Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

प्रदेश ७ मा बन्यो ७ सदस्यीय मन्त्रिपरिषद्, आज पदभार ग्रहण

\"\"काठमाडाै । प्रदेश ७ मा सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टसहित ६ मन्त्रीले शनिबार प्रदेश प्रमुख मोहनराज मल्लबाट शपथ लिएका छन् । सात सदस्यीय प्रदेश सरकारमा माओवादीले मुख्यमन्त्रीसहित तीन र एमालेले चार मन्त्रालय पाएको छ । अाजकाे नयाँ पत्रिकामा खबर छ- माओवादीबाट झपट बोहरा आर्थिक मामिला तथा योजनामन्त्री र बिनिता चौधरी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेकी छिन् । बोहरा अछाम र चौधरी कैलालीबाट प्रदेश सभा सदस्य हुन् । त्यस्तै, एमालेबाट प्रकाश शाह आन्तरिक मामिला तथा कानुनमन्त्री, पठानसिंह बोहरा भौतिक तथा पूर्वाधारमन्त्री, दीर्घ सोडारी सामाजिक विकासमन्त्री र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् । शाह अछाम, बोहरा डडेल्धुरा, सोडारी कैलाली र भट्ट बैतडीबाट सांसद हुन् । शपथग्रहण समारोह दिउँसो ३ बजेका लागि तय गरिएको भए पनि एमालेभित्र मन्त्री चयनमा ढिलाइ हुँदा दुई घन्टापछि सारिएको थियो । दुवै दलले शनिबार नै मन्त्रीको टुंगो लगाएका थिए । शपथग्रहणपछि मुख्यमन्त्री र मन्त्रीहरूले धनगढी चटकपुरस्थित सहिदगेटमा रहेको सालिकमा माल्यार्पण गरे । उनीहरूले आइतबार पदभार ग्रहण गर्नेछन् । शपथग्रहण समारोहमा पूर्वमन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रिय सभा सांसद, प्रदेश सांसद, राजनीतिक दलका नेता, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका उच्च अधिकारीलगायतको सहभागिता थियो । आज पदभार ग्रहण आइतबार बिहान ९ बजे मुख्यमन्त्री भट्टले धनगढी रातोपुलस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम छ । त्यसलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक बस्ने तयारी रहेको मन्त्रिपरिषद् कार्यालयका सचिव प्रदीपराज कँडेलले बताए । मन्त्रिपरिषद् बैठकपछि मात्रै अन्य मन्त्रीको पदभार ग्रहणको कार्यक्रम राखिएको छ । पहिलो बैठकले मन्त्रिपरिषद्लाई क्रियाशील बनाउन आवश्यक सार्वजनिक लिखत प्रमाणीकरण नियमावली, प्रदेश सरकारको कार्यविभाजन नियमावली र प्रदेश सरकारको कार्यसम्पादन नियमावली पारित गर्नेछ । नियमावलीको मस्यौदा तयारीको काम सम्पन्न भइसकेको मन्त्रिपरिषद् कार्यालयका सचिव कँडेलले जानकारी दिए । एमाले संसदीय दलको नेतामा शाह प्रदेश ७ को एमाले संसदीय दलको नेतामा प्रकाश शाह चयन भएका छन् । शनिबार बसेको एमाले संसदीय दलको बैठकले बाजुराका सांसद शाहलाई सर्वसम्मत चयन गरेको हो ।आकांक्षी धेरै भएपछि एमालेले नेता चयनको जिम्मा प्रदेश इन्चार्ज भीम रावललाई दिएको थियो । रावलकै उपस्थितिमा बसेको संसदीय दलको बैठकले शाहलाई नेता चयन गरेको हो । एमाले वैकल्पिक केन्द्रीय सदस्य शाहसहित दीर्घ सोडारी, पठानसिंह बोहरा, लीलाधर भट्ट दाबेदार रहेका थिए । उपसभामुखमा जोशी निर्विरोध प्रदेश सभाको उपसभामुखमा वाम गठबन्धनबाट माओवादी नेत्री निर्मला बडाल निर्विरोध निर्वाचित भएकी छिन् । आइतबार बस्ने प्रदेश सभा बैठकले उनी निर्वाचित भएको घोषणा गर्नेछ । उपसभामुखमा एउटा मात्रै उम्मेदवारी परेको बताउँदै संसद् सचिवालयका उपसचिव झलक शर्मा सापकोटाले भने, ‘जोशीको मात्रै उम्मेदवारी परेकाले उहाँ निर्विरोध हुनुहुन्छ । औपचारिक घोषणा संसद् बैठकले गर्नेछ ।’ उनी समानुपातिकतर्फबाट सांसद भएकी हुन् । सभामुखमा अर्जुनबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । कर्मचारी नआउँदा पदभार ग्रहणमा समस्या मुख्यमन्त्री तथा मन्त्रीहरूले शनिबार शपथग्रहण गरिसके पनि कर्मचारी नआएको हुँदा पदभार ग्रहणमा समस्या देखिएको छ । यहाँका ६ वटा मन्त्रालय सञ्चालनमा आए पनि भौतिक पूर्वाधार मन्त्रालयका लागि खटिएका कर्मचारी भने अझै धनगढी पुगेका छैनन् । संघीय सरकारले खटाएका कुनै पनि कर्मचारी सम्पर्कमा नआएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव प्रदीपराज कँडेलले बताए । पूर्वाधार मन्त्रालय क्षेत्रीय सिँचाइ निर्देशनालयको भवनमा राख्ने तयारी गरिएको छ । मन्त्रीको कार्यकक्ष तयार भइरहेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख रवीन्द्र बोहराले बताए । आइतबार भौतिक पूर्वाधारमन्त्री बोहराले पदबहाली गर्दै छन् । जिल्लास्थित सम्बन्धित कार्यालयका कर्मचारीकै भरमा भए पनि पदबहाली गराउने तयारी गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको भनाइ छ । मुख्यमन्त्री र मन्त्रीका लागि पुरानै गाडी प्रदेशस्थित प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, विभिन्न मन्त्रालयका लागि ४५ गाडीको व्यवस्था गर्न संघीय सरकारसँग माग गरिएको भए पनि एउटा मात्रै पुरानो स्कारपियो आएको छ । यो गाडी प्रमुख सचिवलाई दिइएको छ । प्रदेश सचिवले प्रयोग गरेको गाडी केही नयाँ भएकाले मुख्यमन्त्रीका लागि उपलब्ध गराइएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । अन्य मन्त्रीहरूलाई पनि तत्कालका लागि जिल्लास्थित विभिन्न कार्यालयका पुरानै गाडीको व्यवस्था गरिएको छ । उपलब्ध गराइएका सवारीसाधन पनि सही अवस्थामा छैनन् । विशिष्ट पदाधिकारीलाई पुराना गाडीमा चढाउनुपर्दा अप्ठ्यारो महसुस भएको कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालले बताए । ‘प्रदेशमा तत्काल आवश्यक ४५ गाडीमध्ये २० ओटासम्म जिल्लामै व्यवस्था गर्न सकिएला,’ उनले भने, ‘विशिष्ट पदाधिकारीले उपयोग गर्नयोग्य २५ वटा सवारीसाधन केन्द्रबाट अपेक्षा गरेका छौँ ।’  

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies