Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

असल छिमेकी हुने भारतकाे चाहना

\"\"काठमाडौ । भारतीय राजदूत मन्जिवसिंह पुरीले शिवरात्रिको अवसरमा बधाई दिँदै एमाले अध्यक्ष केपी ओलीसित सरकार कहिले बन्छ भनी जिज्ञासा राख्दै छलफल गरेको समाचार प्रकाशित भएको छ । अाजकाे कान्तिपुर दैनिकमा ध्रुव कुमारकाे लेख छ- यो जिज्ञासा सायद ओलीप्रति बढ्दो भारतीय सदाशयताकै प्रतीक हो । दुई साता अघिमात्र भारतीय विदेशमन्त्री सुषमा स्वराज प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देश लिएर नेपालका भावी प्रधानमन्त्रीलाई भेटेरै बधाई दिन आएकी थिइन् । फर्केपछि भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भ्रमण सफल रहेको जानकारी दिइयो । उनी हाम्रो राष्ट्रिय पाहुनाको हैसियतमा आएकी त पक्कै थिइनन्, न नेकपा (एमाले) को औपचारिक दलीय निम्तोमा, न उनी विशेष दूतको हैसियतमा विद्यमान सरकारको सम्बन्धित निकायसित द्विपक्षीय सम्बन्धबारे छलफल गर्न आएकी थिइन् । तर उनी भारतीय विदेश मन्त्रालयको दलबल साथै लिई आएकी थिइन् । भेटमा एमाले अध्यक्ष ओलीको भनाइको टिपोटसमेत गरिएको थियो । जबकि हाम्रो परराष्ट्र मन्त्रालयका कुनै प्रतिनिधिको त्यहाँ उपस्थिति थिएन । उक्त भेटवार्ता कूटनीतिक अभ्यास थियो भने त्यसको सतही मूल्यांकन त गर्नु भएन । तर मित्रराष्ट्र नै भए पनि निर्वाचनमा विजयी नेतालाई भेटेरै बधाई दिन विशेष विमानमा दलबलसहित आउने यो अद्वितीय उदाहरण सायद भारतले मात्र दिन सक्छ, महामहिम राजदूत पुरीले सरकार कहिले बन्छ भनी सोधेझैं । कूटनीतिका साधारण ज्ञाताहरूलाई समेत भारतको यो नितान्त स्वार्थजन्य व्यवहार अमर्यादित लागेको छ । सर्वसाधारणमा भने आफ्नो स्वार्थको निम्ति भारत कति हदसम्म निहुरिन र नतमस्तक हुनसक्छ भन्ने तथ्य स्वराजको ओलीसित सम्बन्ध सुधार्ने प्रयासले प्रमाणित गरेको छाप परेको छ । किनकि विदेशमन्त्री स्वराज निरुद्देश्य नेपाल आएकी होइनन् । उनको लक्ष्य ओली भेदी हो भनी नेपाली जनताले बुझेका छन् । यो भ्रमणअघि नेपालको निर्वाचनले वामपन्थी गठबन्धनलाई जिताएको परिणामसमेत पचाउन भारतीय संस्थापन पक्षलाई निकै असहज भएको थियो । सामान्य शिष्टाचारकै निम्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भावी प्रधानमन्त्री भन्दै ओलीलाई बधाई दिनुसितै भारत प्रभणको निम्तो पनि दिए । तर दुई–दुईपटक टेलिफोन गर्दै त्यही सन्दर्भ दोहोर्‍याउनुले भारतको विचलित मनस्थिति नै बुझाउँछ । स्वराजको राजनीतिक भ्रमणले यसको पुष्टि गरेको छ । तर नेपालमा भने स्वराजको आकस्मिक भ्रमणले सकारात्मक छाप छोडेको छैन ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies