Khabar Dabali Logo
  December 1, Tue

एकताबारे मेरो बिचार

लेखक

एमालेको जबजमा कहाँ बल प्रयोगको सिद्धान्त नमान्नु भनेको छ ? शान्तिपुर्ण आन्दोलन मात्र कहाँ भनेको छ ? कहाँ संघियताको परिकल्पना गरेको छ ? धर्म निरपेक्षताको कुरा गर्यो कि सबै धर्मलाइ समान व्यवहार मात्र भन्यो र समानुपातिक समाबेशितालाइ कसरी अख्तियार गर्यो र वर्ग संघर्ष लाई छोडनु कहाँ भनेको छ ?

अनि जे निर्णय अहिलेको एमालेले गर्छ त्यही जबज भन्न मिल्छ र ? अहिलेको व्यवस्था जबज ले ल्याएको हो कि २१ औ शताब्दीको नौलो जनवाद ले ल्याएको हो ?  के प्रचण्डले नेतृत्व गरेको आन्दोलन नभएको भए यतिनै बेला यो व्यवस्था सम्भव थियो ?

के हजारौं नेपाली आमाका छोराछोरी जीवन उत्सर्ग गर्न तयार नभैदिएकाे भए यो परिवर्तन शान्तिपुर्ण तरिकाले भएको हो त ? सबै कुरा २१ औ शताब्दीको नौलो जनवादका हुनु पर्ने, नेतृत्व अर्काको कसरी सम्भव छ ?

चुनावी प्रतिस्पर्धालाई मात्र जबज भनेको हो त  ? यी बिषयमा गम्भीर छलफल हुनुपर्छ । अहिलेको कुरा गरौं, के एमालेलाइ माओवादीले सहयोग नगरी ठुलो दल भएको हो त ? ६० र ४० को भाग बण्डामा को ठुलो हुन्छ ?  नेपालको ठुलो दल माओवादी भएकाे होइन ?

एमाले तेस्रो भएको होइन र सबै कुरा सम्झौताले मात्र भएको हो । दम्भले के हुन्छ माओवादीले भोगी सकेको छ । एमालेको नेतृत्व संयमित हुन जरुरी छ । प्रचण्ड व्यक्ति नभै लाइन भैसक्यो । देश र जनताको निम्ति जस्तो सुकै निर्णय गर्न छुट भएको संस्था हो प्रचण्ड । प्रचण्डको घुम्न सक्ने जस्तो क्षमता अहिलेको समकालीन नेताहरूमा छैन । सबै जिम्मेवार बनौ ।

एकताको कुरा जनताले अनुमोदन गरेको कुरा हो । यस बाट पछि हट्नेलाई जनताले छोड्ने छैनन् । कमजोरिको कुरा गर्न थाल्दा एकता हुदैन त्यसैले नगरौ । एकताको पक्षमा कुरा गरौ । अरुलाइ हेपेर सम्झौता हुन सक्दैन । पार्टीमा ५० र ५० को हिस्सा गरिनु पर्छ । धेरै नुग्दा भाचिन सक्छ । तन्काउदा चुडिन सक्छ । एकता अहिलेको आवस्यकता हाे । ससम्मान एकता जनताको आशा र भरोसा ।

लेखक : नेकपा माओवादी केन्द्र, बर्दियाका नेता हुन् ।

फागुन ४ गते, २०७४ - १८:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...   

बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...   

आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै

काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...   
ओली प्रवृतिसँग आज लड्ने कि भोली !

ओली प्रवृतिसँग आज लड्ने कि भोली !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...   

के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)

प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...   

सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   
देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...   

सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...   

राष्ट्रपतिद्वारा ‘औषधी’ सम्बन्धि अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश ०७७ जारी गरेकी छन् । राष्ट्रपति...   

प्रचण्डको प्रस्तावमा गगन थापाको समर्थन

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली असक्षम, अनैतिक र भ्रष्ट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top