Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

ऋणले थिचिँदै भूकम्पपीडित

[caption id=\"attachment_108601\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] सिन्धुपाल्चोक । भोटेकोसी गाउँपालिकाको तातोपानीका कबोलबहादुर शेर्पाले पहिलो किस्ता अनुदान पाएपछि जग्गा धितो राखे । स्थानीय सहकारीबाट चार लाख ऋण लिए पनि निर्माण सामग्री र कामदार अभावले घर निर्माणलाई तीव्रता दिन सकेनन् । अाजकाे कान्तिपुर दैनिकमा खबर छ- दुईकोठे घरको संरचना झ्यालसम्म पुग्दा उनलाई १४ प्रतिशत ऋणको ब्याजले थिचिरहेको छ । ‘घर बनाउने काम त गरिंदैछ, ऋण कसरी तिर्ने त्यसकै पिरलो बढी छ,’ उनले भने, ‘पूरै किस्ता लिंदासमेत आवास बनाउन हम्मे पर्‍यो ।’ आर्थिक स्रोत बलियो नभएकै कारण घर बनाउन मुस्किल परिरहेको उनले बताए । सडक सञ्जालले जोडिए पनि निर्माण सामग्री खरिद र ढुवानीदेखि कामदारसम्म महँगो मूल्य चुकाउनुपर्दा शेर्पालाई ऋणको भारीले थिचेको छ । शेर्पाको जस्तै पीडा खेपिरहेकी छन्, चौतारा साँगाचोकगढी नगरपालिकाको इर्खुकी शान्ति तामाङ । ‘सरकारले अनुदान दिएकै हो, तर हामी जस्ता गरिबका लागि घर बनाउनु युद्ध बराबरकै काम भयो,’ उनले भनिन्, ‘यो चारकोठे घर बनाउन झन्डै सात लाख खर्च भयो । तामाङले कृषि विकास बैंकमा जग्गा धितो राखेर पाँच लाख ऋण लिएकी छन् । यी केही प्रतिनिधि उदाहरण मात्रै हुन् । जिल्लाका अधिकांश भूकम्पपीडितले बैंक र सहकारीबाट ऋण लिएर पुनर्निर्माणलाई तीव्रता दिइरहेका छन् । सरकारी मापदण्डको अन्योलताबीच भूकम्पपीडित महँगीका कारण ऋणमा डुबिरहेका छन् । ‘ऋण नपाउने समस्या त छँदैछ, त्यसैमा लिएको रकम तिर्न नसक्ने धेरै छन्,’ सहरी विकास तथा भवन डिभिजन कार्यालयका सूचना अधिकारी टंक गौतमले भने, ‘विपन्न वर्गका भूकम्पपीडितका लागि आवास निर्माण ठूलो चुनौती साबित भएको छ ।’ पुनर्निर्माण प्राधिकरण समन्वय समिति सचिवालयका अनुसार हालसम्म अनुदान सम्झौता गरेका ७५ हजार ७ सय ६५ मा ५३ हजार ९ सय १ भूकम्पपीडितले मात्रै आवास निर्माण सुरु गरेका छन् । ‘लाभग्राहीमा गुनासो थपेर अहिले ८३ हजार ६ सय ६३ संख्या पुगेको छ,’ पुनर्निर्माण प्राधिकरण समन्वय समिति सचिवालयका प्रमुख रुद्र मल्लले भने, ‘११ हजार ६३ ले आवास निर्माण सकेको पाइएको छ ।’ मल्लले प्राय: सबै भूकम्पपीडित आर्थिक समस्यामा रहेको बताए । जिल्ला दैवीप्रकोप उद्धार समितिका अनुसार भूकम्पमा सिन्धुपाल्चोकका ९५ प्रतिशत घर कामै नलाग्ने गरी भत्केका थिए । जिल्लामा भूकम्पमा परेर ३ हजार ५ सय ७५ ले ज्यान गुमाएका थिए । सूचीमा छुटेका भूकम्पपीडित थप समस्या झेलिरहेको गाउँमा पुगेका इन्जिनियरले बताए । सरकारी अनुदान नपाएकै कारण उनीहरूले पुनर्निर्माणलाई अगाडि बढाउन सकेका छैनन् । ‘धेरैले डीपीसीभन्दा माथिको संरचना बनाउनै सकेका छैनन् । पुनर्निर्माण थन्किनुले ऋण र महँगीको मारलाई देखाएको छ,’ मल्लले भने, ‘सिन्धुमा पुनर्निर्माण तंग्रिएसँगै भूकम्पपीडित ऋणमा डुब्दैछन् ।’

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies