. बाबुराम भटराइ हुदा पनि सहयाेग पाउन सकिनन् । उनले भनिन,’ मन्त्रालयका कर्मचारीले राम्राे साथ दिए, घाइतेका लागि सवै सकारात्मक नै भए । केहि कर्मचारीवाहेक सवैले साथ दिएकाे आफ्नो अनुभूति सुनाइन् ।

युद्वका घाइते प्रति प्रधानमन्त्री असहयाेगी बनिदिदा खिन्नताकाे अनुभव बटुलिन । निम्न वर्गीय परिवारमा जन्मीएकी पहाडी, वर्ग संघर्षको बीचबाट आएकी राजनैतिककर्मी हुन । जनयुद्धले उठाएको मुद्दा अनुसार ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न पार्टी भित्र र बाहिर लडिन । राज्यका विभिन्न निकायमा पनि यो सवाललाई गहन ढंगले उठाइरहिन । उनले भनिन यस्मा मिडियाकाे एक दमै साथ र सहयाेग रहेकाे अनुभव सुनाइन ।

जनअपेक्षा बढी, सहयोग कम
कुरा एक काम अर्कै गर्ने ठूला दलका नेतामा समस्या देखिन पहाडीले । समस्या समाधानका लागि लड्दा यस्ता थुप्रै अनुभुति छन् उनीसंग ।  घाईतेको निवृतिभरण गर्ने कुरामा उनले आयोगमार्फत कार्यदल बनाएर काम थालिन । कर्मचारीले साथ दिए । विशिष्ट श्रेणी, क श्रेणी, ख श्रेणी, ग श्रेणीमा घाईतेको वर्गीकरण गरेर उनीहरुलाई १२ हजार मासिक दिने निर्णय गराइन ।

क्याविनेटमा पास त भयाे तर निर्णय ६ हजारमा झर्दा अच्चममा परिन । कर्मचारीले साथ दिए पनि प्रधानमन्त्रीकाे यस्तो हर्कतले उनलाई नमजा लाग्यो । सोचाइका लेवलले कार्यान्वयन नहुदा दुःख मानिन्। घाईतेका लागि केयर सेन्टर बनाउन आग्रह गरिन । अहिले पनि घाईतेकाे अवस्था देख्दा उनको मन कटक्क काटेर आँउछ ।

६ महिना मात्र मन्त्रालयमा जिम्मेवारी समाल्न पाएकी पहाडीले ठूला ठूला निर्णय गराउन सफल भईन । छाेटाे समयमा धेरै काम गर्न सफल मन्त्रीबाट हटिसके पछि पनि उनले राजनीतिमा क्रियाशिल जीवन विताइन । श्रीमान श्रीमती दुवै जना राजनीतिमा क्रियाशील छन् । एक छोरीकी आमा सत्य पहाडी देश र जनताको पक्षमा सोच्नमा नै समय व्यतित गरिरहेकी छन् । पार्टीकै काममा व्यस्त पहाडी पूर्व जनसेनाका विषयमा सोच्न पनि योजना बनाई रहेकी छन् ।

भूमिगत जीवनको सम्झना
डोल्पा जिल्लाको दुर्गममा गाउँ लिकुमा २०३४ साल असोज ७ गते सत्य पहाडीको जन्म भयो । स्कुल पढ्दा पढ्दै भूमिगत भएकी पहाडीले कक्षा आठमा पढ्दा पढ्दै स्कुलबाटै युद्धको मैदानमा होमिन पुगीन । इतिहासको आवश्यक्ताले युद्धमा गएको विगतलाई गौरवको अनुभुति भएको बताउछिन् ।

०५२ सालमा भूमिगत भएर विद्यार्थी संगठन विस्तारको एक साता लामो अभियानमा सहभागी भएकी पहाडीले पूर्णकालीन जीवनका अनुभव सुनाइन । छोरीलाई पढाउने मानसिकता नभएको समाजमा उनको परिवार भने राजनैतिक रुपमा सचेत भएकाले पढ्ने अवसर पाइन । सानै उमेरमा दाजुले माक्स, लेनिन, स्टालिन र माओका जीवनी ल्याएर पढ्न लगाएको उनको मनमा ताजै छ ।

वर्ग विभेदका विरुद्ध राजनीतिमा होमिएकी पहाडीसंग युद्धका थुप्रै अनुभव छन् । घरबाट हिँडेको केही दिनमै प्रहरीले उनलाई खोज्न थाल्यो । प्रहरीकाे दिन दिनैकाे खाेज तलासले छाेरी असुरक्षित हुने देखेपछि उनकी आमाले पार्टीमै बस्नु, नर्फकनु, अब हिडिहालिस जितेर मात्रै फर्कनु भन्ने खबर पठाइन । त्याे खवर पाएपछि उनी पूर्णकालीन कार्यकर्ता भएर उतै बसिन ।

उनले भनिन् , ‘त्यतिबेलासम्म मलाई हतियार दिइएको थिएन । लौरो थियो, झोला बोकेर हिड्थेँ । तर, निधारमा रातो कफन बाँधेर हिँड्दा गर्व लाग्थ्यो ।’ पूर्व शान्तिमन्त्री पहाडी पुराना दिन सम्झँदै भन्छिन, ‘पहिलो दिन हतियार बोक्दा उत्साहले भरिएकी थिएँ ।’ कुराकानीकै क्रममा उनले युद्धका सम्झना सुनाउन थालिन् । शुरुमा हाँस्दै कथा सुनाउँदै गरेकी पहाडी एकाएक गम्भीर र भावुक बनिन् । र, भनिन, ‘युद्धमा खुशीको कुनै दिन हुँदैनथ्यो ।’

‘रुदारुदै हाँस्नु पर्थ्याे र हाँस्दा हाँस्दै रुनु पर्थ्याे । धेरै साथीहरु गुमायौँ, भर्खर भेटेका साथी केही बेरमै कहिल्यै नभेट्ने अवस्था हुन्थ्यो ।’ व्यारेक आक्रमणमा जीते पछि निकै खुसी हुन्थ्यौं ।’ उनले भनिन, ‘युद्धमा खुशी हुनै सकिएन किन भने युद्ध जितेको दिन पनि साथीहरु गुमाएका हुन्थ्यौँ र रुँदै हिँड्थ्यौँ ।’

प्रस्ताव पत्र पेश

पार्टीको पेचिलो योजना बन्याे त्यहि वेला जाजरकोट जिल्लाको मैदेमा २०५३ साल साउन १३ गते उनकाे विवाह भयो । कामरेड अमरसिंह कृष्ण बहादुर महरा अभिभावक भएका थिए । पोष्टबहादुर बोगटी सचिवालयमा प्रस्ताव पत्र पेश गरेर जनवादी विवाहका लागि प्रस्ताव स्वीकृत भयो । पार्टी कमिटिले पास गरिसके पछि जनवादी विवाह सम्पन्न भयो ।

डोल्पाको दुर्गम गाउँ लिकुमा जन्मिएकी सत्य पहाडी सात /आठ कक्षामा पढ्दै गर्दा विद्यार्थी संगठनमा आवद्ध भएर संगठन विस्तारमा लागेकी थिइन । छोरीले पढ्नु हुँदैन भन्ने भावना बोकेको समाजबाट उनको परिवारले गरेको संघर्ष, भूमिगत भएको निकै पछि मात्र उनले थाहा पाईन ।

स्कुलमा संगठन विस्तार गर्न आएका विद्यार्थीले, गरिबको पक्षमा काम गर्ने संगठन हो, भनेपछि विद्रोही स्वभावकी पहाडी पनि संगठित भइन् । तर, उनलाई तीनीहरु माओवादी हुन, र माओवादी निकट विद्यार्थी संगठनमा आवद्ध भएँ भन्ने थाहा पाउन दुई महिना लाग्यो । पहाडी भन्छिन, ‘अन्यायको विरुद्ध लड्छ रे भन्ने सुनेर, म संगठित भएँ ।’

जित्यौँ तर पूरा होइन
‘हामीले जे सपना देखेका थियौँ, ती हुबहु पूरा भएका छैनन् । तर, केही उपलब्धी भएका छन,’ पहाडीले आफ्नो राजनीतिक यात्राको बचाउ गर्दै भन्छिन् ‘हिजो परिवर्तनको एजेण्डा उठाएर हिँड्दा धेरै मारियौँ । आतंककारी भन्दै लखेटियो । हाम्रो आधा रगत बग्यो । तर, हिजो हाम्रो एजेण्डामा असहमति जनाएर हामीलाई आतंककारी भन्नेहरु आज त्यही परिवर्तनको जगमा राष्ट्रपति बने, प्रधानमन्त्री बने, उप राष्ट्रपति बने ।

यहाँनेर हाम्रो जीत भएको छ ।’ त्यसैगरी आतंककारीको बिल्ला भिराएर दिनरात लखेटिएका महिलालाई आज सभामुख, उपसभामुख, मेयर, उपमेयर बनाएको भन्दै पहाडीले यसलाई उपलब्धिका रुपमा लिइन । उनले भनिन, ‘न्यायालय प्रमुखमा महिला पुगिन, त्यहाँ पुग्नमा हामीले लडेको युद्धको भूमिका छ । हामीले उठाएका मुद्दाहरु समानताका थिए, समानुपातिक, समावेशीको कुरा थियो, त्यो अभ्यासमा आएको छ ।’

पीपलको रुखमा तुल टाँगेर फोटा खिचेको दिन
भूमिगत हुँदा आफुलाई संसारकै सुन्दर मान्छेमा गणना गरेर कविता लेखिन उनले । दुनियाँको मुक्तिका लागि हिड्दा खुसीले गदगद उनी डोल्पाबाट जाजरकोट पुगिन । ‘शहिद परिवारसंग हातेमालो गर्दै अगाडि बढीरहेका थियौं । यहि क्रममा रुकुममा पुग्यौं ।’ उनले भनिन ।

‘कम्व्याट ड्रेसमा सजिएको वेला माया प्रसाद शर्मा, नन्द प्रसाद न्यौपाने, शक्ति बस्नेतलगाएतका साथीहरु त्यहि पीपलको आँगनमा बसेर रुखमा तुल वाँध्यौं । अनि फोटा खिच्यौं । किनकी हामी सहिद भएपछि यो फोटा घरमा दिनु होला, साथी साथीको सम्झना होला भनेर तस्विर खिचायौं । इतिहाँसका लागि ।’

त्यतिबेला माओवादीलाई सेनाले तीन तरिकाले बुझ्थ्यो । बन्दुके, झोले भनेर । युद्धमा हामीवीच को पहिले सहिद हुने भन्ने प्रतिस्पर्धा नै हुन्थ्यो । साथीलाई कसरी जोगाएर आफु सहिद हुने भन्ने भावना युद्धमा हुन्थ्याे । दुःख पनि लाग्छ, हिजोको सद्भाव, माया र एकतामा आज हामी छैनौँ । हिजोको भावनात्मक एकता कमजोर बनेको छ ।

त्यै पनि सबै सक्किसकेको छैन, सम्भावनाहरु बाँकी छन् । देश आज संघिएतामा छ । परिवर्तनको पाटो बदलिएको छ । धेरै जनाले मन्त्री बन्ने चाहना राखेका छन् तपाइकाे चाहना छकि छैन ? भन्ने हाम्रो प्रश्नमा उनले भनिन ‘म नै बन्नु पर्छ भन्ने होइन । इतिहाँसको आवश्यक्तालाई पुरा गर्ने ठाँन्छ र पार्टीले मुल्याङ्क गरेर पठाउछ भने त्याे जिम्मेवारीबाट पछि पनि नहट्ने उनले बताईन ।

जनताको चाहना अनुसार पार्टीको हितमा काम गरेका मान्छे आउनु पर्छ । व्यक्तिगत चाहनाले हुने पनि होइन । पार्टीले जिम्मा दिने कुरा हो । पार्टीले जिम्मेवारी दिएमा सहर्षताका साथ स्वीकार गर्ने उनले बताइन ।

फागुन ८ गते, २०७४ - १७:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top