Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

संघीय संसद्को पहिलो बैठक २१ फागुनमा

\"\"काठमाडाै । संघीय संसद्को पहिलो बैठक २१ फागुनका लागि बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संविधानको धारा ९३ (१) को प्रावधानबमोजिम २१ फागुन दिउँसो ४ बजे बस्ने गरी अधिवेशन आह्वान गरेकी हुन् । अाजकाे नयाँ पत्रिकामा खबर छ- बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्नेछ । प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनको नतिजा आएपछि संघीय संसद् बैठक आह्वान भएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुँडालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको तीन महिनापछि संघीय संसद्को अधिवेशन आह्वान भएको हो । १० र २१ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट प्रत्यक्ष १६५ र समानुपातिक ११० गरी २७५ सांसद निर्वाचित भएका छन् । २४ माघमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट ५६ सदस्य निर्वाचित भएका छन् । संविधानअनुरूप सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने तीन सांसद भने मनोनयन हुन बाँकी छ । ज्येष्ठ सदस्य निर्वाचन आयोगले आधिकारिक नतिजा दिएपछि मात्रै संविधानमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक सञ्चालन सभामुख–अध्यक्ष निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्यले गर्ने उल्लेख छ । निर्वाचन आयोगले आधिकारिक रूपमा सांसदहरूको सूची सचिवालयमा उपलब्ध नभएकाले अहिलेसम्म प्रतिनिधिसभा र राष्ट्रिय सभाको ज्येष्ठ सदस्य यकिन भइनसकेको प्रशासन महाशाखा प्रमुख दुराले बताए । ‘आधिकारिक रूपमा राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यहरूको व्यक्तिगत विवरणसहितको सूची प्राप्त भइसकेको छैन, तसर्थ हामीले पहिलो बैठक सञ्चालनका लागि दुवै सदनमा ज्येष्ठ सदस्य यकिन गर्न नसकेका हौँ,’ दुराले भने, ‘पहिलो बैठक आह्वान भएपछि मंगलबार सचिवालयलाई सरकारले राजपत्रमा प्रकाशन भइसकेको सूची उपलब्ध गराउने जानकारी आएको छ । त्यसपछि हामीले सबै सदस्यहरूको उमेर अध्ययन गरेर ज्येष्ठ सदस्यको निक्र्योल गर्छौं ।’ तयारी पूरा भइसक्यो : संघीय संसद् सचिवालय पहिलो बैठकका लागि सम्पूर्ण तयारी पूरा भइसकेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ । सचिवालयका प्रशासन महाशाखा प्रमुख सहसचिव सुरज दुराले बैठक बस्ने स्थान, कार्यव्यवस्था समिति बैठकका लागि आवश्यक पर्ने कर्मचारी जनशक्ति र पूर्ण बैठकका लागि आवश्यक पर्ने जनशक्ति खटाउने काम भइसकेको बताए । ‘सचिवालयबाट गर्नुपर्ने सम्पूर्ण तयारी पूरा भइसकेको छ, अब निर्वाचन आयोगले आधिकारिक रूपमा निर्वाचित सांसदको सूची दियो, कसरी व्यवस्थापन गर्ने भन्ने तयारी गर्छौं,’ महाशाखा प्रमुख दुराले भने । सचिवालयले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रिय सभा र प्रतिनिधिसभा बैठकका लागि अलग–अलग बैठक कक्ष बनाएको छ । प्रतिनिधिसभा सदस्य बस्ने कुर्सीको रङ आकासे निलो र राष्ट्रिय सभाका सदस्य बस्ने कुर्सीको रङ रातो बनाइएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies