Khabar Dabali Logo
  December 3, Thu

अस्पताल र शिक्षण संस्थावरपर ग्यारेज राख्न नपाइने

काठमाडौ । अब अस्पताल र शिक्षण संस्थावरपर ग्यारेज वा वर्कसप राख्न नपाइने भएको छ। ग्यारेज र वर्कसपलाई नियमन गर्न सरकारले ल्याउन लागेको निर्देशिका जस्ताको त्यस्तै कार्यान्वयनमा ल्याउन अस्पताल र शैक्षिक संस्था वरपर अब यस्ता व्यवसाय गर्न नपाइने भएकाे हाे।

सवारीसाधन मर्मतसम्भार गर्न सञ्चालित यस्ता व्यवसायलाई नियमन गर्न सरकारले ‘कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका– २०७४’ तयार पारेको हो। निर्देशिकाको मस्यौदामा अस्पताल र शैक्षिक संस्थाको दुई सय मिटर वरपर वर्कसप र ग्यारेज सञ्चालन गर्न नपाइने उल्लेख छ।

यातायात व्यवस्था विभागले निर्देशिकाको मस्यौदा तयार पारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा स्वीकृतिका लागि पठाइसकेको छ। सवारी तथा यातायात व्यवस्था ऐन– २०४९ को दफा १५९ ले दिएको प्रावधान अनुसार निर्देशिका बनाइएको विभागका महानिर्देशक रूपनारायण भट्टराईले बताए।

‘उपत्यकाका वर्कसप तथा कारखाना अव्यवस्थित रूपमा चलिरहेकाले व्यवस्थित गर्न निर्देशिका ल्याएका हौँ,’ उनले भने, ‘अस्पताल र शिक्षण संस्थानजिकै भएका वर्कसप तथा कारखानाले नकारात्मक असर पारिरहेका छन्, त्यसको नियन्त्रण गर्न लागिएको हो।’ उनले मन्त्रालयले स्वीकृत गर्ने बित्तिकै निर्देशिका कार्यान्वयनमा आउने बताए।

निर्देशिकामा वर्कसप र कारखानाले मर्मत गर्ने बाहेकका सवारीसाधन राख्न नपाइने व्यवस्था गरिएको छ। यसैगरी, कर्मचारी नियुक्ति तथा सुविधा नेपाल सरकारले जारी गरेको श्रम नीति तथा श्रम कानुनबमोजिम हुनुपर्ने व्यवस्था पनि निर्देशिकामा छ। कारखाना तथा वर्कसपमा बालश्रमलाई निषेध गरिएको छ।

निर्देशिकामा वर्कसप सञ्चालकले कम्तीमा पाँचजना दक्ष प्राविधिक कामदार, एकजना मेकानिकल वा अटोमोबाइल इन्जिनियर राख्नुपर्ने प्रावधान छ। यसैगरी, मर्मत गर्नका लागि पर्याप्त स्थान हुनुपर्ने, कम्तीमा १५ वर्ग मिटरको अफिस कोठा, ५० वर्ग मिटरको मर्मत सेड र १० वटा सवारीसाधन अट्न सक्ने व्यवस्था पनि निर्देशिकामा छ। कम्तीमा चार मिटर चौडाइको सडक भएको क्षेत्रमा मात्र यस्ता व्यवसाय खोल्न पाइने व्यवस्था उल्लेख गरिएको छ।

फागुन ६ गते, २०७४ - ०८:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top