Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

ओली–प्रचण्डमाथि बाबुरामको हमलाः ‘भेडा भेडासँग, बाख्रा बाख्रासँग’

\"\"काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजम डा. बाबुराम भट्टराईले एमाले–माओवादी केन्द्रबीचको पार्टी एकतालाई व्यांग्य गर्दै ‘भेडा भेडासँग र बाख्रा बाख्रासँग’ भएको बताएका छन् । एमाले–माओवादी केन्द्रबीच पार्टी एकता गर्ने औपचारीक सहमति भएलगत्तै मंगलबार विहान सामाजिक सञ्जाल ट्वीटरमार्फत् भट्टराईले दुई पार्टीबीच औपचारिक एकता प्रक्रिया सुरु भएकोमा शुभकामना दिएका हुन्। उनले यो एकताबाट नेपाली जनतालाई विचार, नीति, कार्यक्रम रकार्यशैली एउटै भएका, तर ब्राण्ड र नाउँ मात्रै फरक भएका पार्टीहरूको भ्रमबाट मुक्त हुन धेरै सजिलो हुने भन्दै राजनीतिमा पनि भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो भएको बताएका छन् । ‘राजनीतिमा पनि भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो कुरा हो,’ उनले भनेका छन्, ‘यसबाट अब नेपाली जनतालाई विचार, नीति, कार्यक्रम रकार्यशैली एउटै भएका, तर ब्राण्ड नाउँ मात्रै फरक भएका पार्टीहरूको भ्रमबाट मुक्त हुन धेरै सजिलो हुनेछ।’उनले एमाले–माओवादीबीचको एकताबाट आफूले निर्माण गर्न खोजेको समावेसी–समानुपातिक–सहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवाद वा नयाँ समाजवादको तेश्रो धार निर्माणमा मदत पुग्ने बताएका छन् । १७ असोजमा एमाले–माओवादी केन्द्रबीच वामगठबन्धन निर्माणसहित पार्टी एकताको निर्णय गर्दा गठबन्धनमा सामेल भएका भट्टराई चुनावी सिट बाँडफाँटमा कुरा नमिलेपछि बाहिरिएका थिए ।

एमाले-माके पार्टी एकता भएकोमा वधाइ तथा शुभकामना!यसले एउटै विचार तर ब्राण्ड मात्रै फरक भएका पार्टीहरूबाट जनतालाई भ्रममुक्त हुन मदतगर्नेछ।साथै उदारवाद र राज्य-समाजवादको विकल्पमा समावेसी/समानुपातिक/सहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवादको तेश्रो धार निर्माण गर्न मदतगर्नेंछ। https://t.co/pSTVNKcD2b

— Baburam Bhattarai (@brb1954) February 20, 2018
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies