Khabar Dabali Logo
  November 27, Fri

सिफारिस फिर्ता लिन मिल्दैन: देउवाकाे चेतावनी

काठमाडाै । अघिल्लो सरकारले गरेको निर्णय उल्ट्याए कांग्रेस सत्तामा आएपछि वर्तमान सरकारले गरेका निर्णयमा पनि पुनर्विचार गर्न बाध्य हुने रणनीति तय गर्ने भित्री योजनामा कांग्रेस छ ।

अाजकाे नयाँ पत्रिकामा खबर छ- ‘कांग्रेस अब कहिल्यै सत्तामा नआउने पार्टी होइन, एकपटक निर्वाचनबाट केही खुम्चियो भन्दैमा सधैँ सत्ताबाहिर पक्कै रहँदैन,’ थापाले भने, ‘संविधान ऐन र कानुनअनुरूपका निर्णयको जस–अपजस कांग्रेसले लिन्छ । सत्तामा नरहे पनि संसद्मा त हुन्छ, जनतामाझमा हाम्रो उपस्थिति बलियै छ ।’

सरकारलाई सहयोग गर्ने कि विरोध गर्ने भन्ने विषय उसको क्रियाकलापमा भर पर्ने कांग्रेसको भनाइ छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यदि अहिलेको सरकार मनपरी ढंगले अघि बढे ‘टिट फर ट्रयाट’को रणनीतिमा कांग्रेस अघि बढ्ने बताए । ‘गिरिजाप्रसाद कोइरालाको जीवनीका विषयमा दुईवटा किताब निस्किएका छन्, भोलुम १ र २ ।

भोलुम १ मा उहाँ एकलौटी ढंगले अघि बढेकाले सोचेजति सफलता हात पार्न नसकेको उल्लेख छ । भोलुम २ मा अन्य दलसँगको सहमतिमा अघि बढेपछि २४० वर्षे राजसंस्थासमेत फालेर गणतन्त्र ल्याउने नेतृत्व गरेको उल्लेख छ,’ शर्माले भने, ‘प्रधानमन्त्री केपी ओली भोलुम १ अन्तर्गत अघि बढ्नुहुन्छ कि २ अनुरूप, त्यो उहाँमा भर पर्छ ।

कांग्रेस उहाँको कार्यशैली हेरेर बसेको छ ।’ अघिल्लो सरकारका निर्णय वर्तमान सरकारले उल्ट्याए संसद्मा सशक्त आवाज उठाउने र ती एजेन्डालाई जनतासमक्ष बहसमा लैजाने तयारी कांग्रेसको छ ।

सिफारिस फिर्ता लिन नमिल्ने तर्क
निवर्तमान कानुनमन्त्री थापाले अघिल्लो सरकारले राष्ट्रिय सभा सदस्यका लागि मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको तीनजनाको नाम फिर्ता लिने तयारीको विरोध गरे । राष्ट्रपति राष्ट्रको अभिभावक भएकाले अनुकूल र प्रतिकूल हेरेर निर्णय लिन नहुने उनको भनाइ छ । ‘राष्ट्रपति भनेको राष्ट्रको अभिभावक हो ।

उहाँले कानुनसम्मत कार्यकारी निकायले गरेको सिफारिस स्वीकृत गर्नुपर्छ, जुन विश्वव्यापी परम्परा हो,’ थापाले भने, ‘मुलुकको अभिभावकले पनि राजनीतिक ब्याकराउन्ड हेरेर आफ्नो अनुकूल र प्रतिकूलताका आधारमा कार्यकारी निकायले कानुनसम्मत निर्णय गरी पठाएका विषय कुनै स्वीकृत गर्ने, कुनै फिर्ता पठाउने गर्न मिल्दैन ।’ सरकारले नाम फिर्ता लिएर नयाँ पठाए आफूहरू जनतासामु जाने र संसद्मा सशक्त प्रतिवाद गर्ने उनले चेतावनी दिए ।

फागुन ६ गते, २०७४ - ०८:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top