Khabar Dabali Logo
  December 4, Fri

खाडी मुलुकबाट युवालार्इ स्वदेश फर्काउने अभियान थाल्छाै: दीपशिखा, वाइसिएल अध्यक्ष

स्याङ्जा।  वाईसिएल नेपालका केन्द्रिय अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) ले देशमा आर्थिक समृद्धि ल्याउनका लागी युवालाई उत्पादनमुलक क्षेत्रमा आर्कषित गर्नुपर्ने बताएका छन् । उनले राष्ट्रको मेरुदण्ड युवाशक्तिलाई विदेश पलायन हुनबाट रोक्नु पर्ने भन्दै युवाशक्तिलाई आफ्नै जन्मभुमिमा परिचालन गर्नु पर्नेमा जोड दिए ।

वाइसिएल नेपालले स्याङ्जाको वालिङ बजार मालेवगरमा आयोजित तेस्रो जिल्ला सम्मेलनलाइ सम्वोधन गर्दै उनले यस्तो बताएका हुन ।
युवालाइ सजग हुन अाग्रह गर्दै उनले भने ‘खाडी गएका युवाहरुलाइ स्वदेश फर्काउने अभियानमा लागेका छौं ।’

मुक्ति र सर्वहारा वर्गको नेतृत्व गरेका योद्धा खाडीमा भएको भन्दै ति योद्धाहरुको आगमनले मात्र नेपाल समृद्ध बन्ने दावी गरे। वाईसिएलले अब विकासका कामहरु गर्नुपर्ने भन्दै दीपशिखाले भने, ‘विदेशमा जीवन बचाँउन संघर्षमा जुट्ने नेपालीहरुलाइ नेपालमै फिर्ता गर्नु हाम्रो मुल दायत्व हो ।’

उनले फरक प्रसंगमा भने, ‘नेपालाइ अव केही दर्जन प्रचण्डहरु चाहिएको छ, पासाङ्हरु चाहिएको छ, वादल, वैद्य, अनन्त र जनार्दनहरु चाहिएको छ, अवका युवा प्रचण्ड बन्नु पर्छ, पासाङ बन्नु पर्छ, वादल, वैद्य, अनन्त र जनार्दनहरु बन्नुपर्छ, अवका प्रचण्ड, पासाङ,बादल, वैद्य, अनन्त र जनार्दनहरुले मात्र यो देशलाइ समृद्ध बनाउन सक्छन, मालेमाबादको झण्डालाइ झन उचाइमा पुराउन सक्छन, सहिदहरुको सपना साहाकार पार्न सक्छन ।’

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज शैलेन्द्र घिमिरेले वहुदलले २५ वर्ष हुँदा पनि नेपाली राजनीतिमा कुनै उथलपुथ ल्याउन नसकेकाले नेपालको समृद्धि र विकासका लागि २१ औँ शताव्दीको जनवादको खाँचो रहेको बताए । २१ औँ शताव्दीको जनवादले शुरुवातको पाँचै वर्ष नपुग्दै नेपाली राजनीतिमा भयङ्कर तरङ्ग पैदा गरेको भन्दै जनवाद समेटिने गरि माओवादीले पार्टी एकता गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा प्रदेश सभा सांसद दिपक चर्तीमगर, नेकपा माओवादी केन्द्रका पोलिट व्युरो सदस्य तारा भुसाल, जिल्ला सह ईन्चार्ज प्रकाश न्यौपाने, वाईसिएल नेपालका केन्द्रिय सचिव विनय थापा, प्रदेश संयोजक चन्द्र बहादुर थापा, वाइसिएल चार नम्बर प्रदेशका सह–इन्चार्ज दुलाल सुवर्ण, केन्द्रिय आयोजक समितिका सदस्य लोकेन्द्र थापा, माओवादी नेता हुम वहादुर गुरुङ लगायतले युवाशक्तिलाई स्वदेशमा रोजगारीको सृजना गर्नका लागी राज्य गम्भीर हुनुपर्ने बताए ।

तेस्राे जिल्ला सम्मेलनले रमेश अर्यालको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटि चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा थमन गुरुङ, द्धितिय उपाध्यक्षमा टोमबहादुर थापा, सचिवमा सागर थापा, सह–सचिवमा जिवन थापा र पिताम्बर खनाल, कोषाध्यक्षमा अनिता गहतराज चयन भएका छन् ।  सम्मेलनले लेखा आयोगको अध्यक्षमा दुर्गा प्रसाद थापा र अनुसासन आयोगमा सुजिन्द्र सेनलाइ सर्वसम्मत चयन गरेकाे छ ।

फागुन ८ गते, २०७४ - ०८:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top