Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

माअाेवादी नेतृत्वकाे प्रदेश ७ मा यस्ताे बन्याे मन्त्रिपरिषद्

\"\"काठमाडाै ।  नेकपा माअाेवादी केन्द्रकाे भागमा परेकाे प्रदेश ७ मा मुख्यमन्त्री त्रिलाेचन भट्ट छन् ।  डोटी ‘ख’बाट निर्वाचित ४८ वर्षीय मुख्यमन्त्री २७ वर्षदेखि माओवादी राजनीतिमा सक्रिय छन् । डोटीको भूमिराजमाडौंका भट्टले कक्षा ८ सम्म मात्रै अध्ययन गरेका छन् ।यस्ताे छ उनकाे मन्त्रीमण्डल । प्रकाश शाह : आन्तरिक मामिला तथा कानुनमन्त्री शनिबार मात्रै एमाले संसदीय दलको नेतामा चयन भएका ४६ वर्षीय शाह बाजुरा ‘ख’बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । ०४६ मा अनेरास्ववियुबाट राजनीति सुरु गरेका शाहले इन्जिनियरिङमा डिप्लोमा गरेका छन् । बाजुराको बूढीगंगा नगरपालिकास्थित बलदेवमाडौंका शाह एमालेको वैकल्पिक केन्द्रीय सदस्य हुन् । झपट बोहरा : आर्थिक मामिला तथा योजनामन्त्री धनगढी स्थायी घर भएका ४९ वर्षीय रावल अछाम १ ‘ख’बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका रावल पूर्वबैंकर पनि हुन् । ०६४ मा माओवादीमा आबद्ध रावल अहिले सल्लाहकार छन् । दीर्घ सोडारी : सामाजिक विकासमन्त्री कैलाली ४ ‘क’बाट निर्वाचित ३७ वर्षीय सोडारी धनगढी शिवनगरका स्थायी बासिन्दा हुन् । बिबिएससम्मको अध्ययन गरेका सोडारी एमाले कैलालीका अध्यक्ष हुन् । पठानसिँह बोहरा : भौतिक पूर्वाधारमन्त्री डडेल्धुरा ‘क’बाट निर्वाचित ५२ वर्षीय बोहरा ३४ वर्षदेखि राजनीतिमा सक्रिय छन् । कानुनमा स्नातक बोहरा एमाले प्रदेश कमिटी सदस्य हुन् । माया भट्ट : उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बैतडीबाट समानुपातिक सांसद ५२ वर्षीया भट्टले कक्षा ८ सम्म अध्ययन गरेकी छिन् । दशरथ चन्द नगरपालिकास्थित गोठालापानी स्थायी घर भएकी भट्ट ०४६ देखि राजनीतिमा सक्रिय छिन् । उनी एमाले प्रदेश कमिटी सदस्य हुन् । विनिता चौधरी : भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री ०५७ मा माओवादीमा आबद्ध ३२ वर्षीया चौधरी कैलालीबाट समानुपातिक सांसद हुन् । एसएलसी उत्तीर्ण चौधरी युद्धकै वेला पक्राउ परेपछि एक वर्ष कैलाली जिल्ला कारागारमा बसेकी थिइन् । उनी माओवादी केन्द्रीय सदस्य हुन् । नमुना प्रदेश बनाउँछु : मुख्यमन्त्री शपथग्रहणपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री भट्टले प्रदेश ७ लाई देशकै नमुना प्रदेश बनाउने बताए । प्रदेश ७ विकासमा पछाडि परेको उल्लेख गर्दै उनले नमुना बनाउनका लागि आवश्यक काम तत्काल अगाडि बढाउने बताए । सुशासन स्थापना र भ्रष्टाचारको अन्त्य प्राथमिकता रहेको मुख्यमन्त्री भट्टको भनाइ छ । मुख्यमन्त्री तथा मन्त्रीको आवास गेस्टहाउसमा शनिबार सबै मन्त्री नियुक्त भएपछि भौतिक व्यवस्थापनको जिम्मा पाएका अधिकारीलाई आवासको व्यवस्था गर्न हम्मेहम्मे परेको छ । मुख्यमन्त्रीलाई कैलाली उद्योग वाणिज्य संघको शुभम् गेस्टहाउसबाट धनगढी गाउँस्थित कृषि विकास बैंक तालिम केन्द्रको गेस्टहाउसमा सारिएको छ । अन्य सबै मन्त्रीहरूका लागि भने वाणिज्य संघको गेस्टहाउसमा आवासको प्रबन्ध गरिएको छ । मुख्यमन्त्रीको आवासका लागि अत्तरियामा भाडाको घर खोज्ने कार्य भइरहेको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies