Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

मासु र रक्सीले आमशयको क्यान्सर बढ्दै

\"\"काठमाडौ । पाटन अस्पतालमा कार्यरत ३१ वर्षीया सकुनी श्रेष्ठ यतिखेर पेट (आमशय) क्यान्सरले ग्रसित छिन् । अाजकाे नागरिक न्यूजमा खबर छ- आफु स्वास्थ्यकर्मी भएकाले यति छिटो क्यान्सर भइहाल्ला भन्ने उनको सोच उनले बढीजसो महिलालाई हुने पाठेघरको क्यान्सरबाट सतर्क रहन पाठेघरको नियमित चेकजाँच गराइरहेकी थिइन् । तर पेटमा समस्या देखिँदा उनलाई ग्याष्ट्रिक भयो होला भन्ने लाग्यो। २२ महिनाअघि जाँच गर्दा पेटको क्यान्सर भएको पत्ता लाग्यो । त्यतिखेर उनी झसंग भइन् । परीक्षण गर्दै जाँदा आमसयमा चौथो चरणको क्यान्सर भएको पत्ता लाग्यो । त्यो थाहा पाएपछि उनी नेपालका क्यान्सर अस्पताल हुँदै भारतस्थित राजिव गान्धी क्यान्सर अस्पताल पुगिन् । त्यहाँको उपचारपछि बाँकी थेरापीको लागि उनी यतिखेर भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी छिन्। आफूलाई क्यान्सर हुनुमा आफ्नो र पारिवारिक जीवनशैली जिम्मेवार भएको उनलाई लाग्छ । नेवार समुदायकी मान्छे सानैदेखि कुखुरा, खसी, राँगाको मासु उनको भोजनमा नियमित हुन्थे । सुकुटी, पोलेको, पकाएको या अन्य परिकारमा पनि उनी मासुलाई खानामा प्रशस्त समावेश गर्थिन् । श्रेष्ठ भन्छिन्, ‘मेरो पाचन प्र्रणाली बलियो नै थियो । फेरि आफूलाई असाध्यै मासुको परिकार मन पर्ने,’ उनले भनिन् । यो जीवनशैलीसँगै ठीक समयमा खाना नखाएकाले क्यान्सर भएको हुन सक्ने लागेको छ। भक्तपुर अस्पतालको प्यालिएटिभ केयरमै उपचारर्थ छिन् गोरखा आरुघाटकी ५५ वर्षीया धनमाया बरममगर । उनी दुई वर्षदेखि अस्वस्थ्य भइन् । खान मन नलाग्ने, वान्ता हुने समस्या देखिएपछि उनले सुरुमा ग्याष्ट्रिकको उपचार गरिन् । रोग निको भएन । उनी उपचारको लागि काठमाडौं आइन् । एक महिना अघि मात्र चिकित्सकले उनको आमाशयमा क्यान्सर भएको पत्ता लगाए । अस्पतालका अनुसार उनको चौथो तहको क्यान्सर हो। यी दुई उपचारर्थ यी दुई पात्रसहित अस्पतालमा यस्ता थुप्रै आमशय क्यान्सरका बिरामीहरू आउँछन् । ती मध्ये धेरै यस्तै खानपान गर्ने व्यक्तिहरूमा क्यान्सर बढी देखिने गरेको छ। ‘आमाशयको पहिलो भागको क्यान्सर नेपालका जनजातिहरूमा नै बढी देखिन्छ, पछिल्लो भागको मंगोलियन र आर्यन दुवैमा बराबर छ,’ भरतपुर क्यान्सर अस्पतालका शल्यचिकित्सक डा. गंगा सापकोटाले भने । चिकित्सकका अनुसार कुन जातिमा आमशयको क्यान्सर छ भन्ने बारेमा यकिन अध्ययन भएको छैन, उपचारमा आउने बिरामीको संख्या भने बढी देखिन्छ । नेपाल क्यान्सर अस्पतालका प्रमुख मेडिकल अन्कोलोजिष्ट डा. सुदीप श्रेष्ठ भन्छन्, ‘केही समुदायका बिरामीहरूमा आमशयको क्यान्सर अलिक बढी देखिन्छ।’ क्यान्सर सर्जन डा. सापकोटाका अनुसार यो अस्पतालमा कुल क्यान्सर बिरामीको १५ देखि २० प्रतिशत आमशयको क्यान्सर देखिन्छ । नेपाल क्यान्सर अस्पतालको तथ्याकंअनुसार सन् २०१५ मा ७८ र २०१६ मा ६७ जनामा आमशयको क्यान्सर देखिएको थियो । यी मध्ये कुन समुदायमा आमशयको क्यान्सर छ भन्ने विषयमा यकिन अध्ययन भइनसकेको अस्पतालले जनाएको छ । केही समुदायका बिरामीमा आमशयको क्यान्सर तुलनात्मक रूपमा बढी छन् । तथ्याकंअनुसार प्रतिवर्ष १५ हजार क्यान्सरका नयाँ बिरामी देखिने गरेका छन्। सांस्कृतिक जीवनशैली नै कारण नेपालमा मासु, रक्सी खाने समुदायमा आमशयको क्यान्सर बढी भएको क्यान्सर चिकित्सकहरूले बताएका छन् । ‘नेपाली केही समुदायले मासुका विविध परिकार बढी खान्छन् नै सँगै रक्सी पनि खाने चलन छ,’ भरतपुर क्यान्सर अस्पतालका क्यान्सर सर्जन डा. सापकोटाले भने। चिकित्सकका अनुसार पोलेको, धुवाँमा पकाएको, सुकाएको मासु खाने र नियमित धेरै मासुको प्रयोग गर्ने र रक्सी सेवन बढी गर्ने जीवनशैलीले आमाशयको क्यान्सर भएको देखिन्छ । धुवाँमा सुकाएको र पकाएको मासुमा क्यान्सरजन्य पदार्थ हुने र मासु तथा रक्सीको मेलले सामान्य कोषमा असमान्य कोष बृद्धि भई क्यान्सर हुन्छ । ‘अस्पतालमा आउने बिरामीको पृष्ठभूमि बुझ्दा मासु र रक्सी खाने व्यक्तिहरु बढी छन्,’ नेपाल क्यान्सर अस्पतालका अनुसन्धान विभाग प्रमुख डा. गौतमले भने। बढी माात्रामा मासु खाने जो कोहीमा मोटोपना बढ्ने र मोटा व्यक्तिलाई पनि आमाशयको क्यान्सर हुन्छ । त्यसमा पनि धुमपान गर्नेलाई थप जोखिम हुन्छ । पछिल्लो समय मासुका विविध परिकार खाने चलन बढेकाले सबै जातजातिले यस्तो जीवनशैलीमा नियन्त्रण गर्न आवश्यक भएको चिकित्सक सुुझाउँछन् । ‘मासु सकेसम्म कम खानु पर्छ र खानै परे मात्रा मिलाएर सामान्य परिकारमा रूपमा खानाले कम असर गर्छ,’ डा.सापकोटाले भने।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies