Khabar Dabali Logo
  December 2, Wed

प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय सञ्जालको राष्ट्रिय भेला शुरु

भक्तपुर । प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय केन्द्रीय सञ्जालको राष्ट्रिय भेला भक्तपुरमा शुरु भएको छ ।

भेलाको उद्घाटन गर्दै राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय तहमा आएपछि यसको गुणस्तर वृद्घि हुँदै गएको बताए ।

गरी खाने शिक्षा नै प्राविधिक शिक्षा भएकाले अब प्राविधिक तथा व्यावसायिक शिक्षा पढाइ हुने विद्यालयले बजारमा बिक्न सक्ने गरी युवा तथा विद्यार्थीलाई तयार गर्नुपर्नेमा उनले जोड दिए ।

पाठ्यक्रम विकास केन्द्रका अधिकृत खिलानाथ धमलाले देशलाई चाहिने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिँदै पाठ्यक्रम विकास केन्द्र, प्राविधिक तथा व्यावसायिक शिक्षाको विद्यालय पाठ्यक्रम, उत्पादित जनशक्ति, देशमै खपत हुने गरी पाठ्यक्रम निर्माणको तयारीमा रहेको जानकारी दिए ।

उनले अहिले उत्पादन भइरहेका जनशक्ति विदेश पलायन भइरहेका तर देशमा भने काम गर्ने युवाको अभाव हुनुले पनि पाठ्यक्रममा सुधारको आवश्यकता देखिएको बताए।

भेलामा संघीय तथा स्थानीय तहमा प्राविधिक शिक्षाको स्थान, कक्षा थप, व्यावहारिक अभ्यास, नयाँ पाठ्यक्रम कार्यान्वयन, प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रशिक्षक तालीम प्राप्त उपलब्धिको स्थायित्व, विद्यार्थीको उच्च शिक्षामा प्रवेश लगायतका एजेण्डामा छलफल गरिनाका साथै प्रदेश र जिल्लास्तरमा समेत सञ्जाल निर्माणबारे विस्तृत बहस हुने सञ्जालका केन्द्रीय अध्यक्ष एवं पद्म उमाविका प्राचार्य राम हाडाले बताए ।

सञ्जालका अध्यक्ष हाडाले भेलामा देशभरका प्राविधिक तथा व्यावसायिक शिक्षा पढाइ हुने सय विद्यालयका प्राचार्य वा प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वा प्रतिनिधि र सञ्जालका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको जानकारी दिए ।

सञ्जालका सचिव ध्रुव गिरीले भेलाका क्रममा प्रदेश नं १ देखि ७ सम्मका बिद्यालयको समूहगत समस्या तथा सुझाव संकलन गरी निर्णय अभिलेखीकरण गरिने बताए ।

सरकारले २०७० सालबाट एसएसआरपीको आधारमा कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक शिक्षाको आधार मान्दै छनोटमा परेका विद्यालयमा सिभिल, कम्प्युटर, इलेक्ट्रिकल, इलेक्ट्रोलिक्स इन्जिनियरिङ तथा कृषिसम्बन्धी प्राविधिक शिक्षा सञ्लनमा ल्याएको थियो । हाल देशभरका २८४ द्यिालयमा प्राविधिक, शिक्षा प्राविधिक तथा व्यावसायिक शिक्षा पढाइ भइरहेको सञ्जालले जनाएको छ । रासस

फागुन ५ गते, २०७४ - १३:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...   

बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...   

आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै

काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...   
ओली प्रवृतिसँग आज लड्ने कि भोली !

ओली प्रवृतिसँग आज लड्ने कि भोली !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...   

के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)

प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...   

सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   
देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...   

सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...   

राष्ट्रपतिद्वारा ‘औषधी’ सम्बन्धि अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश ०७७ जारी गरेकी छन् । राष्ट्रपति...   

प्रचण्डको प्रस्तावमा गगन थापाको समर्थन

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली असक्षम, अनैतिक र भ्रष्ट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top