Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

क्यानमा देखिएको विवाद नै मुख्य समस्या : पारस

\"\"काठमाडाै । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान)मा देखिएको समस्या तत्काल समाधान हुनुपर्ने बताएका छन् । अाजकाे नयाँ  पत्रिकामा खबर छ- मअन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को प्रतिबन्धमा क्यान रहेका कारण आफूहरूले सोचेजस्तो गर्न नपाएको र क्रिकेट विकास अड्किएको कप्तान पारसको भनाइ छ । नामिबियामा बिहीबार सम्पन्न आइसिसी विश्व डिभिजन–२ क्रिकेट लिगको उपविजेता हुँदै शनिबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पारस क्रिकेट विवादमै केन्द्रित देखिएका हुन् । दुई महिनाभित्र समाधान हुनुपर्ने गत साता आइसिसीले क्यान विवाद दुई महिनाभित्र समाधान गर्नुपर्ने जनाएको थियो । नेपालसँग दुई महिनाको अवधि रहेको उनले जनाए । ‘अहिले पनि हामी आइसिसीको व्यवस्थापनमा हिँडिरहेका छौँ, आफ्नै संघ हुँदा काम गर्न सहज हुन्छ, यसका लागि हामीसँग दुई महिना समय छ,’ विमानस्थलमा कप्तान पारसले सञ्चारकर्मीसँग भने । डिभिजन–२ को उपविजेता हुँदै सन् २०१९ को एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट चरणअन्तर्गत समूह ‘बी’मा रहेको नेपालले आउँदो केहीदिनभित्र तयारी थाल्ने उनले बताए । ‘हामी थोरै आराम गर्छौँ त्यसपछि खेलाडीहरू छनोट चरणको तयारीमा लाग्नेछन्,’ उनले भने । एक्सपोजर आवश्यक ऐतिहासिक प्रदर्शन गरी घर फर्किएका स्टार क्रिकेटले एकदिवसीय विश्वकप छनोटमा उत्कृष्ट नतिजा निकाल्न एक्सपोजरको आवश्यकता रहेको महसुस गरेका छन् । अधिकांश खेलाडीले नेपाली टोलीलाई अन्तर्राष्ट्रिय एक्सपोजर खेल आवश्यक रहेको जनाए । डिभिजन–२ का लागि टोलीले दुई खेल मात्र अभ्यास खेल्न पाएको थियो । प्रतियोगितामै सर्वाधिक १७ विकेट लिँदै म्यान अफ दी म्याच भएका सन्दीप लामिछानेले धेरैभन्दा धेरै खेल आवश्यक रहेको बताए । सन्दीपले इन्डियन प्रिमियर लिगभन्दा विश्वकप छनोटमा केन्द्रित रहने बताए । लिग चरणमा क्यानडाविरुद्धको गर या मर को खेलमा ४१ रनको म्यान विनिङ प्रदर्शन गरेका करण केसीले विश्वकप छनोटको स्तर धेरै माथि रहेकाले त्यही अनुसारको अभ्यास हुनुपर्ने बताए । यता, मुख्य प्रशिक्षक जगत टमाटाले छोटो तयारी भए पनि नेपालले उत्कृष्ट नतिजा निकालेको बताए । भव्य स्वागत नेपाली टोली शनिबार राति नौ बजे विमानस्थलमाबाट बाहिरिएको थियो । दोस्रोपटक विश्वकप छनोटको अन्तिम चरणमा पुगेको नेपाली स्टार क्रिकेटरलाई दुई सय हाराहारीका समर्थकले स्वागत गरेका थिए । समर्थकले आ–आफ्ना मनपर्ने खेलाडीको नाम उच्चारण गदेै स्वागत गरेका थिए । कसले के भने विगतमा के भएको थियो, त्यसको पछि हामी नलागौँ, अब आउँदा दिनमा नेपाली क्रिकेटलाई कसरी अगाडि बढाउने सोचौँ – पारस खड्का, कप्तान यसपटक नेपालको हकमा चमत्कार नै भयो, हामीले प्रतियोगिताका लागि धेरै मिहिनेत ग¥यौँ, यस किसिमको नतिजा आउने विश्वास थिएन – जगत टमाटा, प्रशिक्षक विश्वकप छनोटमा विपक्षीको रणनीति कमजोरीअनुसार योजना बनाउनुपर्छ, नामिबियामा खेलको अवस्था बुझ्ने अवसर मिल्यो – सन्दीप लामिछाने अझै पनि मलाई क्यानडाविरुद्धको इनिङ विश्वास लागेको छैन, क्रिजमा सन्दीपसँग कुराकानी हुँदा नेपालले जित्न सक्ने विश्वास थियो – करण केसी

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies