Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

माअाेवादी नेतृत्वकाे प्रदेश न.६ सरकारले यस्ताे गर्याे निर्णय

\"\"काठमाडाै । नेकपा माअाेवादीकाे भागमा परेका दुइ वटा प्रदेश मध्य  प्रदेश नम्बर ६ मा मन्त्रीमण्डल विस्तार भएको छ । मुख्यमन्त्री सहित दुइ मन्त्री माअाेवादी र सभामुख सहित ४ मन्त्री एमालेका गरी ६ जना मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । एमालेकाे भागमा अर्थ मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, बन तथा वातावरण र भौतिक पूर्वाधार मन्त्रालय परेका छन् । सांसद प्रकाश ज्वालाको नेतृत्वमा सरकारमा सहभागी एमालेका क्रमश दल रावल, नन्दसिंह बुढा र खड्गबहादुर खत्रीले ति मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री महेन्द्र बहादुर शाही, आन्तरिक मामिला तथा कानून मन्त्रालय र  भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी माअाेवादी केन्द्रले पाएकाे छ । नरेश भण्डारी र विमला केसी माअाेवादीका तर्फ बाट मन्त्री भएका छन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख दुर्गाकेशर खनालले पद तथा गोपनियताको सपथ ग्रहण गराए । मन्त्रीहरुले आइतवार नै आ–आफ्नो मन्त्रालयको कार्यभार सम्हालेसंगै सम्मुन्नत प्रदेश निर्माणका लागि काम गर्ने प्रतिवद्धता जनाए । आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले सवै प्रदेश मध्य ६ नम्वर प्रदेश अभावमा बाँचिरहेको प्रदेश हाे भन्दै ६ न. प्रदेशलाई समृद्ध प्रदेशकोरुपमा विकास गरेर लैजाने बताए । भण्डारीले प्रदेशलाई आगामी १० वर्षभित्र विकसित प्रदेशकोरुपमा अघि बढाउने बताए । उनले भने ‘हाम्रो प्रदेशमा आउने पत्रकारले गरिवी, पछौटेपन, अशिक्षा, भोकमरी र हाहाकारको समाचार लिएर फर्किन्छ, अब हामीले विकासका गतिविधिसहित धनी प्रदेशको समाचार संकलन गर्न पत्रकारलाई बोलाउनु पर्छ।\' अर्थ मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले अबको १० वर्षमा प्रदेश न.६ प्राकृतिक उपहारको सदुपयोग गरेर पर्यटन प्रवद्र्धनमा स्रोतको परिचालन गरी आर्थिकरुपमा प्रदेशलाई समृद्ध बनाउने बताए । साथै आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले २१ वटा निर्णय गरेको छ । सरकारले भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई प्रवक्ताकाे जिम्मेवारी दिएकाे छ । मुख्यमन्त्रीको कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले चीनसँग सीमा जोडिएका नाका खोल्न पहल गर्ने, सडक संजालमा जोडिन बाँकी रहेका हुम्ला र डोल्पामा सडक विस्तार गर्ने,  जनतासँग मुख्यमन्त्री कार्यक्रम संचालन गर्ने, प्रत्येक घरमा घरेलु उद्योग स्थापना गर्ने, बैदेशिक लगानी भित्र्याउन् वातावरण बनाउने, प्रदेश ६ लाई प्रांगारिक प्रदेशको रुपमा घोषणा गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । एक सहकारी एक उत्पादनको नीति अवलम्वन गर्ने, जेष्ठ नागरिक प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने, हरित र समृद्ध प्रदेश निर्माण गर्न योजना बनाउनेलगायतका निर्णय भएको प्रवक्ता लाई प्राथमिकतामा राख्दै अगाडि बढाउने निर्णय गरेको भूमी व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रीसमेत रहेकी सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies