Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

पार्टी एकीकरणका लागि यस्ताे छ सातबुँदे सहमति

\"\"काठमाडाै । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने नीतिगत सहमति भएको छ । संगठनात्मक विषय भने थप छलफल गरेर टुंगो लगाइनेछ । अाजकाे नयाँ पत्रिकामा खबर छ- एकीकृत पार्टीको ‘नाम नेपाल कम्युनिस्ट पार्टी’ रहने र एकता महाधिवेशनसम्म अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारेर एकीकृत पार्टी सञ्चालन गर्ने दुई दलको सहमति छ । साढे चार महिनादेखिको छलफलमा ‘ब्रेक थ्रु’ गर्दै दुई दलले सोमबार राति पार्टी एकताको सातबुँदे प्रारम्भिक आधारपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपत्रमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पार्टी एकता संयोजन समितिका आठ नेताले हस्ताक्षर गरेका छन् । पार्टी एकता संयोजन समितिले बालुवाटारमा सोमबार मध्यराति तयार पारेको सहमतिपत्रमा हस्ताक्षर गर्दै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । सहमतिपत्रमा दुवै पक्षका आठ नेताको हस्ताक्षर छ । पार्टी र सरकारमा आलोपालो नेतृत्व सहमतिमा एकीकृत पार्टी र सरकारको नेतृत्वबारे केही पनि उल्लेख छैन । यद्यपि, एकता महाधिवेशनसम्म पार्टीको मूल नेतृत्व र केन्द्रीय बैठकहरूको अध्यक्षता दुवै पार्टीका वर्तमान अध्यक्षले आलोपालो प्रणालीबाट गर्ने र सरकारको नेतृत्वमा समेत आलोपालो गर्ने भद्र समझदारी भएको पार्टी एकता संयोजन समितिका एक सदस्यले बताए । पार्टी र सरकारको नेतृत्वबारे सहमतिपत्रमा उल्लेख गर्दा गलत सन्देश जाने भन्दै एमाले नेताहरूले अनुरोध गरेपछि मस्यौदाबाट हटाइएको स्रोतले जनाएको छ । ‘पार्टी एकता संयोजन समितिमा रहनुभएका एमाले नेताले सरकारको नेतृत्व आलोपालो गर्ने सहमति उल्लेख गर्दा गलत सन्देश जाने र एकताको भावना नै समाप्त हुने चिन्ता गरेका कारण आलोपालोका विषय हटाइएको हो,’ एक माओवादी नेताले भने । कार्यदलको गृहकार्यपछि पार्टी एकताको मिति घोषणा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने सातबुँदे समझदारीका आधारमा अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्ने सैद्दान्तिक–वैचारिक कार्यदल र संगठनात्मक एकीकरणका लागि संगठनात्मक कार्यदल बनाउने सहमति भएको छ । यो सहमतिका आधारमा संयोजन समितिको अर्को बैठकले कार्यदल गठन गर्ने माओवादी केन्द्रका नेता जनार्दन शर्माले बताए । यस्तो छ प्रस्तावित संगठनात्मक स्वरुप ओली र प्रचण्डबीच एकीकृत पार्टीको संगठनात्मक स्वरुपबारे दुईओटा विकल्पमा केन्द्रीत रहेर छलफल भए पनि सोमबारको बैठकमा भने ठोस छलफल नभएको स्रोतले जनाएको छ । दुई अध्यक्षबीच अन्तरिमकालीन केन्द्रीय कमिटी दुई अंकको नबढ्नेगरी, पोलिटब्यूरो र स्थायी समिति बनाउने पहिलो विकल्पमा छलफल भएको छ । तर, छरितो केन्द्रीय कमिटी बन्ने सम्भावना कम देखिएकाले एमालेको २ सय ६ सदस्यीय केन्द्रीय कमिटीमा माओवादी केन्द्रबाट ४० प्रतिशत थप गरेर केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी समिति बनाउने विकल्पमा छलफल चलेको छ । तर, यस सम्बन्धमा अन्तिम गृहकार्य अब गठन हुने संगठनात्मक स्वरुप गृहकार्य गर्न गठित कार्यदलले तयार पार्ने स्रोतको दाबी छ । राष्ट्रपति, सभामुख र मन्त्रिपरिषद् भागवण्डामा छलफल ओली र प्रचण्डबीच राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष तथा मन्त्रालय भागवण्डामासमेत छलफल चले पनि संयोजन समितिको बैठकमा भने यसबारे ठोस छलफल भएन् । एक नेताका अनुसार एमालेका तर्फबाट राष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष तथा माओवादीका तर्फबाट उपराष्ट्रपति, सभामुख र उपसभामुखमध्ये एक लिनेगरी छलफल चलेको छ । तर, यसलाई भागवण्डाभन्दा पनि आवश्यकताको सिद्दान्तअनुसार टुंग्याइने सम्भावना छ । उच्च स्रोतका अनुसार ओली र प्रचण्डले वतर्मान राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनलाई नै दोहाेर्याउने प्रष्ट संकेत गरिसकेका छन् । तर, एकता संयोजन समितिमा सोमबार यो विषयले प्रवेश पाएन । एकीकरणका प्रारम्भिक आधारमा सहमति १. पार्टीको नाम – नेपाल कम्युनिस्ट पार्टी २. निर्देशक सिद्धान्त – ‘माक्र्सवाद–लेनिनवाद’ ३. बहुदलीय प्रतिस्पर्धा – नेकपा (एमाले)ले अपनाउँदै आएको ‘जनताको बहुदलीय जनवाद’अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत श्रेष्ठता स्थापित गर्नेलगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र)को पनि शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्पmत आफ्नो श्रेष्ठता स्थापित गर्नेलगायतका मान्यतामा समान धारणा रहेको तथ्यमा दुवै पार्टी स्पष्ट ४. जबज र माओवाद – नेकपा (एमाले)ले अवलम्बन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र नेकपा (माओवादी केन्द्र)ले अवलम्बन गरिआएको ‘माओवाद र एक्काइसौँ शताब्दीमा जनवाद’सम्बन्धी विषयमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिनेछ । ५. विधान र प्रतिवेदन – उपरोक्त आधारमा टेकेर अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोहीअनुसार एकीकृत पार्टी सञ्चालन गरिनेछ । ६. समाजवादको आधार – उपलब्धिहरूको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक आर्थिक रूपान्तरण मार्फत समाजवादका आधार निर्माण ७. एकता महाधिवेशन – आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा समझदारीका साथ भव्य रूपमा सम्पन्न गरिनेछ ।  

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies