Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

अलमलमा प्रदेश सरकार

\"\"काठमाडौ।  देशमा मुख्यमन्त्री र मन्त्रीहरू धमाधम शपथ लिँदैछन् । निकै उत्साहितसमेत छन् । तर मन्त्रालय पुगेपछि उनीहरूको उत्साह एकाएक मर्छ । मन्त्रालयमा जनशक्ति र भौतिक पूर्वाधारको अभाव त छँदै छ, कहाँबाट कसरी कुन स्रोत र कसलाई परिचालन गरेर काम थाल्ने टुंगो लाग्न नसक्दा अलमलमा पर्छन् । अाजकाे कान्तिपुर दैनिकमा खबर छ- प्रदेशका मन्त्रालयहरू मातहत कुन–कुन कार्यालय रहने हो, कहिलेसम्म खुल्ने, केन्द्रबाट कहिले हस्तान्तरण हुने, त्यसको सुनिश्चितता छैन । त्यसैले काम के गर्ने, कसलाई अह्राउने भन्ने समस्या प्रदेशका मुख्यमन्त्री, मन्त्री, मुख्यसचिव र सचिवहरूलाई परिरहेको छ । मन्त्रालय छन् तर कुनैको पनि मातहतका संरचना केन्द्रबाट हस्तान्तरण या बाँडफाँट भएका छैनन् । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार गठन भइसक्दा पनि बस्ने ठाउँ, कर्मचारी, बजेट, सवारी साधनलगायत व्यवस्थापन हुन नसक्दा काम गर्न नसकिएको बताए । ‘प्रदेश सरकारसँग जनताको अपेक्षा धेरै छ । तर कहाँबाट कसरी काम सुरु गर्ने अन्योल छ,’ उनले भने, ‘सरकारले प्रदेश व्यवस्थापनका लागि गर्नुपर्ने आवश्यक पूर्वतयारी बेलैमा नगरिदिँदा समस्या भएको हो ।’ उनले काम गर्नलाई चहिने ऐन, कानुन, बजेट, योजना सबैको अभाव रहेको बताए । उनका अनुसार मन्त्रालयहरूलाई चाहिनेमध्ये १५ प्रतिशत हाराहारीमा मात्रै कर्मचारी छन् । झन्डै एक वर्षअघि पुन:संरचनापछिको स्थानीय तहलाई कार्यान्वयनमा लगिँदा जस्तैको बेहाल प्रदेशहरूमा देखिएको छ । जबकि साँध–सिमानासहित ७ वटा प्रदेशको टुंगो संविधानले दुई वर्षअघि नै लगाइसकेको थियो । ‘प्रदेशहरूको गठनका बेला र चुनावमा जाने सुनिश्चिततासँगै प्रदेश सरकारका लागि चाहिने आवश्यक व्यवस्थापन, पूर्वतयारी सरकारले गरिदिएको भए यतिबेला सहज हुने थियो,×’ पौडेलले भने । उनले भोगेजस्तै अन्य प्रदेशहरूको अवस्था पनि बेहाल छ । प्रदेशमा मुख्यमन्त्री र मन्त्रीलाई आवश्यक पर्ने कार्यालय, सचिवालय र अन्य कर्मचारीको न्यूनतम जोहो पनि छैन । सामान्य प्रशासन मन्त्रालयले सबै प्रदेशका लागि तत्काल न्यूनतम १ हजार ५ सय कर्मचारी आवश्यक पर्ने भन्दै त्यहीअनुसार प्रदेश सरकारका लागि अस्थायी दरबन्दी मन्त्रिपरिषद्बाट स्वीकृत गराइसकेको छ । तर शुक्रबारसम्म आवश्यक पर्ने न्यूनतम कर्मचारीको जोहो मन्त्रालयले गर्न सकेको छैन । प्रदेशका उपसचिवले कार्यालय सहयोगीको समेत काम गर्नुपरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सहित सात वटा मन्त्रालय तोकिएका छन् । त्यसबाहेक प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा सचिवालयका लागि जनशक्ति तथा भौतिक पूर्वाधार अभाव छ । न्यूनतम १८ देखि ४१ जनासम्म कर्मचारी रहने गरी ती कार्यालयको सांगठनिक संरचना तयार पारिएको छ । तर मन्त्रालयमा २/३ जना कर्मचारीमात्रै पुगेका छन् । उनीहरू तीनमहिने काजमा खटाइएको चिठी लिएर पुगेका हुन् । मन्त्रालयका लागि खटिएका सचिवहरू भने प्राय:ले जिम्मेवारी सम्हालिसकेका छन् । उनीहरूले मन्त्रीको स्वागत गर्नेबाहेक कामको जिम्मेवारी पाएका छैनन् । ‘सहसचिवबाट सचिवको पदनाम पाएर प्रदेशमा खटिएर त आयौं । तर काम के गर्ने त्यसको टुंगो नलाग्दा अपांगता महसुस भएको छ,’ प्रदेशमा खटिएका भौतिक पूर्वाधार मन्त्रालयका एक सचिवले सुनाए, ‘राजनीतिक वृत्त र जनस्तरबाट अपेक्षा धेरै छन् । हामीसँग बजेट, योजना केही छैन । आफू मातहत कुन–कुन कार्यालय रहने हो, त्यसको पनि सुनिश्चितता भइनसक्दा काम के गर्ने ? कसलाई अह्राउने समस्या छ ।’ प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव डिल्लीराम शर्माले प्रदेशका संरचनालाई व्यवस्थित पार्न विभिन्न मन्त्रालयसँग समन्वय र सहजीकरण गरिएको बताए । ‘नयाँ संरचना कार्यान्वयनका क्रममा छौं, यसले आफ्नो बाटो लिएसँगै पुराना संरचना र व्यवस्था क्रमश: लोप हुँदै जान्छ,’ उनले भने, ‘संविधानले दिएका अधिकारको प्रयोग र कार्यान्वयनका लागि प्रदेश सरकारले आफैं बाटो बनाउँदै जाने हो । अहिले ट्रान्जिसनल पिरियडमा संघीय सरकारले सहजीकरण मात्रै गरिरहेको छ ।’

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies