Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

सातै प्रदेशमा उपसभामुख महिला

\"\"काठमाडाै ।  प्रदेश ४, ५ र ७ मा आइतबार निर्वाचित भएसँगै सातै प्रदेशका उपसभामुख महिला भएका छन् । प्रदेश १, २, ३ र ६ मा यसअघि नै चयन भएका उपसभामुख पनि महिला नै हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ- प्रदेश ४ को उपसभामुखमा एमालेकी सिर्जना शर्मा निर्वाचित भइन् । अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव शर्मा प्रदेश संसद्को मत विभाजनका आधारमा निर्वाचित भएकी हुन् । शर्माले संविधानको परिधिभित्र रहेर सबैलाई समेट्ने बताइन् । ‘यो संसदीय अभ्यास हो,’ उनले भनिन्, ‘देशलाई सुख र समृद्धिको लक्ष्यमा लैजान भूमिका खेल्नेछु ।’ उनले संविधानले महिलालाई दिएका अधिकार व्यवहारमा कार्यान्वयन गर्नआफ्नो सबैभन्दा ठूलो प्रयास रहने प्रतिक्रिया दिइन् । उनलाई आइतबार नै सभामुख नेत्रनाथ अधिकारीले शपथग्रहण गराए । २००९ सालमा धरानमा जन्मिएकी उनी २०२६ देखि विद्यार्थी राजनीतिमा सक्रिय थिइन् । , उनी अनेमसंघको पोखरा नगर कमिटी, कास्की अध्यक्ष, केन्द्रीय सदस्य हुँदै केन्द्रीय सचिव भएकी हुन् । प्रदेश ५ को उपसभामुखमा पूर्वकमलरी बर्दियाकी ४२ वर्षीया कृष्णी थारू निर्वाचित भइन् । राजापुर नगरपालिका–४ बर्दियाकी थारूलाई एमालेले उपसभामुखको उम्मेदवार बनाएको थियो । करिब १७ वर्ष कमलरी र बुक्रेनी बनेकी बर्दिया राजापुर–४ संघर्षनगरकी उनको ८ वर्ष कमलरी बस्दाबस्दै १५ वर्षको उमेरमा विवाह भयो । श्रीमान् पनि कमैया थिए । ‘कमैया बस्दा म बुक्रेनी (पतिसँगै घरेलु कामदार) भएर काम गरेँ,’ उनले भनिन्, ‘साहुले नपढाउँदा विद्यालय जान पाइनँ ।’ ‘मैले कमलरी बस्दा एक रुपैयाँ पनि पाइनँ,’ उनले भनिन्, ‘गरिबीका कारण अब कसैले पनि अर्काको घरमा बन्धक भएर काम गर्न नपरोस् ।’

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies