Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

एमालेले भन्यो–माओवाद मान्दैनौं जबज मान्नुपर्छ, माओवादीले भन्यो त्यसो भए सरकारमा जाँदैनौं

\"\"काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज ४ बजे प्रधानमन्त्रीको रुपमा सपथ लिदैंछन् । आजै ओली प्रधानमन्त्रीको लिने भएपछि समर्थन गरेको दल नेकपा माओवादी केन्द्र सरकारमा जाने वा नजाने भन्ने अन्यौलमा छ । तर नाम नखुलाउने सर्तमा माओवादीका एक् नेताले माओवादी आजै सरकारमा नजाने खबरडबलीलाई बताए । यदि एमालेसँग सबै कुरा मिलेको खण्डमा माओवादी रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा जाने तयारी थियो । ‘एमालेसँग केहि राजनीतिक छलफल टुंगिएको छैन्, त्यसैले अहिले नै सरकारमा सहभागी हुँदैनौं’ उनले खबरडबलीसँग भने ‘एमालेको जबरजस्तको कारण अहिले नै सरकारमा सहभागी माओवादी नहुने भएको हो ।’ वाम एकताको लागि ९५ प्रतिशत टुंगिसकेको बताइएपनि एकता भने ५ प्रतिशतमा अड्किएको छ । हिजो भएको छलफलमा एमालेले माओवाद नमान्ने र माओवादीले जनताको बहुदलिय जनवाद (जबज) मान्नपर्ने अडान राखेकाले एकता अड्किएको हो । विवादबारे समाधान खोज्न हिजोको बैठकले छुट्टाछुट्टै कार्यदल गठन गर्ने निर्णय गरेको थियो । त्यसोत आज बिहान पनि माओवादीको बैठक बसेको थियो । उक्त बैठकमा पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, कृष्ण बहादुर महरा टोपबहादुर रायमाझी, पन्फा भुसाल, जनार्दश शर्मा, देब गुरुङ, मात्रिका यादव, गिरीराजमणि पोखरेल लगायतका नेताहरुको सहभागिता रहेको थियो । सो बैठकले माओवादी नमान्ने र जबज मान्नुपर्ने एमाले अडान भएकाले अहिले नै सरकारमा जान नहुने निष्कर्ष निकालेको थियो । त्यसकारण नै आजै माओवादी सरकारमा नजाने तर ओलीलाई समर्थन गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले खबरडबलीलाई जानकारी दिए ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies